मुख्य समाचार
फुलहमलाई हराएर टोटनहम फेरि शीर्षमा
फुलहमलाई हराएर टोटनहम फेरि शीर्षमा

— सन ह्वेङ–मिन र जेम्स म्याडिसनको गोलको मद्दतले फुलहमलाई सोमबार २–० ले पराजित गर्दै फेरि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । यससँगै एन्ज पोस्टेकोग्लोउको टिमले लिगमा आफ्नो अपराजित यात्रा नौ खेल पुर्‍याएको छ


टोटनहमले ह्वेङ–मिनको गोलले अग्रता लिएपछि यस सिजनको सुरुआतमा लेस्टर सिटीबाट आएका म्याडिसनले दोस्रो गोल थपे । नयाँ क्लबका लागि उनको यो पहिलो गोल हो ।

टोटनहमले म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुललाई उछिनेर शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको हो । लिग तालिकामा टोटनहमको २३ अंक छ भने उसको पछाडि सिटी र आर्सनलको समान २१ तथा लिभरपुलको २० अंक छ ।

फुलहम भने ११ अंकमा १३ औं स्थानमा छ । फुलहम मात्र यो सिजन यस्तो टिम रहेको छ, जसले टोटनहमलाई हराएको छ । फुलहमले गत अगस्टको लिगकप खेलमा जित निकालेको हो । तर लिगमा उसले त्यस्तै प्रदर्शन गर्न भने सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् । गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका मेसीले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा इन्टर मायमीले क्लब इतिहासमै पहिलो उपाधिको रुपमा लिग्स कपको उपाधि जितेको थियो । ३६ वर्षीय ...
। नेपाल सुपर लिगमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई हराएको छ र शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले हराएको हो । उसका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गरेको गोल नै निर्णायक बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा इलामले केही राम्रो अवसर सिर्जना गरेको थियो, तर गोल गर्न ...
। प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुलले गएराति शेफिल्ड युनाइटेडलाई २-० ले पराजित गरेको छ । यो जितपछि लिभरपुलले लिग लिडर आर्सनलसँग अंक दुरी २ मा झारेको छ । शेफिल्ड युनाइटेडको मैदानमा भएको खेलमा कप्तान भर्जिल भान डाइकले ३७औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो गोल भने इन्जुरी टाइमको चौथो मिनेटमा डोमिनिक सोबोजलाईले गरे । जितपछि ...
। प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी एस्टन भिल्लासँग १-० ले पराजित भएको छ । लिओन बेलीको एक मात्र गोल मद्दतमा भिल्लाले सिटीलाई पराजित गर्दै ३ अंक जोडेको हो । बेलीले ७४औं मिनेटमा युरी थिलेमन्सको पासमा गोल गरेका थिए । सिटीले प्रिमियर लिगमा पछिल्लो चार खेलमा जित हात पार्न सकको छैन । मिडफिल्डर रोड्रीबीना मैदान उत्रेको सिटीले ...
। स्कट म्याकटोमिनेको दुई गोल मदततमा म्यानचेष्टर युनाइटडले प्रिमियर लिगमा चेल्सीलाई २-१ ले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा कप्तान ब्रुनो फर्नान्डेजले नवौँ मिनेटमै पेनाल्टी गुमाउँदा युनाइटेडले अग्रता लिने अवसर गुमाएको थियो । तर म्याकटोमिनेले १९औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा कोल पाल्मरले चेल्सीका लागि बराबरी गोल गरे ...