मुख्य समाचार
नाइजेरियामा सैनिक ड्रोन आक्रमण, कम्तीमा ८५ जनाको मृत्यु
नाइजेरियामा सैनिक ड्रोन आक्रमण, कम्तीमा ८५ जनाको मृत्यु

— नाइजेरियाली सेनाले विद्रोहीहरूलाई लक्षित गर्दै प्रहार गरेको ड्रोनको निशाना गलत पर्दा धार्मिक उत्सवमा भाग लिइरहेका कम्तीमा ८५ आमनागरिकको मृत्यु भएको छ ।


कादुना राज्यको इगाबी काउन्सिल क्षेत्रको टुदुन बिरी गाउँमा गत आइतबार राति मोहम्मदको जन्मदिन मनाउन भेला भएका सर्वसाधारण ड्रोन आक्रमणमा परेका थिए । कादुनाका गभर्नर उबा सानीले 'आतंकवादी र डाकुहरूलाई निशाना बनाएर' प्रहार गरिएको ड्रोन गलत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले मंगलबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म ८५ शव फेला परेको र अन्यको खोजी जारी रहेको बताएको छ ।एम्नेस्टी इन्टरनेशनलको नाइजेरियाको कार्यालयले भने यस आक्रमणमा १२० जनाको मृत्यु भएको बताएको छ ।

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मंगलबार उत्तरी कादुनामा महिला र बालबालिकासहित कम्तीमा ८५ जनाको ज्यान जाने गरी भएको सैनिक ड्रोन आक्रमणको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं राष्ट्रिय महाधिवेशनको भावनाको पूर्ण कार्यान्वयनको थालनी र कोभिड–१९ महामारी नियन्त्रणपछि आर्थिक पुनरुत्थान र विकास वर्षका रूपमा सन् २०२३ सुरु भएको थियो । एक वर्षयता चीनको अर्थतन्त्रले दबाबको सामना गर्दै आधुनिक समाजवादी देश निर्माणमा ठोस कदम चालेको छ । चीनको उच्च गुणस्तरीय विकासले विश्व अर्थतन्त्रको पुनरुत्थानमा थप जोस दिएको छ भने विश्वासको ...
— पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ सोमबार पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित भएकी छिन् । पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियमले सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्रीमा निर्वाचित भएकी हुन् । उनले २२० मत प्राप्त गरिन् । आरक्षित सिट सम्बन्धी केही विषयमा छलफल गर्न नदिएपछि ...
— प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमवार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् । उनले फेब्रुअरी २०, २०२४ मा राष्ट्रपति मोहम्मद अब्बासलाई सरकारको राजीनामा बुझाएको बताएका हुन् । सोमबार लिखित रूपमै राजीनामा बुझाएको उनको भनाइ छ । यो निर्णय गाजापट्टीमा प्यालेस्टिनी जनताविरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमसँग सम्बन्धित रहेको उनले बताए ...
— पाकिस्तानी व्यवसायीलाई नेपालमा मार्चमा हुने नेपाल चेम्बर एक्स्पो र अप्रिलमा हुने लगानी सम्मेलनमा सहभागि हुनको लागि निम्तो दिइएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले शनिबार इस्लामावादस्थित सियालकोट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा पुगेर व्यवसायीसँग भेटवार्ता गर्दै नेपालमा हुने दुई कार्यक्रमहरुमा सहभागिता जनाउनको लागि आग्रह गरेका हुन् । साथै, उक्त अवशरमा राजदूत अधिकारीले व्यवासयीहरुसँग ...
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको युद्ध जित्ने बताएका छन् । उनले रुससँगको युद्ध भएको दुई वर्ष भइसक्यो तर आफ्नो देशले जित्ने बताए । राजधानी किभमा जनतालाई सम्बोधन गर्दै उनले भने, 'हामी कसैलाई युक्रेनलाई ध्वस्त हुन दिनेछैनौं।' उनले जनतालाई सम्बोधन गर्दा उनीसँगै केही पश्चिमी देशका नेताहरु पनि थिए । जेलेन्स्कीले युक्रेन र युक्रेनका सहयोगीहरूले क्रिमियामा युक्रेनको कब्जालाई ...