मुख्य समाचार
वल्भ्सलाई हराउँदै शीर्ष स्थानमा उक्लियो लिभरपुल
वल्भ्सलाई हराउँदै शीर्ष स्थानमा उक्लियो लिभरपुल

। खेलको अन्त्यतिर गरेको दुई गोलको मद्दतमा लिभरपुलले वल्भ्समाथि जित हात पारेको छ ।

शनिबार भएको खेलमा लिभरपुलले एक गोलले पछाडि परेको अवस्था उल्टाउँदै वल्भ्समाथि ३–१ गोल अन्तरको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा वल्भ्सले सातौं मिनेटमै ह्वाङ ही चानको गोलबाट अग्रता लिएको थियो ।

तर दोस्रो हाफमा लिभरपुल खेलमा फर्कियो । ५५औं मिनेटमा ग्याक्पोले बराबरी गोल फर्काए । ८५औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । इन्जुरी टाइमको पहिलो मिनेटमा हार्वी एलियटको प्रहार ह्युगो ब्यूनोलाई लागेर आफ्नै पोष्टमा गएपछि लिभरपुलको जित पक्का भयो ।

जितसँगै लिभरपुल ५ खेलबाट १३ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको १२ अंक छ र उसले एक खेल कम खेलेको छ । ५ खेलबाट ३ अंक जोडेको वल्भ्स भने १५औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेटमा आइतबार अन्तिम आठको यात्रा तय गरेको छ । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १ सय ३८ रनले हरायो । यस अगाडि नेपालले मंगोलियालाई हराएको थियो । क्वाटरफाइनलमा अब नेपालको प्रतिद्वन्द्वी सोमबार निश्चित हुनेछ । त्यस दिन ड्र निकालिनेछ । यस चरणमा टेस्ट मान्यता प्राप्त टिम जोडिनेछन् । टस जितेर ...
— भीमदत्त नगरपालिका–१० सुकासालनजिकै गज्जर खोलाकिनारमा कस्मोपोलिटन इंग्लिस स्कुल छ । खोलाको किनार नै विद्यालयको खेलमैदान हो । त्यही खोला किनारमा लडीबुडी गर्दै क्रिकेट सिकेका दीपेन्द्र सिंह ऐरीले बुधबार विश्व कीर्तिमान बनाए । चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत मंगोलियाविरुद्धको खेलमा ऐरीले ९ बलमा अर्धशतक हानेर विश्व कीर्तिमान कायम गरे । उनले १० बलमा अविजित रहँदै ५ सय २० ...
— सामाजिक संजालको दुरुपयोग भएको भन्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि नेपालमा त्यसको चरम दुरुपयोगले समाजलाई गाँजेको उनले बताए । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा पुनले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सकिए मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने बताए । लोकतन्त्रमा ...
— ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि कसैले ६ विकेट लिएकै थिएनन् । अविनाश बोहराले आइतबार त्यो पनि पूरा गरे । उनको कीर्तिमानी सटीक बलिङ मद्दतले नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गर्‍यो । नेपाल समूह ‘ए’ को विजेताका रूपमा एसियाली खेलकुदको पुरुष स्पर्धाको नकआउट चरण पुगेको हो । नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि खेलाडीले ब्याटिङ मात्र होइन, ...
— पहिलो पटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको महिला कबड्डी टिमसामु सोमबार नेपाललाई पहिलो पदक दिलाउने सम्भावना रहेको छ । नेपालले आफ्नो समूहको खेलमा बंगलादेशको सामना गर्दै छ र त्यसमा जित निकाल्न सके कम्तीमा कांस्य पदक जित्ने निश्चित हुनेछ । महिला कबड्डीमा कुल सात टिमको सहभागिता रहेको छ । त्यसमध्ये समूह ‘ए’ मा चार टिम रहेका छन्, भारत, चिनियाँ ...