यी हुन् सरकारले अन्तःशुल्कको दायरामा ल्याएका ३४ प्रकारका वस्तुहरु
यी हुन् सरकारले अन्तःशुल्कको दायरामा ल्याएका ३४ प्रकारका वस्तुहरु

काठमाडौं । सरकारले ३४ प्रकारका वस्तुमा अन्तःशुल्क कर थप गरेको छ । यसअघि अन्तःशुल्कको दायरामा नरहेका वस्तुहरुलाई अन्तःशुल्कको दरमा समेटेर सरकारले अन्तःशुल्क कर थप गरेको हो ।

आर्थिक विधेयक २०८० मा संशोधन गरेर सरकारले चिसो पेय पदार्थ, दाह्री काट्ने मेशिन, श्रृगांर सामग्री, चम्चा, काँटा, लगायतका वस्तुमा अन्तःशुल्क थप गरेको हो । सरकारले विद्युतीय चुरोटमा ३० प्रतिशत अन्तःशुल्क लगाएको छ ।

हल्का चिसो पेय पदार्थमा प्रतिलिटर २५ रुपैयाँले अन्तःशुल्क लगाएको छ । यस्तो पेय पदार्थमा सरकारको नयाँ व्यवस्थासँगै अब प्रतिलिटर २५ रुपैयाँ अन्तःशुल्क लाग्नेछ ।

यसअघि अन्तःशुल्क लाग्ने सूचीमा नरहेको यो वस्तुमा सरकारले अन्तःशुल्कमा समावेश गर्दै अतिरिक्त २५ रुपैयाँ मूल्य लाग्ने बनाएको हो । आन्तरिक राजश्व विभागकाअनुसार यस्तो व्यवस्था पछि कोक, फेन्टा, स्प्राइट, ड्यु, पेप्सी लगायतका चिसो पेय पदार्थ महँगो हुनेछ ।


हेर्नुहोस् सूचीहरुः

वस्तु वा सेवाको विवरण आव २०८०/८१
हल्का पेय पदार्थ प्रति लिटर २५
बास्नायुक्त दूधजन्य पदार्थ प्रति लिटर २५
इथाइलिनको पोलिमर प्रति लिटर २५
भिनायल क्लोराइडको पोलिमर ५ प्रतिशत
आलुमिनियमका संरचनाहरु (स्ट्रक्चर्स) (शीर्षक ९४.०६ को पूर्वनिर्मित भवन बाहेक) र निर्माणमा प्रयोग हुने (जस्तै– पुल तथा पुलको खण्डहरु, टावरहरु, लाटिसका स्तम्भहरु, छानाहरु, छानाको ढाँचाहरु झ्याल ढोका र तिनका फ्रेमहरु, (संरचनाहरु), संघारहरु, वेदिकाहरु (व्यालुस्ट्रेड), खम्बाहरु र स्तम्भहरु); अलुमिनियम संरचनामा प्रयोगको लागि तयार गरिएका पाता, छड, कोण, आकारहरु, टुक्राहरु, नली वा त्यस्तै सामानहरु । ५ प्रतिशत
दाह्री काट्ने यन्त्र र त्यसका पत्तीहरु (स्ट्रीपको रुपमा भएका खाली पत्ती (ब्लेडब्ल्याङ्क) समेत) ५ प्रतिशत
अन्य पार्टपूर्जाहरु ५ प्रतिशत
छुरा, कैंची, चक्कु काँटा जस्ता ( कटलरी) सामान ( जस्तै-कपाल काट्ने (हेयर क्लिपर), कसाहीको वा भान्साको स्यांगी, क्लिभर ) चौपर (टुक्रयाउने) र कुट्क्याउने (मिन्सिङ) चक्कु, कागज काट्ने स्यांगीहरु हात र नङको उपचार गर्ने वा पादावेक्षा (पेडीक्योर ) सेट र औजारहरु ( नङमा लाउने रेती समेत) ५ प्रतिशत
कागज काट्ने स्यांगी लेटर ओपनर, केर्ने मेट्ने स्यांगी (इरेजिङ्ग नाइफ), सिसाकलम तिखार्ने (पेन्सिल सार्पनर र तिनका पत्तीहरु) ५ प्रतिशत
कागज काट्ने स्यांगी, लेटर ओपनर, केर्ने मेट्ने स्यांगी, (इरेजिन नाइफ) र तिनका पत्तीहररु ५ प्रतिशत
हात र नङको उपचार गर्ने वा पादावेक्षा सेट र औजारहरु (नङमा लाउने रेती समेत) ५ प्रतिशत
अन्य ५ प्रतिशत
चम्चा, काँटा, डाडु (लेडल), तर झिक्ने डाडु (स्कीमर), केक पस्कने, माछा काट्ने स्यांगी, नौनी झिक्ने स्याड़ी चीनी झिक्ने चिम्टा (टोक्स) र यस्तै भान्सा वा टेबुल(भोजन) मा प्रयोग हुने सामानहरु ५ प्रतिशत
कम्तीमा एउटा सामान बहुमूल्य धातुको जलप लगाइएको ( प्लेटेड ) मिश्रित सामानका सेटहरु ५ प्रतिशत
मिश्रित सामानहरुका अन्य सेटहरु ५ प्रतिशत
बहुमूल्य धातुको जलप लगाइएका (प्लेट) ५ प्रतिशत
अन्य ५ प्रतिशत
ताल्चा (प्याड्लक) ५ प्रतिशत
फर्निचरमा प्रयोग हुने खालका तल्लचाहरु (लक्स) ५ प्रतिशत
चुम्बकीय पट्टी भएका कार्डहरु ३० प्रतिशत
इलेक्ट्रोनिक चुरोटहरू (सिगरेट्स) र यस्तै प्रकारका व्यक्तिगत विद्युतीय वाष्पीकरण (भेपोराइजिङ) गर्ने साधनहरूका पार्टपूर्जा ८० प्रतिशत
सिलिण्डर क्षमता ४०० सीसी ना३को तर ५०० सीसी नना३को इन्धन लकम्बसन पिष्टोन इन्जिन इन्जिन ८० प्रतिशत
सिलिण्डर र क्षमता ४०० सीसी ना३ को तर ५०० सीसी नना३ को इन्धन लकम्बसन पिष्टोन इन्जिन ८० प्रतिशत
अन्य ८० प्रतिशत
मनोरञ्जन उद्यानका सवारीहरू तथा जल उद्यानका मनोरञ्जनका साधनहरू १० प्रतिशत
अन्य १० प्रतिशत
मेला क्षेत्रका मनोरञ्जनका साधनहरू १० प्रतिशत
अन्य १० प्रतिशत
मेला क्षेत्रका मनोरञ्जनका साधनहरू १० प्रतिशत
घुम्ती रङ्गमञ्चहरू (ट्राभलिङ् थिएटर्स) १० प्रतिशत
अत्तरका पचकाहरु (सेन्ट स्प्रजे ) र यस्तै सफाइ र श्रृङ्गासरिक पिचकाहरु र तिनका माउण्ट्स हेड्स; श्रृङ्गारिक वा सफाइका प्रयोगका पाउडर पफ्स र प्ययड्स । ५ प्रतिशत
अत्तरका पचकाहरु र यस्तै श्रृङ्गारिक पचकाहरु र तिनका माउण्ट्स र हेड्स ५ प्रतिशत
श्रृंगार प्रशाधन वा सरसफाइका सामानहरु प्रयोग गर्न (लगाउन) को लसिग पाउडर–पफ्स र प्याड्स ५ प्रतिशत
तयारी भ्याकुम फ्लाक्स ५ प्रतिशत

