मुख्य समाचार
नेपालमा भारी बोक्ने काम पनि छैन होला र ?
नेपालमा भारी बोक्ने काम पनि छैन होला र ?

। बिहीबार बिहान करीब ९ः३० बजे भारतको झुलाघाटमा भेटिए बैतडीको पुर्चौडी नगरपालिका–६ का गोविन्द साउद (५०) । नाम्लो र बोरा बोकेर हिँडेका उनी कतै भारी बोक्ने काम पाइन्छ कि भनेर खोज्दै थिए ।

साउदले भारतको झुलाघाटमा ज्यालादारी गर्न थालेको २५ वर्ष बितिसकेको छ । बिहान सबेरै कामको खोजीमा निस्किने साउदको दिनचर्या साहुका बोझा (भारी) बोक्ने, गाडीबाट सामान झार्ने, ढुंगा बोक्ने जस्ता काम गरेर सुरु हुन्छ ।

दिनभर यस्तै काममा व्यस्त हुने साउँद अबेर साँझ मात्र डेरामा पुग्छन् । उनीहरु जस्तै भारी बोक्नेहरु एउटै कोठा लिएर बसेका छन् । जो चाँडै डेरामा फर्कियो उसैले खानेकुरा पकाउँछ र सबै जम्मा भएपछि खान्छन् ।

दिनभरको थकानले रातमा मीठो निन्द्रा लागे पनि भोलिपल्ट काम पाइने हो कि होइन भने पीरले उनीहरुलाई सताउँछ । साउदका अनुसार नेपालका विभिन्न जिल्लाका ५० भन्दा बढी मानिस झुलाघाटमा भारी बोक्दै आएका छन् ।



नेपालमा काम नपाएका कारण २५ वर्षदेखि भारतमा भारी बोक्नुपरेको साउद बताउँछन् । उनलाई सधैंका लागि आफ्नै गाउँ फर्किन मन छ । ‘यही काम आफ्नै देशमा पाइए उतै फर्किने थिएँ तर पाइदैन के गर्ने ?’ साउद निराशा व्यक्त गर्छन् ।

सोर्सफोर्स नभएसम्म नेपालमा कुनै काम पाइँदैन भन्ने साउदलाई परेको छ । ‘नेपालमा भारी बोक्ने काम पनि छैन होला र ?’ आफ्नो जिज्ञासाको जवाफ आफैं दिन्छन्, ‘सोर्सफोर्सविना केही पनि हुन्न के गर्ने ?’ उनी झुलाघाटमा ज्यालादारी गरेर बैतडीमा रहेका तीन जना छोराछोरी र श्रीमतीको जीविकाको जोहो गर्छन् ।

उनको चाहना छ कि कम्तीमा छोराछोरीले सामान्य कामका लागि विदेश जान नपरोस् । साउदले भने, ‘छोराछोरीलाई अर्काको देशमा पसिना बगाएर हुर्काए पनि उनीहरुलाई आफ्नै देशमा रोजगारी पाइयोस् ।’


बैतडीकै पुर्चौडी नगरपालिका, कुवाकोटका तिलक बोहरा ६९ वर्षका भए । यो उमेरसम्म बोहराको थाप्लोबाट नाम्लो र बोरा छुटेको छैन । झुलाघाट बजारमा भेटिएका बोहरा आफ्नो र परिवारका सदस्यको जीविकाका लागि काम गरिरहेको बताउँछन् ।

‘तपाईंहरु जस्तै नेपाली भेट भयो भने अचम्म पर्छन् । यो उमेरमा किन अर्काको देशमा बोरा बोकेको होला भनेर सोध्छन्’, बोहराले अनलाइनखबरसँग भने, ‘उहाँहरुलाई भन्ने गर्छु, नसिब (भाग्य) मा जे लेख्यो त्यो भोग्नैपर्ने रहेछ ।’

बोहराले झुलाघाटमा बोरा बोक्दाबोक्दै त्यहाँका कयौं मानिस करोडपति भइसके । उनले बच्चैमा देखेकाहरु जवान भएर उनकै साहु बनिसके तर उनको पिँठ्यूको बोरा अझै हटेको छैन । दिनभरि कामले थाकेको शरीर लिएर कोठामा पुग्दा सोच्छन्, ‘अहो ! समय कति चाँडै बित्दो रहेछ ?’

