मुख्य समाचार
हमासले बन्धक बनाएका दुई महिला रिहा
हमासले बन्धक बनाएका दुई महिला रिहा

— हमासले इजिप्ट र कतारी कूटनीतिक पहलपछि बन्धक बनाएका दुई महिलालाई रिहा गरेको छ ।‘मानवीय कारण र कमजोर स्वास्थ्य आधार’का कारण रिहा गरिएको जनाएको छ।

प्यालेस्टिनी समूह र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)काअनुसार गाजामा हमासद्वारा बन्धक बनाएका दुई महिलालाई रिहा गरिएको छ।

हमासको सशस्त्र शाखाका प्रवक्ताले कतार र इजिप्टको मध्यस्थतामा दुई बन्दीलाई रिहा गरिएको बताए ।

सोमबार एक विज्ञप्ति मार्फत प्रवक्ता अबु ओबेदाले समूहको टेलिग्राम च्यानलमा बन्दीहरूलाई 'मानवीय कारण र कमजोर स्वास्थ्य आधार' को लागि रिहा गरिएको उल्लेख गरेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले लेखेका छन् ।

दुई बन्धकहरू, ८५ वर्षीय योचेभ लिफसिट्ज र ७९ वर्षीया नुरिट कुपरको रिहाइ आईसीआरसीले पनि पुष्टि गरेको छ।

इजरायलले २ जना बन्धक लिन अस्वीकार गरेको हमासको भनाइ थियो । इजरायलले यसलाई प्रोपोगान्डा भनेको थियो । तर अहिले इजरायलले दुई महिला रिहा भएको पुष्टी गरेको बीबीसीले लेखेको छ । रिहा भएका दुई महिलाका श्रीमान्‍हरु भने अझै बन्धक छन् । हमासले अहिलेसम्म ४ जना बन्धकलाई रिहा गरेको छ ।

हमासले कम्तीमा १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ ।हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा इजरायली र दोहोरो नागरिक सहित २०० भन्दा बढी मानिसहरूलाई कब्जामा लिएको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा बन्दी बनाएका सबैलाई बिना शर्त रिहा गर्न माग गरेका छन् । मानवअधिकारवादी समूह, अन्तर्राष्ट्रिय संघसंस्था र बन्दी बनाइएका व्यक्तिका परिवारले पनि उनीहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नाइजेरियाली सेनाले विद्रोहीहरूलाई लक्षित गर्दै प्रहार गरेको ड्रोनको निशाना गलत पर्दा धार्मिक उत्सवमा भाग लिइरहेका कम्तीमा ८५ आमनागरिकको मृत्यु भएको छ । कादुना राज्यको इगाबी काउन्सिल क्षेत्रको टुदुन बिरी गाउँमा गत आइतबार राति मोहम्मदको जन्मदिन मनाउन भेला भएका सर्वसाधारण ड्रोन आक्रमणमा परेका थिए । कादुनाका गभर्नर उबा सानीले 'आतंकवादी र डाकुहरूलाई निशाना बनाएर' प्रहार गरिएको ...
— फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ । मध्य फिलिपिन्सको एन्टिक प्रान्तमा मंगलबार एउटा यात्रुवाहक बस भीरबाट खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ५३ यात्रु बोकेको बस इलोइलो सहरबाट पश्चिमतर्फ एन्टिकको सान जोसे डे बुएनाभिस्टातर्फ जाँदै गर्दा साँझ ४:३० बजेतिर १५ मिटर गहिराइको खाडलमा खसेको थियो । प्राचीन ...
— इन्डोनेसियाको सुमात्रामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरूको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो । २० जनाको शव अस्पताल लगिएको छ । अन्य तीनजनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ । कुल ७५ आरोहीमध्ये ५२ ...
— इजिप्टका विदेशमन्त्री सामेह शौकरी गाजापट्टीमा युद्धविरामका बारेमा छलफल गर्न अमेरिकी प्रतिनिधिसभा र अमेरिकी सिनेटका केही सदस्यहरूसँग भेट्न मंगलबार अमेरिकी राजधानी वासिंटन डीसी गएका छन् । विदेशमन्त्री शौकरीले वासिंटन डीसीमा रहेको यूएस सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजमा हुने बैठकमा इजरायली युद्ध र त्यसको असरबारे पनि सम्बोधन गर्नेछन् । प्रतिनिधिमण्डलले युद्धविरामको लागि आग्रह गर्न र गाजामा बिग्रँदै ...
सन् २०१३ मा एसियाको जटिल एवं परिवर्तनशील वातावरण र विभिन्न देशको अपेक्षालाई मनन गरी चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी देशहरूसँगको आत्मीय, इमानदार, उपकारी र समावेशी चिनियाँ कूटनीतिक अवधारणा प्रस्तुत गर्नुभएको थियो । १० वर्षयता चीन यस महत्त्वपूर्ण अवधारणालाई व्यवहारमा उतार्न लागिपरेको छ र यसैका आधारमा छिमेकी देशहरूसँग मैत्रीपूर्ण सहयोगी सम्बन्ध विकास गर्दै गएको छ । फलस्वरूप दुई पक्षबीच ...