मुख्य समाचार
इजरायल-हमास युद्धबारे छलफल गर्न इजिप्टका विदेशमन्त्री वासिंटनमा
इजरायल-हमास युद्धबारे छलफल गर्न इजिप्टका विदेशमन्त्री वासिंटनमा

— इजिप्टका विदेशमन्त्री सामेह शौकरी गाजापट्टीमा युद्धविरामका बारेमा छलफल गर्न अमेरिकी प्रतिनिधिसभा र अमेरिकी सिनेटका केही सदस्यहरूसँग भेट्न मंगलबार अमेरिकी राजधानी वासिंटन डीसी गएका छन् ।

विदेशमन्त्री शौकरीले वासिंटन डीसीमा रहेको यूएस सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजमा हुने बैठकमा इजरायली युद्ध र त्यसको असरबारे पनि सम्बोधन गर्नेछन् ।


प्रतिनिधिमण्डलले युद्धविरामको लागि आग्रह गर्न र गाजामा बिग्रँदै गएको मानवीय अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय कारबाहीका लागि आह्वान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरेका छन् । राष्ट्रपति जो बाइडेनले आगामी चुनावमा राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हट्दै ह्यारिसलाई अगाडि सारे पनि ओबामाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् । पूर्वराष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामाले संयुक्त वक्तव्यमा अहिलेको संकटपूर्ण समयमा ह्यारिसको दूरदृष्टि, चरित्र र शक्तिको माग भइरहेको ...
। गत आइतबार अर्थात् जुलाई २१, २०२४ पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रुपमा रह्यो । कपर्निकल क्लाइमेट चेन्ज सर्भिस (c3s)का अनुसार आइतबार विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस मापन भएको थियो । यसले सन् १९४० देखि अहिलेसम्मका सबै रेकर्ड तोडिदिएको छ । यसबीच संयुक्त राष्ट्रसंघका महासचिवले भने पृथ्वी जोगाउन कम्मर कस्न सबैलाई आह्वान गरेका छन् । भयानक ...
: ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी र पहिरो गएको छ। आँधीले घर र पसलहरूमा क्षति पुगेको छ। आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ। फिलिपिन्समा बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ। साथै ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ भने दुई सय २० भन्दा बढी घाइते भएका छन्। ताइवानमा कार्यालय र विद्यालय ...
गाजामा हमासले बन्दी बनाएका दुई बन्धकको मृत्यु भएको इजराइली अभियान समूह होस्टेजेज एन्ड मिसिङ फ्यामिलिज फोरमले बताएको छ । फोरमका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा अपहरित ३५ वर्षीय यागेभ बुचश्ताब र ७६ वर्षीय एलेक्स डान्सिङको मृत्युले बन्धकहरूलाई घर फर्काउनु अत्यावश्यक भएको सम्झना गराउँछ। फोरमले उनीहरूको मृत्यु कहिले भएको भन्नेबारे कुनै जानकारी दिएको छैन ...
: रोजगारीमा आरक्षण कोटाको विरोधमा भएको विद्यार्थी आन्दोलनमा अशान्ति फैलिएपछि बङ्गलादेशमा हालसम्म दुई हजार पाँच सय बढी मानिस गिरफ्तार भएको एएफपीले बताएको छ। मृत्यु हुनेमा प्रहरी अधिकारीहरु पनि रहेको जनाइएको छ। गत साताबाट बङ्गलादेशमा सरकारी नोकरीमा भएको कोटाविरुद्ध प्रदर्शन सुरु भयो। प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब वा अशान्तिपूर्ण अवस्थामा रूपमा यसलाई लिइएको सञ्चारमाध्यममा ...