मुख्य समाचार
एक्सको सिको गर्दै थ्रेड्स, आउँदैछ ट्रेन्डिङ फिचर
एक्सको सिको गर्दै थ्रेड्स, आउँदैछ ट्रेन्डिङ फिचर

माइक्रो ब्लगिङ प्लाटर्फम एक्सको सिको गरिरहेको मेटा कम्पनीको सोसल मिडिया प्लाटर्फम थ्रेड्सले एउटा लोकप्रिय फिचर आफ्नो प्लाटर्फमममा थप गर्ने भएको छ ।

थ्रेड्सले निकट भविष्यमा एक्समा जस्तै ट्रेन्डिङ टपिक्स फिचर पेस गर्ने भएको छ । यसबाट प्रयोगकर्ताहरुले थ्रेड्समा सबैभन्दा धेरै चर्चा भैरहेको विषय के हो र मानिसहरुले के विषयमा कुराकानी गरिरहेका छन् ? भन्ने बारेमा थाहा पाउनेछन् ।

मेटाका एकजना कर्मचारीले भुलबस थ्रेड्सले ल्याउन थालेको सो नयाँ फिचरका बारेमा थ्रेड्समा स्क्रिनसट शेयर गरेका थिए । एप डेभलपर विलियम म्याक्सले पहिलोपटक उक्त स्क्रिनसट देखे र त्यसलाई सार्वजनिक गरे ।

मेटाको टेक्स्टमा आधारित सोसल मिडिया प्लाटर्फम थ्रेड्स गत जुलाईमा लञ्च भएको हो । यसको मुख्य उद्देश्य नै एक्सलाई टक्कर दिनु थियो ।


लञ्च भएको सुरुमा ५ दिनभित्रैमा थ्रेड्स एप लाखौंले डाउनलोड गरे । धेरै प्रयोगकर्ताहरु विभिन्न कारणले एक्ससँग असन्तुष्ट रहेको र एक्सका प्रयोगकर्ताहरु निरन्तर घटिरहेको समयमा मेटाले थ्रेड्स एप ल्याएर ठुलै तरंग सिर्जना गरेको थियो र यसले एक्सलाई पूर्णरुपमा प्रतिस्थापन गर्ने दाबी गरिएको थियो ।

यद्यपि इन्स्टाग्रामका सीईओ एडम मोसेरीले भने थ्रेड्सको लक्ष्य ट्वीटरलाई विस्थापित गर्नु नभएको र कम आक्रोशपूर्ण प्लाटर्फमको खोजी गरिरहेका प्रयोगकर्ताहरुका लागि विकल्प दिने बताएका थिए ।

लाइभमिन्टको रिपोर्ट अनुसार पछिल्लोपटक मेटाका एक कर्मचारीले भुलवस एउटा स्क्रिनसट पोस्ट गरेका थिए जसले थ्रेड्सको आगामी फिचरका बारेमा खुलासा भयो । यो फिचर ट्रेन्डिङ टपिक्स फिचर हो । यो फिचर सर्च बारको तल संख्यात्मक क्रमबद्धतामा विषयहरुलाई सूचीकरण गर्दछ । यसका अलावा यसले हरेक विषयको बारेमा पोस्टको संख्या पनि देखाउनेछ । अहिले एक्समा पनि प्रयोगकर्ताहरुले ती ट्रेन्डिङ विषयहरुको बारेमा थाहा पाउन सक्दछन् जसको बारेमा मानिसहरुले धेरै चर्चा गरिरहेका हुन्छन् ।

मेटाका सीईओ मार्क जुकरबर्गले एक पोस्टको माधयमबाट पहिले यो फिचरका बारेमा संकेत गरेका थिए । उनले लेखेका थिए,’थ्रेड्समा सर्च फिचर आइरहेको छ । अधिकांश अंग्रेजी तथा स्पेनिस भाषी देशहरुमा आजबाट सुरु हुँदैछ । छिटै नै अरु पनि चिजहरु आउनेवाला छन् ।’

यसअघि इन्स्टाग्राम थ्रेड्सले पोस्ट एडिट फिचर पनि ल्याउने घोषणा गरिसकेको छ । जस अनुसार प्रयोगकर्ताहरुले कुनैपनि पोस्ट गरेको ५ मिनेटभित्र त्यसलाई सच्चाउन सक्नेछन् । हाल यो फिचर निर्माणकै चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इन्टरनेट जगतको दिग्गज कम्पनी गुगलले बेला बेलामा विभिन्न ठुल्ठुला कदमहरु उठाउने गरेको छ । गुगलले केहीअघि मात्रै अमेरिकामा आफ्नो अनलाइन भुक्तानी सेवा जी पे प्लाटर्फम बन्द गर्न लागेको समाचार सार्वजनिक भएको थियो । समाचार अनुसार आफ्नो घाटालाई कम गर्नका लागि गुगलले विभिन्न अहम् कदमहरु चाल्न सक्दछ । त्यसमा जिमेल बन्द गर्ने पनि एउटा विकल्प हुनसक्दछ । ...
— सरकारले टिकटकमा प्रतिबन्ध लगाएको तीन महिना बितिसक्दा पनि कतिपय इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूको नेटकवर्कबाट टिकटक चलिरहको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । त्यस्ता सेवा प्रदायकलाई टिकटकको पहुँचमा रोक लगाउन पटक-पटक निर्देशन दिएको भए पनि अटेर गरेकाले कारबाहीको प्रक्रिया अघि बढाएको प्राधिकरणले जानकारी दिएको छ । ‘केही सेवा प्रदायक कम्पनीहरूको नेटवर्कबाट ...
। फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटफर्मको मातृ कम्पनी मेटाका सिइओ मार्क जुकरबर्गको सम्पत्ति गत वर्ष सन् २०२३ मा ८४ अर्ब डलर अर्थात् १११ खर्ब रुपैयाँले बढेको छ । फोर्ब्सको रियल टाइम अर्बपतिको सूचिमा जुकरबर्ग हाल विश्वका पाँचौँ सर्वाधिक धनी व्यक्ति हुन् र उनको कूल सम्पत्ति १ खर्ब ३९ अर्ब १० करोड डलर छ ...
। फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट बालबालिकामा परेको नकरात्मक असरप्रति उनीहरुका परिवारसँग माफी मागेका छन् । जुकरबर्गले सामाजिक सञ्जालको प्रयोगले आफ्ना बालबालिकालाई असर गरेको भन्दै आफ्ना बच्चाहरूको तस्वीर राख्ने अभिभावकसँग अमेरिकी सिनेटमा भएको सुनुवाइका क्रममा माफी मागेका हुन् । सिनेट सदस्यहरुले जुकरबर्गसहित अन्य सामाजिक सञ्जालहरु टिकटक, स्न्याप, एक्स र डिस्कर्डका मालिकहरूसँग बालबालिकामा हुने ...
— प्रविधि व्यवसायी इलन मस्कको कम्पनी न्युरालिंकले पहिलो पटक मानव मस्तिस्कमा ताररहित चिप(वायरलेस ब्रेन चिप) जडान गरेको छ । मस्कले एक्समार्फत कम्पनीले पहिलो पटक मानिसमा ताररहित चिप जडान प्रत्यारोपण गरिएको बताएका हुन् । चिप जडान गरिएको व्यक्तिको स्वास्थ्यमा सुधार भइरहेको पनि उनले जानकारी दिएका छन् । साथै प्रारम्भिक नतिजामा ती व्यक्तिको न्युरोन(स्नायुकोशिका) मा सुखद संकेत देखिएको ...