मुख्य समाचार
आइरन म्यान ‘एमसीयू’मा फर्किने सम्भावनाबारे के भन्छ मार्वल स्टुडियो ?
आइरन म्यान ‘एमसीयू’मा फर्किने सम्भावनाबारे के भन्छ मार्वल स्टुडियो ?

। सन् २०१९ मा रिलिज भएको हलिउड फिल्म ‘एवेन्जर्स : एण्डगेम’को एक दृश्यले फिल्मप्रेमीको आँखामा आँसु झारिदियो । उक्त दृश्यमा संसार बचाउन आइरन म्यानले जीवन उत्सर्ग गरिदिएको थियो ।

अभिनेता रोबर्ट डाउनी जुनियरले आइरन म्यानको चरित्रमार्फत संसारभरका मान्छेको मन जिते । सन् २००८ मा मार्वल सिनेम्याटिक युनिभर्सको पहिलो फिल्म ‘आइरन म्यान’बाट सुरु भएको उनको यात्रा ११ वर्षमै टुंगियो ।

आँखाले पत्याउनै नसक्ने दृश्य थियो त्यो । धेरैले भनेका थिए कि यो हुनै सक्दैन । आखिर, कसरी निर्माताले एभेन्जर्सको सबैभन्दा मनपर्ने सुपरहिरोलाई यसरी मार्न सक्छन् ? त्यसयता ‘आइरन म्यान’ पर्दामा फर्किने चर्चा छ । चाहे त्यो मल्टीभर्समा होस् वा जुनसुकै । तर अब मार्वल स्टुडियोका अध्यक्ष केभिन पेजले यस सम्बन्धमा ठूलो खुलासा गरेका छन् ।

‘भ्यानिटी फेयर’लाई दिएको एक अन्तर्वार्तामा केभिनले आइरन म्यान फर्किएको खबरलाई खण्डन गरेका छन् । उनले आइरन म्यान उर्फ टोनी स्टार्क अब एभेन्जर्स टिमको हिस्सा बन्न नसक्ने बताए । यसको मतलब हामी अभिनेता रोबर्ट डाउनी जूनियरलाई पर्दामा यो चरित्रमा देख्न सक्ने छैनौं । पक्कै पनि यो खबर हृदयविदारक छ । तर, यस पछाडि केभिनले दिएको कारण पनि ध्यान दिन लायक छ ।



केभिन पेजले ‘एभेन्जर्सः एन्डगेम’ मा टोनी स्टार्कको क्यारेक्टरलाई बिदाइ गर्नुलाई मार्वल स्टुडियोका लागि भावुक क्षण भएको बताए । उनी भन्छन्, ‘हामीले त्यो पल सिर्जना गर्न धेरै सोच र मिहेनत गरेका छौं । हामीले पाएको प्रतिक्रिया पनि भावुक थियो । यस्तो अवस्थामा हामी फेरि त्यो क्षण छुन चाहँदैनौं । हामी सबैले यहाँ पुग्नको लागि धेरै मेहनत गरेका छौं र हामी त्यसलाई फिर्ता गर्न चाहँदैनौं ।’

सोही अन्तर्वार्तामा उनले रोबर्ट डाउनी जुनियरलाई ‘आइरन म्यान’को रुपमा कास्टिङ गरेको उल्लेख गरे । उनले भने, ‘यो पूर्णतया मार्वल बोर्डको कारणले भएको हो । विगतमा कानुनी समस्याको सामना गरिरहेका हाम्रा भविष्यका फिल्ममा कलाकारलाई कास्ट गर्न हामीलाई डर लाग्थ्यो ।’

रोबर्ट डाउनी जूनियरले ‘आइरन म्यान’ (२००८) देखि ‘एभेन्जर्सः एन्डगेम’ (२०१९) सम्म मार्वल सिनेमेटिक युनिभर्सका १० फिल्ममा टोनी स्टार्क उर्फ आइरन म्यानको भूमिका निर्वाह गरे । उनी एभेन्जर्सको सबैभन्दा लोकप्रिय सुपरहिरो बने । यसअघि रुसो ब्रदर्सले पनि फिल्ममा टोनी स्टार्कको क्यारेक्टरलाई किन मार्ने निर्णय गरेका थिए भन्ने कुरा पनि बताइसकेका थिए । जो रुसोले भनेका थिए, ‘अन्य सुपरहिरोजस्तै आइरन म्यानको आफ्नै आभा छ ।

