मुख्य समाचार
आर्सनलसँग अंक दुरी छोट्याउँदै लिभरपुल
आर्सनलसँग अंक दुरी छोट्याउँदै लिभरपुल

। प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुलले गएराति शेफिल्ड युनाइटेडलाई २-० ले पराजित गरेको छ । यो जितपछि लिभरपुलले लिग लिडर आर्सनलसँग अंक दुरी २ मा झारेको छ ।

शेफिल्ड युनाइटेडको मैदानमा भएको खेलमा कप्तान भर्जिल भान डाइकले ३७औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

दोस्रो गोल भने इन्जुरी टाइमको चौथो मिनेटमा डोमिनिक सोबोजलाईले गरे ।

जितपछि १५ खेलबाट लिभरपुलले ३४ अंक जोडेको छ र शीर्ष स्थानको आर्सनलसँग अंक दुरी २ मा झारेको छ । समान खेलबाट ३६ अंकसहित आर्सनल शीर्ष स्थानमा छ ।



१५ खेलमा जम्मा एक खेल जितेको शेफिल्ड युनाइटेड भने ५ अंकसहित पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल क्रिकेट संघ(क्यान) ले महिला तथा पुरुष खेलाडीको वर्गीकरण र मासिक तलब वृद्धि गरेको छ । क्यानको फागुन शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीहरूको वर्गीकरण र तलबवृद्धिको निर्णय गरेको हो । क्यानले पुरुषतर्फ ३० जना र महिला टिमतर्फ १९ जना खेलाडीको वर्गीकरण गरेको छ । पुरुषतर्फ ग्रेड 'ए' मा कप्तान रोहित पौडेल, ...
— भीम सार्की र आरिफ शेख नेपाली क्रिकेटमा एकदिवसीय क्रिकेट संरचनाका लागि विशेष छन् । क्रिजमा डटेर लामो समय खेल्ने भएकाले उनीहरू वर्तमान नेपालको ट्वान्टी–२० संरचनाभन्दा केही बाहिर छन् । क्रिकेट विश्वकप लिग–२ मा उनीहरूलाई आइतबार क्रमशः सातौं र आठौं नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो । सन् २०२७ को विश्वकप छनोटको आधार रहेको लिग २ को पहिलो शृंखलामा नेपालले ...
— वाफ वुमन्स च्याम्पियनसिपमा नेपालका लागि मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरिरहेकी प्रीति राईले टिमको उद्देश्य जितको यात्रालाई जारी राख्ने बताएकी छन् । साउदी अरेबियाको जेद्दामा भइरहेको प्रतियोगिताको शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ । त्यसमा नेपालले लेवनानको सामना गर्ने भएको छ । अर्को सेमिफाइनलमा तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको भेट प्यालेस्टाइनसँग हुनेछ । प्रतियोगिताको समूह ‘बी’ को अन्तिम लिग खेलमा नेपालले ...
— भर्जिल भान डाइकले अतिरिक्त समयको अन्त्यतिर हेडबाट गरेको गोलको मद्दतले लिभरपुलले आइतबार वेम्बलीमा चेल्सीलाई १–० ले पराजित गर्दै नाटकीय रूपमा काराबाओ कपको उपाधि जितेको छ । चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको लिभरपुलले मैदानमा नयाँ र युवा खेलाडीले बाहुल्यता रहेको टिम उतारेको थियो । तर फाइनलको एक मात्र गोल भने अनुभवी कप्तान भान डाइकको नाममा रह्यो र ...
— लुका मोडरिचको उत्कृष्ट गोलको मद्दतले रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा सेभियालाई १–० ले हराएको छ र लिग तालिकाको शीर्षमा आठ अंकको स्पष्ट अग्रता लिएको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको स्थितिमा मोडरिचले ८१ औं मिनेटमा गोल गरेका हुन् । यो जितपछि उसको २६ खेलबाट ६५ अंक भएको छ । समान खेलबाट दोस्रोमा रहेको बार्सिलोनाको ...