मुख्य समाचार
युरोपेली च्याम्पियन्स लिगाम बायर्नसँगै सबै ठूला टिम विजयी
युरोपेली च्याम्पियन्स लिगाम बायर्नसँगै सबै ठूला टिम विजयी

— युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएका समूह चरणका खेलमा सबै ठूला टिम विजयी भएका छन् । समूह ‘ए’ मा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्ने क्रममा बायर्न म्युनिखले गालातासारेलाई ३–१ ले हरायो । त्यसमा इंग्लिस कप्तान ह्यारी केनले एक गोल गरे र अर्को गोलमा सहयोगी भूमिका निभाए ।

समूहको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एफसी कोपनहेगनलाई १–० ले पराजित गर्‍यो । समूह ‘बी’ मा अर्को इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले सेभियामाथि २–१ को जित रच्यो भने लेन्स र पीएसजी आयनहोभनले १–१ को बारबरी खेले । समूह ‘सी’ मा कीर्तिमान विजेता रियल म्याड्रिड स्पोर्टिङ ब्रागमाथि २–१ ले विजयी रह्यो ।

इटालीको च्याम्पियन नेपोलीले पनि समूहको अर्को खेलमा युनियन बर्लिनमाथि १–० को जित दर्ता गर्‍यो । रियलको जितमा फेरि एकपल्ट जुड वेलिङघमले गोल गरे । यस्तै समूह ‘डी’ मा रियल सोसिडाडले बेनफिकालाई १–० र इन्टर मिलानले आरबी साल्सबर्गलाई १–० कै अन्तरले पराजित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका हुन् । शनिबार दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलमा अभिनेता सिद्धिकीलाई साम्बालाका निर्देशक मीन भाम लगायतले स्वागत गरे । शनिबार नै भारतीय फिल्म निर्देशक अनुराग कश्यप पनि नेपाल आउने साम्बालाको निर्माण पक्षले जनाएको छ ।
: राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। एपीएफका लागि सविता राना मगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन् भने आर्मीका ...
: मुस्ताङको घरपझोङ गाउँपालिकामा शनिबारदेखि वडास्तरीय ‘प्रथम अध्यक्ष कप’ सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुरूप मुस्ताङको घरपझोङ-५ ठिनीमा यसैवर्षदेखि ‘अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सुरुवात गरिएको हो। प्रतियोगिता अन्तर्गत भलिबल खेल र स्थानीय सादा धनुषवाण(तारा) खेल प्रतियोगिता समावेश गरिएको जनमुक्ति युवा क्लबका अध्यक्ष सञ्जय थकालीले जानकारी दिए। बर्सेनि आलोपालो सञ्चालन ...
। श्री ‘थ्री एक्स थ्री’ यू२३ बास्केटबल प्रतियोगिता हुने भएको छ । श्री एअरलाईन्सको आयोजनामा हुने प्रतियोगिताको व्यवस्थापन नेपाली राष्ट्रिय महिला बास्केटबल टिमले गर्नेछ । दुई दिने प्रतियोगितामा यु-२३ महिला पुरुष तथा कर्पोरेटतर्फ महिला पुरुष विधामा प्रतिस्पर्धा हुनेछ । सबै विधामा गरी ३० भन्दा बढी टिम सहभागी हुने आयोजकले जनाएको छ । थ्री एक्स थ्री बास्केटबलमा एक टिममा ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने बताएका छन्। खुलमटारमा आज पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्दै उनले जीतले संसारभरि रहेका नेपालीहरुले गौरव गर्ने अवसर प्राप्त भएको बताएका हुन्। प्रचण्डले खेल क्षेत्रले राष्ट्रिय एकता,आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रबर्धन गर्ने बताए। ‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त ...