मुख्य समाचार
हेलिकप्टर दुर्घटनाका घाइते क्याप्टेन सेढाइँको निधन
हेलिकप्टर दुर्घटनाका घाइते क्याप्टेन सेढाइँको निधन

— गत शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनग्रस्त भएको मनाङ एयरको हेलिकप्टरका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा निधन भएको छ । दुर्घटनापछि भएको आगलागीमा परी गम्भिर घाइते भएका क्याप्टेनलाई तत्काल उद्धार गरी धुम्बराईस्थित ह्याम्स अस्पताल ल्याइएको थियो ।

परिवार तथा चिकित्सकको सल्लाहपछि उनलाई थप उपचारका मुम्बईस्थितनेसनल बर्न सेन्टर लगिएकोमा त्यहीँ उपचारको क्रममा उनको निधन भएको नागरिक तथा उड्‍डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले क्याप्टेन सेढाइँको निधन प्रति गहिरो दु:ख समेत व्यक्त गरेको छ ।

यसअघि मुम्बईस्थित सोही सेन्टरमा सांसद चन्द्र भण्डारीको समेत उपचार भएको थियो । ह्याम्स अस्पतालमाउपचारको क्रममा सेढाईंको मुख र हातखुट्टालगायतका भागमा ४५ देखि ५० प्रतिशतजलेको देखिएको बताएको थियो । त्यस्तै फोक्सो र मेरुदण्ड तथा किड्नीमा पनि समस्या भएको अस्पतालको दाबी थियो ।

शनिबार बिहान लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९ एन-एएनजे कलसाइनको हेलिकप्टर अवतरण गर्ने बेला दुर्घटनामा परेको थियो ।

नागरिकउड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, तीन महिनाको अन्तरालमा दुइटा हेलिकोप्टर दुर्घटना बेहोरेको मनाङलाई प्राधिकरणले ‘खराब उडान सुरक्षा’ को कारण देखाउँदै उसको इजाजतपत्र (अपरेटर सर्टिफिकेट) निलम्बन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने नदेखिएको बताएका छन् । अर्थतन्त्र सुधारका लागि मौलिक ढंगले सोच्नुपर्ने उनको भनाइ छ । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायद्वारा हुने देखिएन । विगतका तमाम कामहरुको योगदानको कुल योगफलले के देखाउँछ भने ...
। खुला प्रतिस्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने निर्णयको विरोधमा नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित भएका छन् । निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिस्पर्धाका आधारमा नभएर स्वतः नियमले पाउनुपर्ने माग राख्दै उनीहरुले बुधबारदेखि आन्दोलन सुरु गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिस्पर्धाबाट दिने निर्णय ...
। गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक बैंकर र व्यवसायी छुट्याउने नीतिअनुसार नै अघि बढ्ने बताएका छन् । बुधबार संसदको अर्थ समितिमा हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर हिमालयन रि-इन्स्योरेन्सले किन्न खोजेको विषयमा सांसद् डा. स्वर्णिम वाग्लेले राखेको प्रश्नमा उनले यस्तो बताएका हुन् । हिमालयन रि-इन्स्योरेन्सले बैंकको सेयर किन्ने सम्झौता भएर पूर्वस्वीकृतिका लागि नेपाल राष्ट्र ...
। नेपाली युवालाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ती गराउने लगेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली युवालाई भारत, यूएई हुँदै रुससम्म पुर्‍याएको आरोपमा उनीहरुलाई पक्राउ गरेको एसएसपी भुपेन्द्र खत्रीले अनलाइनखबरलाई बताए । पक्राउ परेकामध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा गरेर ४३ वटा राहदानीसमेत ...
। नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाभित्र क्यासिनो प्रवेश गराउन विभिन्न व्यक्तिलाई आधार कार्ड बनाइदिएको आरोपमा गोव्न्दि खड्का, नविन राई र विनोद न्यौपानेलाई पक्राउ गरेको हो । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, उपत्यकाभित्र भएका क्यासिनोहरुमा हुने विभिन्न अपराधिक क्रियाकलापमाथि सुक्ष्म ...