मुख्य समाचार
लिग टुको एउटा जित बापत क्रिकेटरले जनही २० हजार रुपैयाँ पाउने
लिग टुको एउटा जित बापत क्रिकेटरले जनही २० हजार रुपैयाँ पाउने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुको खेलमा एउटा जित बराबर खेलाडीले जनही २० हजार रुपैयाँ पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले नेपाली जितेका खेलमा सहभागी खेलाडीलाई प्रति जित २० हजार रुपैयाँका दरले नगद पुरस्कार दिने निर्णय गरेको हो ।

नेपालले लिग टु मा ३६ मध्ये १९ खेल जितेको थियो भने एक खेल बराबरी गरेको थियो । ३६ खेलबाट नेपाल ४० अंक जोडेर तेस्रो हुँदै विश्वकप छनोटमा प्रवेश गरेको थियो ।

खेलाडीको उत्कृष्ट प्रदर्शनलाई कदर गर्दै लिग टुमा विजयी भएको खेलमा सहभागी खेलाडीलाई नगद दिने निर्णय गरेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । क्यानको विशेष साधारण सभाले उक्त निर्णय गरेको उनले बताए ।


उनले बराबरी भएको खेलसहित २० खेलमा सहभागी भएका हरेक खेलाडीलाई २० हजारका दरले नगद प्रदान गरिने बताए । ‘२०२० फेब्रुअरीमा भएको पहिलो खेलमा सहभागी खेलाडीले समेत यो रकम पाउनेछन्,’ उनले भने, ‘पारस खड्का, शरद भेषवाकर, सुवास खकुरेल लगायतखेलाडीले पनि रकम पाउनेछन् ।’

नेपालले खेल जितेको शृंखलामा अन्तिम टोलीमा रहेका खेलाडीले खेल नखेलेपनि उक्त पुरस्कार पाउने पाठकले बताए ।

नेपालले जितेको सबै खेलमा सहभागी हुनेमा वर्तमान कप्तान रोहितकुमार पौडेल, करण केसी र दीपेन्द्र सिंह ऐरी छन् । उनीहरुले ४ लाखका दरले पाउनेछन् ।

नेपालले मोन्टी देसाईको आगमनपछि अन्तिम तीन शृखंलामा अभुतपूर्ण प्रदर्शन गर्दै १२ मध्ये ११ खेल जितेर लिग टु मा शीर्ष तीनमा रहँदै ओडीआई मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

पछिल्लो तीन शृंखलामा टिममा रहेका खेलाडीलाई पुरस्कृत गर्ने कि भनेर छलफल सुरु हुँदा नेपालको सफलतामा सबै खेलाडीको योगदान रहेकोले सुरुवातदेखि नै टिममा रहेका खेलाडीले नगद दिने निर्णय गरेको कार्यवाहक सचिव पाठकले स्पष्ट पारे ।

२०२० फेब्रुअरीमा नेपालले ओमान र अमेरिकासहित घरेलु मैदानमा शृंखला खेल्दा नेपालले दुई खेल जितेको थियो । उक्त शृखंलामा टिममा रहेका पूर्व कप्तान पारस खड्काले पनि दुई जित बापत ४० हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल र रुसबीचको दोस्रो मैत्रीपूर्ण महिला भलिबलमा पनि नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपाल २५–१४, २५–२३ र २५–२२ को सोझो सेटमा पराजित भएको हो । आइतबार भएको पहिलो खेलमा पनि नेपाल ३–० ले नै पराजित भएको थियो । नेपालस्थित रुसी दूतावासको सहयोगमा सम्पन्न भएको यो खेल नेपाली टोलीको लागि ...
। नेपाल र रुसबीचको दोस्रो मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता आज हुनेछ । आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियासँग ३–० को सोझो सेटले पराजित भएको थियो । नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा भइरहेको २ खेल सम्मेलित पहिलो मैत्रीपूर्ण खेलमा पराजित भए पनि दोस्रो खेलमा सकारात्मक नतिजा पस्कन चाहन्छ । आजको खेल दशरथ रंगशाला कर्भड हलमा दिउँसो ...
। इङ्लिस क्लब म्यानचेस्टर सिटीले ब्राजिलियन गोलरक्षक एडरसन सेन्टेना डी मोरेसलाई साउदी अरबको क्लब अलनासरले गर्न चाहेको अनुबन्ध अस्वीकार गरेको छ । आउँदो समर विन्डोमा एडरसनलाई अलनासरले ३० मिलियन युरोमा किन्न चाहेको थियो । अंग्रेजी तथा साउदीका केही समाचार पत्रहरूका अनुसार अलनासरले आधिकारिक रुपमा म्यानचेस्टर सिटीलाई ब्राजिलियन गोलकिपर एडरसनको प्रस्ताव पठाएको थियो । तर उक्त प्रस्तावलाई सिटीले ...
। भारतीय क्रिकेटको प्रमुख प्रशिक्षक नियुक्त भएपछि गौतम गम्भीरलाई विराट कोहली र उनको सम्बन्धको बारेमा प्रश्न गरियो । उनले भने, ‘यो दुई परिपक्व व्यक्ति बीचको सम्बन्ध हो ।’ उनको र विराट कोहलीको खेलाडी जीवनबाट नै सुरु भएको टकरावले भारतीय क्रिकेट टिमको भविष्यमा कस्तो असर पर्ला भन्ने खालको प्रश्नमा उनले भने, ‘मैदानमा हामी दुवै जना भारतको लागि ...
। वुमन एसिया कप क्रिकेटमा नेपाल, पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ । पहिलो खेलमा यूएईलाई हराएको नेपालले आइतबार पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको थियो । दाम्बुलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनायो । नेपालका लागि ...