मुख्य समाचार
८६ हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
८६ हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

: सन् २०२३ को ११ महिनामा ८६ हजार ४८ पर्यटक मुस्ताङ भित्रिएका छन्। मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अहिलेसम्मकै उच्च हो।


अन्तर्राष्ट्रिय अमेरिकी सञ्चार संस्था सीएनएनले सन् २०२३ मा घुम्ने पर्ने पर्यटकीय गन्तव्य अन्तर्गत मुस्ताङ उपत्यकालाई सूचीकृत गरेसँगै मुस्ताङमा पर्यटकको संख्या अपेक्षाकृत वृद्धि भएको बताइएको छ।


सन् २०२३ को जनवरीदेखि नाभेम्बर अन्तिमसम्ममा ६८ हजार ७ सय ७७ जना सार्क राष्ट्रका र १७ हजार २ सय ७१ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ।

सन् २०२३ को नाभेम्बरसम्ममा ७५ प्रतिशत सार्क र २५ प्रतिशत विदेशी पर्यटक मुस्ताङ भित्रिएका एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए। आएका पर्यटकमध्ये ७० प्रतिशत भारतीय छन्।

सन् २०२२ मा ६५ हजार ९ सय ३० विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए। तर, कोभिड माहामारीको पहिलो वर्ष सन् २०२० मा ४९४७ र सन् २०२१ मा २ हजार ३ सय विदेशी मुस्ताङ भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउँदै छ । लामो समयदेखि शिथिल अर्थतन्त्र सुधारका लागि डेढ दर्जनभन्दा बढी ऐन खारेज, कम्पनी दर्तामा सहजीकरण, विदेशमा लगानी खुला, अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँचलगायत सुझावसहितको अन्तिम प्रतिवेदन आयोगले शुक्रबार पौडेललाई बुझाउन लागेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल अध्यक्ष रहेको आयोगले गत पुस २४ मा अर्थमन्त्री ...
— उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताए । संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकांक्षालाई ...
— मोरङ उद्योग व्यापार संघले भारतीय सीमावर्ती बजारबाट हुने अवैध कारोबार नियन्त्रणको माग गर्दै खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको आयात शुल्क समायोजन गरी नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीका लागि अर्थमन्त्री, उद्योगमन्त्री लगायत सम्बद्ध निकायका प्रमुखलाई भेटेर औपचारिक सुझाव पेस ...
— चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ । बुधबार सार्वजनिक गरेको ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो । आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ...
। अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा पौडेलले अटो क्षेत्रमा लिइएका नीति राष्ट्र बैंक आफैंले लिएको बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए ...