काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषसँग माग्यो गौशाला चोकको भवन
काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषसँग माग्यो गौशाला चोकको भवन

। काठमाडौं महानगरपालिकाले गौशाला चोकमा मारवाही सेवा समितिले बहालमा लिएर सञ्चालन गर्दै आएको भवन आफूहरुलाई दिन पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरेको छ ।

महानगरपालिकाले कोषलाई एक पत्र लेखी काठमाडौं महानगरपालिका– ८ गौशाला चोकमा रहेको उक्त भवन र जग्गा धार्मिक पर्यटन तथा साँस्कृतिक महत्वको केन्द्रको रुपमा विकास तथा प्रयोग गर्न आवश्यक भएको भन्दै मागेको हो ।

उक्त क्षेत्रमा महानगरपालिकाले आफ्नो खर्चमा साँस्कृतिक तथा धार्मिक केन्द्रको रुपमा विकास तथा प्रयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पत्रमा उल्लेख गरेका छन् ।

मारवाही सेवा समितिले बहालमा लिई सञ्चालन गरिरहेको उक्त भवन र जग्गाको सम्झौता पशुपति क्षेत्र विकास कोषले हालै रद्द गरेको थियो । कोषको निर्णयविरुद्ध मारवाडी सेवा समिति अदालत गए पनि अदालतले कोषको पक्षमा आदेश दिएको थियो । त्यसलगत्तै काठमाडौं महानगरपालिकाले सो भवन र जग्गा आफूलाई दिन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७९/०८० मा १६२ वटा भ्रष्टाचारका मुद्दा दायर गरेको छ । ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिरएको अख्तियारले जनाएको छ । आयोगका प्रवक्ता भोला दाहालले सोमबार पत्रकार सम्मेलन गर्दै विशेष अदालतमा दायर मुद्दामध्ये सबैभन्दा बढी संघीय मामिला मन्त्रालय र स्थानीय तहका भ्रष्टाचारसम्बन्धी छन् । त्यसपछि ...
— पाटनको हौगल टोलस्थित एक गुठीघरबाट चोरिएको पुरातात्विक भैरव मास्क(हाथद्यो) अमेरिकाको न्यूयोर्कमा फेला परेको छ । हराएका/चोरिएका सम्पदाको खोज तथा घरफिर्ती अभियानमा जोडिएको ‘लस्ट आर्ट्स अफ नेपाल’का अनुसार, न्यूयोर्कस्थित अन्तरार्ष्ट्रिय कला–सम्पदा लिलाम गृह बनह्याम्ज केन्द्रमा हाथद्यो फेला परेको हो । यो सत्रौं शताब्दीको सम्पदा २०१७ मैं बिक्री भएर न्यूयोर्क पुगेको पाइएको छ । फ्रेन्च अध्येता जेरार्ड ...
— स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँ सहित रुपन्देहीको बेलहिया नाकाबाट तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बीओपी) को टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जना भारतीय नागरिकलाई सो परिमाण बराबरको भारु सहित पक्राउ गरेको हो । गएराति ९ बजेतिर शंकास्पद रुपमा नेपाल आउँदै गरेका उनीहरुको जाँच ...
भारतले यसपटक गहुँ तथा चामलको निर्यातमा प्रतिबन्ध लगायो । नेपालसहित विश्वभर खाद्यान्नको भाउ अकासियो । देशभित्र मूल्यमाथि नियन्त्रण पाउन खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउँदा त्यसको असर विश्वभर देखिएको हो । भारत यसरी खाद्यान्न निर्यातक मात्रै नभएर आत्मनिर्भर देश बनेको भने धेरै भएको छैन । लामो समयदेखि भोकमरीसँग जुध्दै आएको भारत धान र गहुँमा आत्मनिर्भर भएको ५० वर्ष पुग्न लागेको छ । भारतमा ...
— लागूऔषध कसुरमा यहाँका ३ जना र हातहतियार तथा खरखजाना कसुरमा एक जनासहित एकै दिन चार जना पक्राउ परेका छन् । प्रहरीले खोजी अभियान चलाइरहेको बेला बागलुङ नगरपालिका ५ घर भइ वडा नं ४ मा डेरा लिइ बसेका २७ वर्षीय पूर्ण कुँवर, पर्वतको जलजला गाउँपालिका वडा नं. ९ घर भएका २८ वर्षीय विश्व गर्बुजा मगर र ...