मुख्य समाचार
डोल्पामा टेलिकमको सेवा घाम लागुन्जेल मात्र
डोल्पामा टेलिकमको सेवा घाम लागुन्जेल मात्र

: हिमाली जिल्ला डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले सास्ती खेप्नु परेको छ। डोल्पामा राखिएका टेलिकमका टावरले घामका छउन्जेल मात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनको सास्ती खेप्नु परेको हो।


जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-२ रसी लेकमा राखिएको माइक्रो वेभ टावरले राम्रोसँग काम नगर्दा डोल्पाली जनताले फोन र इन्टरनेट सुविधा ढुक्कले लिन पाएका छैनन्।

मंसिर महिना सुरु भएसँगै त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाका विभिन्न स्थानमा फोन तथा इन्टरनेटका लागि राखिएका टावरहरू अवरुद्ध हुन थालेका हुन्।

हिमाली क्षेत्रमा चिसो बडेसँगै टावर पनि आउने जाने हुन थालेको त्रिपुराकोटका स्थानीयवासी दुर्गा प्रसाद देवकोटाले बताए। एक महिना यतादेखि साँझसम्म आउने फोन टावर बिहान उठ्दाखेरी एकाएक गायब हुन थालेको उनले बताए। ‘आजको युगमा फोन र इन्टरनेट अपरिहार्य छ, कठिन भुगोल र यातायातको सुविधा नहुँदा दुर्गममा सामान्य खबर आदानप्रदान गर्न पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्न हिँड्नुपर्छ, फोन र इन्टरनेट भइदियो भने घरबाटै खबर आदानप्रदान गर्न सकिन्छ’, उनले भने।

प्रत्येक दिन करिब पाँच घण्टासम्म फोन र इन्टरनेट सेवा दुवै जान थालेपछि दुर्गमका नागरिकलाई समस्या भएको उनको भनाइ छ। डोल्पावासीका लागि दुर्गमलाई सुगमसँग जोड्ने र सुगमको अनुभूति गराउने फोन र इन्टरनेट नै भएकाले डोल्पाका टावरलाई कसरी हुन्छ सबै समय चल्ने बनाउन पनि उनले आग्रह गरे।

रसी लेकमा राखिएको टावर अवरुद्ध भएसँगै जुफाल र त्रिपुराकोटको पनि टावर अवरुद्ध हुने गर्दछ। त्रिपुराकोटको टावर केही महिनाअघि मात्रै सुचारु भएपनि रसी र जुफालको टावरमा ऊर्जाको समस्या रहेको नेपाल टेलिकम डोल्पाका प्रशासन अधिकृत जयलाल बुढाथोकीले बताए।

विद्युत पनि नजोडिएको अवस्था र घाम नलाग्दा सोलारले राम्रोसँग काम नगर्ने भएपछि मंसिर यता डोल्पाका विभिन्न टावरमा समस्या आइरहेको उनले बताए। रसी र जुफालको टावरमा सोलार र ब्याट्री थप भएमा यो समस्या हट्ने उनको भनाइ छ।

रसी लेकमा राखिएको टावरका लागि आँखे खोला जलविद्युतबाट पोल समेत गाडिएको छ। तर,उक्त जल विद्युत सुचारु नभएपछि बत्ती भने जान सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कम्पनीले खाना भत्ताबापत दिएको रकम कपडा धुने डिटरजेन्ट, वाइन गिलास र डण्डिफोर उपचार प्याडको खरिदमा खर्चिने करिब दुई दर्जन कर्मचारीलाई फेसबुकको मातृ कम्पनी मेटाले बर्खास्त गरेको छ । लस एन्जल्सस्थित कार्याल्यमा कार्यरत ती कर्मचारी खाना भत्ताको रकम दुरुपयोग गरेको आरोपमा बर्खास्तीमा परेका हुन् । मेटाले आफ्ना ठूला कर्पोरेट कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि आफ्नै भव्य क्याफेटेरियामा नि:शुल्क रुपमा ...
: गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपतकालीन पुनर्स्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ। तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो। टावर बगेपछि ४वटा टावरको तार (कन्डक्टर)मा पनि क्षति ...
सूचना प्रविधि तथा इन्टरनेट क्षेत्रको दिग्गज कम्पनी गुगलले गत सोमबार विश्वकै पहिलो यस्तो कर्पोरेट सम्झौता गरेको छ, जसको उद्देश्य धेरैवटा साना मोडुलर रिएक्टर (small modular reactor) अर्थात एसएमआरबाट विद्युत ऊर्जा खरिद गर्नु रहेको छ । कम्पनीले यसको मद्दतले आर्टिफिसियल इन्टेलिजेन्सको ऊर्जा मागलाई पूरा गर्नेछ । गुगलले Kairos Power कम्पनीसँग उक्त सम्झौता गरेको हो । काइरोसले सन् २०३० ...
। वर्षा गराउने मनसुनी प्रणाली नेपालमा कमजोर हुँदै गएको छ । त्यसैले अब विगतको जस्तो ठूलो वर्षा नहुने मौसमविद्को भनाइ छ । सुदूरपश्चिम प्रदेशबाट त केही दिनमै मनसुन बाहिरिनसक्ने सम्भावना छ । तर देशभरबाट पूर्णरुपमा मनसुन बाहिरिने सम्भावना भने तत्काल छैन । ‘अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम र कर्णालीका हिमाली र पहाडी जिल्लामा मौसम सफा छ । धेरैले ...
आइफोन १६ सिरिज लञ्च गर्नका लागि सोमबार आयोजित एप्पलको विशेष समारोह It’s Glow time मा एप्पल इन्टेलिजेन्स सर्वाधिक चर्चामा रह्यो । एप्पल इन्टेलिजेन्स एप्पलका उपकरणहरुमा कृत्रिम बुद्धिमता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स सुविधाको बहुप्रतिक्षित एकीकरण हो । कम्पनीले गत जुनमा आयोजित वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्सका बेला एप्पल इन्टेलिजेन्सको घोषणा गरेको थियो। एप्पलले आफ्नै एआईको रुपमा विकशित एप्पल इन्टेलिजेन्सलाई पहिलोपटक ...