मुख्य समाचार
बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा टिकटकलाई करोडौं यूरो जरिवाना
बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा टिकटकलाई करोडौं यूरो जरिवाना

लण्डन । युरोपेली सङ्घ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा शुक्रबार ३४ करोड ५० लाख यूरो जरिवाना तोकेको छ ।

आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको विभिन्न उल्लङ्घनका लागि ३६ करोड ९० लाख अमेरिकी डलर बराबरको ‘प्रशासनिक जरिवाना’ बुझाउन भनेको हो ।

आयोगले टिकटकलाई आफ्नो नियमअनुसार ‘यसको प्रक्रियालाई कार्यान्वयनमा ल्याउन’ तीन महिनाको समय दिएको छ ।

ईयू सदस्य आयरल्याण्डको डीपीसीले समूहको सामान्य तथ्याङ्क सुरक्षा नियमन (जीडीपीआर) को कडा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ ।

तथ्याङ्क चोरीबारे नियमनकारी संस्थाले सेप्टेम्बर २०२१ मा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूको लागि प्लेटफर्म निर्माण र व्यक्तिगत तथ्याङ्क सङ्कलन प्रक्रियाको सम्बन्धमा जीडीपीआरको साथ टिकटकको अनुगमन जाँच गर्न सुरु गरेको थियो ।

यसले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि टिकटकको उमेर प्रमाणीकरण विधिहरू पनि हेर्दा कुनै उल्लङ्घन फेला पारेन । तर प्लेटफर्मले सेवामा दर्ता गर्ने युवाहरूको जोखिमको उचित मूल्याङ्कन नगरेको बताएको छ ।

टिकटकका संयुक्त राज्य अमेरिकामा १५० मिलियन र युरोपियन युनियनमा १३४ मिलियन प्रयोगकर्ताहरू छन् । यो खासगरी युवाहरू माझ अत्यन्त लोकप्रिय छ ।

जरिवानाको जवाफमा टिकटकले फैसलासँग सम्मानपूर्वक असहमत जाहेर गरेको छ । उसले कसरी अगाडि बढ्ने भन्ने बारे सोचविचार गरिरहेको प्रतिक्रिया दिएको छ ।

‘डीपीसीको आलोचना तीन वर्ष पहिलेको सुविधा र सेटिङ्समा केन्द्रित छ, र यो हामीले अनुसन्धान सुरु हुनभन्दा पहिले नै परिवर्तन गरेका थियौं,’ टिकटकका प्रवक्ताले एएफपीसँग भनेका छन् । एएफपीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्सजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा प्रयोगकर्ताले गर्न हुने र नहुने क्रियाकलापको लामो सूचीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ तयार पारेको छ । गर्न नहुने करिब दुई दर्जन क्रियाकलापका विवरण समेटिएको निर्देशिका हाल राय–सुझावका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । ‘हामीले निर्देशिकामा सरोकारवाला सबैको जिम्मेवारी किटान ...
— नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तार गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभीएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता वृद्धि ...
काठमाडौं : काठमाडौं उपत्यकामा धेरैको मन जितेको नेपालको पहिलो राइड–सेयरिङ प्लेटफर्म टुटलको, नयाँ व्यवस्थापन र सुधारका साथ पुनरआगमनको घोषणा भएको छ। राइड–सेयरिङको निमित्त तयार गरिएको नयाँ एपमार्फत टुटलको सञ्चालन हुनेछ। काठमाडौंको व्यस्त सडकमा मानिस आवतजावतको माध्यममा क्रान्ति ल्याउने लक्ष्य लिएर पुनः कल्पना गरिएको टुटलले अपेक्षाहरू पार गरी आधुनिक यातायातको नयाँ आयाम सिर्जना गर्न अग्रसर रहनेछ। प्रयोगकर्ता र ...
पोखरा — उज्यालो पोखरा अभियानको पहिलो चरणअन्तर्गत पोखरा महानगरपालिकाले २३ मुख्य चोकमा हाइ मास्ट लाइट र ६० किलोमिटर सडकमा २ हजार ७ वटा स्मार्ट बत्ती जडान गरेको छ । उक्त बत्तीको आइतबार नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरपालिकाको ५०/५० प्रतिशत ...
गुगलको भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले एउटा बहुप्रतिक्षित फिचरको परीक्षण गरिरहेको छ । जस अनुसार अब गीतको धुन गुनगुनाएकै भरमा युट्युबमा सम्बन्धित गीत सर्च गर्न सकिनेछ । कहिलेकाहीँ यस्तो पनि हुन्छ कि हामीलाई केवल कुनै गीतको धुनमात्रै याद हुन्छ तर सम्झिने लाखौं कोसिस गर्दा पनि गीतको बोल वा शब्दहरु याद हुँदैनन् । युट्युबले प्रयोगकर्ताहरुको यहीँ समस्याको समाधान ...