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल राष्ट्र बैंकले करिब १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका १८ अर्ब ५ करोड रुपैयाँ बराबरका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो । जसअनुसार ५ अर्ब रुपैयाँको २८ दिने, ७ अर्ब ७५ करोड रुपैयाँको र ५ अर्ब ३० करोड रुपैयाँ ...
— धनगढी उपमहानगरपालिका–१२ जुगेडामा दीपेन्द्रबहादुर सिंहले चार वर्षअघि झन्डै डेढ करोड खर्चेर कृषि फार्म स्थापना गरे । सुदूरपश्चिममा राम्रै बजार पाउने आकलन गरेर उनले स्थानीय जातका कुखुरा, लौकाट, टर्की र भैंसीपालन सुरु गरे । साथै उनले ह्याचरी राखेर चल्ला उत्पादन, आफ्नै दाना उद्योग र रेस्टुरेन्ट पनि खोले । सुरुका दुई वर्ष त उत्पादन र बिक्री राम्रै चल्यो । आम्दानी ...
— नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज (आइएक्स) को रियल टाइम मार्केटमा ४४ मेगावाट बिजुली बिक्रीको अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी–१ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको हो । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली ...
— नेपाल राष्ट्र बैंकले आइतबार १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन् । बोलकबोल प्रक्रियामा ...
— तस्कारहरूले चाडबाडलाई लक्ष्य गरेर काठमाडौंको बजारमा अवैध रूपमा भारतीय सामान भित्र्याउन सिरहा नाका रोजेको भेटिएको छ । यस नाका भएर भारतबाट पछिल्लो दुई दिनमा अवैध रूपमा झन्डै डढ करोड रुपैयाँ बराबरको कपडा बरामद भएको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीले सशस्त्र प्रहरी बलको सहयोगमा सिरहास्थित माडर नजिकैबाट काठमाडौं लैजाँदै गरेको ट्रकसहित आइतबार बिहान झन्डै एक करोडको कपडा ...