उनीसँग जति पनि शक्ति छ, त्यो उसले आफ्नै मिहेनतबाट प्राप्त गरेको हो । उसले कुनै भगवानको उपहार पाएको छैन । त्यो चरित्रमा अहंकार र आत्मविश्वास पनि हुन्छ । यसको विपरित, थानोस ब्रह्माण्डको सबैभन्दा खतरनाक, सबैभन्दा शक्तिशाली खलनायक थियो । उसलाई समाप्त गर्न कसैको लागि सम्भव थिएन । यस्तो अवस्थामा यदि हामीले आइरन म्यानको चरित्रलाई कहिल्यै अन्त्य गर्नुपर्‍यो भने योभन्दा राम्रो अवसर अरू केही थिएन । उनले थानोसलाई आफू त्यहाँ रहेसम्म मानिसको एक कपाल पनि बिगार्न नसक्ने भनेर चुनौति दिए । एउटा पात्रलाई यो भन्दा राम्रो सम्मान अरु हुनै सक्दैन ।’

जे होस्, रोबर्ट डाउनी जूनियर अब मार्वलबाट टाढाका आफ्ना अन्य फिल्ममा काम गरिरहेका छन् । उनी पछिल्लो पटक क्रिस्टोफर नोलनको ‘ओपेनहाइमर’ मा देखिएका थिए । सो फिल्ममा उनले फेरि एक पटक लुइस स्ट्रस नामक पात्रको भूमिकामा अद्भुत प्रदर्शन दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चलचित्र कलाकार संघले विदेशी फिल्ममा कोटा लगाउन र कर वृद्धि गर्न सरकारसँग आग्रह गरेको छ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बधाई दिन पुगेको संस्थाको टोलीले आफ्ना माग समेत पेश गर्‍यो । भेटपछि अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष मोहन निरौलाले विदेशी फिल्मको आयातलाई न्यूनीकरण गर्न यस्तो कदम चाल्नु जरुरी रहेको बताए । संसदबाट चाँडो ...
। चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले सरकारप्रति गुनासो पोखेका छन् । कार्यकाल सकिएको दुई दिनपछि बिहीबार आयोजित बिदाई कार्यक्रममा केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताए । नेपाली फिल्म क्षेत्र यहाँसम्म आइपुग्न सरकारले के गर्‍यो भन्दै उनले प्रश्न तेर्स्याए । ‘नेपाली चलचित्र यहाँसम्म आइपुग्नुमा सरकारको योगदान जिरो छ । मैले यो गर्दिएँ ...
। अरम्याक्स मिडियाले पछिल्लो ६ महिनामा ओटीटी प्लाटफर्ममा धेरै हेरिएका भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । सूचीको शीर्षस्थानमा इम्तियाज अली निर्देशित ‘अमर सिंह चमकिला’ छ । यो फिल्मलाई अहिलेसम्म १.२९ करोड पटक हेरिएको छ । दोस्रो स्थानमा सारा अली खान, करिश्मा कपुर र विजय बर्मा स्टारर फिल्म ‘मर्डर मुबारक’ छ, जसलाई १.२२ करोड पटक हेरिएको ...
। चर्चित अमेरिकी गायिका तथा अभिनेत्री लेडी गागाले शुक्रबारदेखि फ्रान्सको पेरिसमा सुरु हुने सन् २०२४ को ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सांगीतिक प्रस्तुति दिने भएकी छन् । गत साता नै पेरिसमा पुगेकी गागाले समारोहमा प्रस्तुति दिनेबारे विश्व मिडियामा हल्ला सुरु भइसकेको थियो । हलिउड रिपोर्टर म्यागजिनले गागाको प्रस्तुतिलाई लिएर बिहीबार समाचार लेखेको छ । ‘स्वालो’ गायिकाले अन्य ...
। कुनै समय बक्स अफिसमा अक्षय कुमारको दबदबा थियो । एक वर्षमा तीन-चार फिल्म गर्थे । ती सबै फिल्म हिट हुन्थे । पछिल्ला चार-पाँच वर्षमा उनका फिल्म लगातार फ्लप छन् । ठूलो बजेटका फिल्म पनि नराम्रोसँग असफल रहे । पछिल्लो फिल्म ‘सरफिरा’ले कमाल देखाउन सकेन । यो फिल्म सूर्याको तमिल फिल्म ‘सूरराई पोत्रु’को हिन्दी रिमेक हो, ...