उनी भारतीय व्यापारीको मात्र नभई नेपालतर्फका व्यापारीको पनि सामान बोक्छन् । अहिलेसम्म भारी बोकिरहेका उनलाई भारी बोक्न नसकेको दिन के होला भन्ने चिन्ता लाग्छ । ‘त्यस्तो अवस्था आए छोराछोरीले हेरचाह गर्छन् होला नि,’ आफैं चित्त पनि बुझाउँछन् ।

जीवन नै भारतमा भारी बोक्नमै बिताएका बोहरा अबको पुस्ताले पनि नेपालमा रोजगारी पाउनेमा आशावादी छैनन् ।


झुलाघाटमै भारी बोक्ने बैतडीकै पुर्चौडीका प्रताप साउद (४०) भारतमा साहुको नाम्लो छाडेपछि कहाँ जाने भनेर प्रश्न गर्छन् । ‘हाम्रो काम देखेर धेरै दाजुभाइले भारी बोक्ने काम नगर, अरु पनि काम पाइन्छ भन्छन्’, उनले भने, ‘यही नाम्लोले दुई छाकको जोहो भइरहेको छ । यो छाडेपछि हामी कहाँ जाने ?’

देशमा धेरै प्रधानमन्त्री फेरिए पनि आफू जस्ता निम्न वर्गकाहरु चुलो बाल्न भारतमै निर्भर हुनुपर्ने अवस्था अन्त्य नभएको प्रतापको दुखेसो छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका अधिकांश निम्न वर्गीय परिवारहरु भारतमा ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका छन् । स्वदेशमा काम नपाएकै कारण भारतमै ज्यालादारी गरेर जीवन निर्वाह गर्नुपरेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा नेपालका कुनै पनि बैंक डुब्ने स्थितिमा नरहेको दाबी गरेका छन् । सहकारीमा आएको समस्याका कारण बैंक तथा वित्तीय संस्था केही प्रभावित भएपनि डुब्ने अवस्थामा नरहेको उनको भनाइ छ । वित्तीय क्षेत्रको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले ...
— नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातका लागि दीर्घकालीन विद्युत् व्यापार सम्झौता भए पनि दुई देशबीच उच्च क्षमताका प्रसारण पूर्वाधारको अभाव देखिएको छ । नेपाल र भारतबीच केन्द्रीय ग्रिडमार्फत विद्युत् व्यापारका लागि ढल्केबर–मुजफ्फरपुर ४०० किलोभोल्ट (केभी) डबल सर्किट पहिलो अन्तरदेशीय प्रसारण लाइन मात्र सञ्चालनमा छ । भारतको बिहार, उत्तरप्रदेश र उत्तराखण्ड राज्यहरूसँग ...
— निजी क्षेत्रका तीन वटै छाता संगठनले व्यवसायिक वातावरण निर्माण गर्न माग गरेका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा तीन वटै छाता संगठनका अध्यक्षहरुले बाह्य क्षेत्र सुधार हुँदै गएपनि बजार चलायमान हुन नसक्दा अर्थतन्त्र अझैपनि जोखिममा रहेको भन्दै व्यवसायिक वातावरण निर्माण गरिदिन सरकारसँग माग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, ...
: रौतहटका दूध उत्पादक किसानले नौ करोड रुपैयाँ भुक्तानी नपाएपछि सडक आन्दोलन सुरु गरेका छन्। जिल्लाका विभिन्न निजी डेरीहरूले ३ करोड र अरू डीडीसीबाट भुक्तानी हुन बाँकी छ। भुक्तानी नपाएपछि सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको दुग्ध उत्पादक सहकारी संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताएका छन्। किसानले उत्पादन गरेको दुध विभिन्न सहकारी संस्थामार्फत संकलन गरी ...
— पशुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण नहुँदै बंगुरमा अफ्रिकन स्वाइन फिभर रोगले किसानलाई सताएको छ । बंगुरको महामारीका रूपमा रहेको यो रोग तत्काल नियन्त्रण नभए ५ लाख ४३ हजार बंगुरमा संक्रमण फैलिन सक्ने एक सरकारी अध्ययनले देखाएको छ । नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनअनुसार रोग नियन्त्रण नभए १५ अर्ब १६ करोडभन्दा बढी नोक्सानी हुनेछ । परिषद्का ...