मुख्य समाचार
चीनका रक्षामन्त्री बर्खास्त
चीनका रक्षामन्त्री बर्खास्त

— सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि चीनले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ । उनलाई हटाउनुको कारण खुलाइएको छैन । चीनले नयाँ रक्षामन्त्रीको हुने भन्ने घोषणा गरेको छैन ।

सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो । उनको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले रक्षामन्त्री पनि बर्खास्तीको सूचीमा परेको बीबीसीले लेखेको छ ।

चीनका शीर्ष विधायकहरूसमेत रहेका उनीहरुलाई हटाउने निर्णय नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिले गरेको चीनको सीसीटीभीले रिपोर्ट गरेको छ ।

यसै साता बेइजिङमा विदेशी रक्षा अधिकारीहरूलाई

चीनले स्वागत गर्ने तयारी गरिरहेको छ । यही समयमा रक्षामन्त्री औपचारिक रुपमा हटाएको हो ।

रोयटर्सले गत महिनागरेको रिपोर्टअनुसार रक्षामन्त्री उपकरण खरिद र विकाससम्बन्धी संदिग्ध भ्रष्टाचारको अनुसन्धानमा तानिएको थिए ।

उनी पछिल्लो पटक २९ अगस्टमा अफ्रिकी राष्ट्रहरूसँग बेइजिङ सुरक्षा फोरममा सार्वजनिक रूपमा देखिएका थिए।

स्याटेलाइट र रकेट प्रक्षेपण केन्द्रबाट आफ्नो करिअर सुरु गरेका एक एयरोस्पेस इन्जिनियर जनरल लीले सैन्य फाँटमा काम गरेका थिए ।

सन् २०१८ उसले सेनाको उपकरण विकास शाखाको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका लागि २७ करोड ५० लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ। सहायतामा गोला बारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोरोर्‍याएका छन्। उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु कियभलाई खार्किभ नजिकै मस्कोको आक्रमणलाई ...
बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित ९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म नौ जनाको मृत्यु भएको र अन्य ५० जना घाइते अवस्थामा उपचार भइरहेको छ । स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो ...
‘डज’ मिमको रुपमा सामाजिक सञ्जालमा चर्चित कुकुर काबोसुको मृत्यु भएको छ । काबोसुको १८ वर्षको उमेरमा मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ। काबोसु १४ वर्षसम्म इन्टरनेटमा मिम्सको माध्यमबाट चर्चित रहेको थियो। काबोसुको फोटो क्रिप्टो मुद्रा 'डज कोइन' मा पनि प्रयोग गरिएको थियो। सन् २०१० बाट काबुसोको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो। काबोसुको तस्विर एनएफटी डिजिटल नेटवर्कको ...
। ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी ५७ जनाको मृत्यु भएको छ । ३७३ जना बेपत्ता छन् । हावाहुरीसहितको भारी वर्षाबाट ब्राजिलको रियो ग्राण्डे डु सुल राज्य बढी प्रभावित छ । बाढीले धेरै स्थानका सडक र पुल बगाएको छ । बस्तीहरु डुबानमा परेका छन् । राज्यका ४९७ सहरहरुमध्ये दुई तिहाई बढी प्रभावित भएका छन् । सीएनएनले ...
पेट्रोलियम तेलको निर्यात इरानको अर्थ व्यवस्थाको जीवनरेखा मानिन्छ । तर, अप्रिलको मध्यतिर इजरायलमा मिसाइल तथा ड्रोनबाट आक्रमण गरेपछि इरानी तेलको निर्यातमाथि कडा प्रतिबन्धका लागि अपिल सुरु भएको छ । इरानको भन्सार कार्यालयका प्रमुखका अनुसार इरानविरुद्धमा उठाइएका कदमहरुका बाबजुत यो वर्ष सन् २०२४ को पहिलो त्रैमासिकमा इरानले ३५ अर्ब ८० करोड डलर बराबरको तेल निर्यात गरेको छ, ...