मुख्य समाचार
रुसी राष्ट्रपति पुटिनले यूएई र साउदी अरबको एकदिने भ्रमण गर्दै
रुसी राष्ट्रपति पुटिनले यूएई र साउदी अरबको एकदिने भ्रमण गर्दै

— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यूएई र साउदी अरबको एक दिने भ्रमण गर्ने भएका छन् । क्रेमलिनका अनुसार राष्ट्रपति पुटिनले भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सरोकारका विषयका साथै इजरायल-प्यालेस्टाइन द्वन्द्वका विषयमा दुई देशसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।

रुसी सरकारी समाचार संस्था तासका अनुसार पुटिनको भ्रमण केवल २४ घण्टाको मात्र हुनेछ । यही हप्ता मात्र पुटिनले मस्कोमा इरानी राष्ट्रपति इब्राहिम रइसीलाई स्वागत गर्दैछन् ।


टाइमका अनुसार पछिल्लो समय पुटिनले मध्यपूर्वमा रूसी उपस्थिति बढाउँदै लैजान चाहेका छन् । साथै प्यालेस्टाइनमाथि इजरायलले ज्यादति गरेको भन्दै रुसले मध्य पूर्वका देशहरूसँग संवाद बढाउँदै लगेको हो ।

कोरोना महामारीपछि रुसी राष्ट्रपति पुटिनले मध्यपूर्वको भ्रमण गर्न लागेका हुन् । पछिल्लो पटक उनले सन् २०१९ मा यूएई र साउदी अरबको भ्रमण गरेका थिए । पुटिनले भ्रमणको सुरुवात भने यूएईबाट सुरु गर्नेछन् । रुसी राष्ट्रपति पुटिनका सहयोगी युरी उशाकोभका अनुसार विमानस्थलमा आधिकारिक बैठकपछि दरबारमा पनि भेट हुनेछ ।

पुटिनले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग वान टु वान भेटवार्ता गर्ने तासले जनाएको छ । त्यसपछि पुटिन आबुधाबीबाट रियाद जानेछन् । उनले त्यहाँ साउदी राजकुमार मोहम्मद बिन सलमान अल साउदसँग भेटवार्ता गर्नेछन् ।


पुटिनसँगै भ्रमण टोलीमा विदेशमन्त्री सेरगेई लाभरोभ, वरिष्ठ उपप्रधानमन्त्री एन्ड्रेई बेलौसोभ, उपप्रधानमन्त्रीहरू डेनिस मान्टुरोभ र अलेक्जेन्डर नोभाक, बैंक अफ रसियाकी गभर्नर एल्भिरा नाबिउलिनालगायतका उच्च अधिकारीहरू पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो । अमेरिकी संचारमाध्यम युएसए ...
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...