मुख्य समाचार
इजरायलले सुरु गर्‍यो दक्षिणी गाजामा पनि हमला, खान युनिस खाली गर्न आदेश
इजरायलले सुरु गर्‍यो दक्षिणी गाजामा पनि हमला, खान युनिस खाली गर्न आदेश

। इजरायली सेनाले गाजाको दक्षिणी भागमा धेरै हमास नेताहरू लुकेको आकलन गर्दै आक्रमण सुरु गरेको छ। यस क्षेत्रमा करिब २३ लाख मानिस फसेका छन् ।

बीबीसीका अनुसार इजरायली सेनाले आइतबार गाजाको दोस्रो ठूलो सहर खान युनिस वरपरका क्षेत्रहरू खाली गर्न आदेश जारी गरेको हो।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा प्रकाशित रिपोर्टहरू अनुसार इजरायलले इजरायली सेनाले आफ्नो भूमि विस्तार अभियानलाई अगाडि बढाइरहेको छ ।

इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीका अनुसार थल सेनाहरू अहिले दक्षिणतिर अघि बढिरहेका छन् ।

युद्धविरामपछि इजरायली सेनाले दक्षिणी गाजामा हवाई आक्रमण पनि सुरु गरेको छ ।

शहरी शरणार्थी शिविर जबलियामा शरण खोज्दै आएकी अमल रडवानले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘हाम्रो चारैतिर लगातार विस्फोटको आवाज सुनिन्छ। यहाँको अवस्था डरलाग्दो छ । मृत्यु जताततै छ। एकैछिनमा जो कोही मर्न सक्छ ।’

इजरायल र हमासबीच जारी युद्धमा हालसम्म १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

गाजाका अधिकांश नागरिक सुरक्षाको खोजीमा अहिले दक्षिणतिर भागेका छन्।

इजरायली सेनाले शनिबार राति खान युनिस र दक्षिणी सहर रफाह क्षेत्रका साथै उत्तरका केही भागहरूमा भारी हवाई र स्थल आक्रमण गरे। हमलमा सात प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

यसै क्रममा आइतबार बिहान खान युनुसको पूर्वी भागमा रहेको एक आवासीय भवनमा इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

यसैबीच, गाजामा पुनः युद्ध भइरहेका बेला अमेरिकाले इजरायललाई संयमता अपनाउन दबाब दिएको छ । उपराष्ट्रपति कमला ह्यारिसले गाजामा धेरै निर्दोष प्यालेस्टाइनी मारिएको बताइन्।

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले निर्दोष नागरिकको सुरक्षा गर्ने इजरायलको नैतिक जिम्मेवारी रहेको बताएका छन् ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुनेको कुल संख्या १५ हजार २०० भन्दा बढी पुगेको बताएको छ। मृत्यु हुनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । ४० हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो । अमेरिकी संचारमाध्यम युएसए ...
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...