मुख्य समाचार
राजदूत सोङले प्रधानमन्त्रीलाई सोधे - टिकटक बन्द भूराजनीतिक प्रभाव त होइन ?
राजदूत सोङले प्रधानमन्त्रीलाई सोधे - टिकटक बन्द भूराजनीतिक प्रभाव त होइन ?

: सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो।


टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप हो। छोटो-छोटो भिडियोमार्फत् शिक्षा र मनोरञ्जन प्रदान गरेर समाजमा सकरात्मक सन्देश दिन सकिने भए पनि नेपालमा टिकटक अश्लिल हुँदै गइरहेको थियो। सरकारले पनि टिकटकबाट भइरहेको विकृति रोक्न उक्त एप बन्द गरेको बताउँदै आएको छ।

टिकटक बन्द भएपछि औपचारिक र अनौपचारिकरूपमा चिनियाँ अधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सरकारका उच्च अधिकारीसँग सो निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री दाहाललाई भेटेरै टिकटक बन्द गर्ने निर्णयबाट आफू दुःखी भएको बताएका थिए। भूराजनीतिक प्रभावले हो वा सामाजिक सद्भाव बिगारेकाले हो ? कुन कारणले नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो भन्नेबारे स्पष्ट हुन नसकेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चिनियाँ राजदूत छन् सोङले भूराजनीतिक प्रभावका कारण नेपाल सरकारले टिकटक बन्द गरेको त होइन भनी प्रधानमन्त्री दाहालसँग प्रश्न गरेका थिए। प्रधानमन्त्री दाहालले भूराजनीतिक प्रभावले नभइ खल्बलिँदै गएको सामाजिक सद्भाव कायम गर्न टिकटक बन्द गर्ने निर्णय लिन सरकार बाध्य भएको चिनियाँ राजदूत सोङलाई जवाफ दिएको स्रोतले बताएको छ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल नियमन गर्न सरकार अग्रसर रहेको र त्यसका लागि बलियो कानुन बनेपछि पुनः सञ्चालनमा ल्याउन सकिने राजदूत सोङलाई आश्वासन दिएका थिए। प्रधानमन्त्री दाहालले जति स्पष्टीकरण दिए पनि टिकटक एप बनाउने चीन भने सरकारको निर्णयलाई लिएर सशंकित बनेको छ।

टिकटक बन्द गर्ने निर्णय भएलगत्तै चिनियाँ अधिकारीहरूले विभिन्न माध्यममार्फत् सरकारसँग असन्तुष्टि पोखिरहेका छन्। टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी विरोध भए पनि प्रधानमन्त्री दाहालले सामाजिक सद्भाव बिगारेको र समाजमा विकृति फैलाएकाले टिकटक बन्द गर्नुपरेको सार्वजनिकरूपमै स्पष्टीकरण दिँदै आएका छन्। गत बुधबार चिनियाँ राजदूत सोङले प्रधानमन्त्री दाहाललाई बालुवाटारस्थित उनको सरकारी निवासमा भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनमा अमेरिकी कम्पनी एप्पलको बजार हिस्सा खुम्चिएको छ । चालु वर्ष सन् २०२४ को दोश्रो त्रैमासिकमा चिनियाँ बजारमा एप्पलको हिस्सा २ प्रतिशतले घटेको हो । हुवावे लगायतका घरेलु कम्पनीहरुसँगको तीव्र प्रतिस्पर्धा बढ्दै जाँदा चीनमा एप्पलको बजार हिस्सा खस्किँदै गएको बजार अनुसन्धान कम्पनी क्यानालिसले जनाएको छ । यो गिरावटले विश्वको तेश्रो ठूलो बजारमा एप्पलले भोगिरहेको कठिनाइलाई दर्शाएको ...
शुक्रबार जुलाई २० का दिन सारा विश्व नै माइक्रोसफ्टबाट चल्ने कम्प्युटर प्रणालीमा आएको गडबडीका कारण समस्यामा परेको थियो । तर, चीनमा भने त्यो अवरोधको कुनै प्रभाव परेन र सबै कुरा ठीकठाक चलिरहेको थियो । साइबर सेक्योरिटी कम्पनी क्राउडस्ट्राइकका एक अपडेटका कारणले गर्दा माइक्रोसफ्ट सिस्टमबा चल्ने कम्प्युटरमा निलो स्क्रिन देखिन थाल्यो र विश्वका धेरै देशमा विमान सेवादेखि ...
। विश्वभर बिजुलीको माग पछिल्लो २० वर्षयताकै अत्यधिक बढ्ने प्रक्षेपण सार्वजनिक भएको छ । यसको मुख्य कारण जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम हो । गर्मी बढेसँगै विश्वभर एयर कन्डिसन (एसी)को माग पनि अत्यधिक बढेको छ । त्यसलाई चलाउन बिजुली चाहिने भएकाले बिजुलीको माग २० वर्षयताकै बढी हुने अनुमान गरिएको हो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले हालै सार्वजनिक ...
अमेरिकी साइबर सेक्योरिटी कम्पनी क्राउडस्ट्राइक शुक्रबारदेखि निकै चर्चामा छ । किनकि यो कम्पनीको एउटा खराब सफ्टवेयर अपडेटका कारण विश्वभर नै ठूलो तहल्का मच्चियो । करिब १५ घण्ट‍ासम्म माइक्रोसफ्टको सर्भर ठप्प भएका कारण विश्वका धेरै देशमा एयरपोर्ट, बैंक, टिभी च्यानलदेखि शेयर बजारसमेत अवरुद्ध भए । यसैबीच दुनियाँ नै ठप्प पार्नका लागि जिम्मेवार सो कम्पनीलाई ठूलो झट्का लागेको छ ...
: शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ । धेरै टेलिभिजन तथा ब्रोडकास्ट कम्पनीहरूको प्रसारण पनि रोकिएको छ। माइक्रोसफ्टको सर्भर डाउन हुनाले यो समस्या देखिएको हो । माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ। सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका विमानको उडान बन्द भएको छ । बेलायतमा ...