मुख्य समाचार
जनगणना २०७८ : नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिश्चियन २ प्रतिशत भन्दा कम
जनगणना २०७८ : नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिश्चियन २ प्रतिशत भन्दा कम

काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ ।

जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् ।

यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् ।

५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।


हिन्दु र बौद्ध घट्दा क्रिश्चियन बढ्यो

राष्ट्रिय जनगणना – २०६८ अनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए । उनीहरुको संख्या थोरै घटेको पाइएको छ ।

जनगणना २०७८ अनुसार हिन्दु ०.११ र बौद्ध धर्मावलम्बी ०.७९ प्रतिशत घटेका छन् ।

इस्लाम, किराँतसँगै क्रिश्चियन धर्म मान्नेहरुको संख्या भने थोरै बढेको छ । जनगणना २०६८ अनुसार इस्लाम धर्म मान्नेहरु ४.४ प्रतिशत थिए । यो ०.६९ बढेर ५.०९ प्रतिशत पुगेको छ ।

किरात धर्म मान्नेहरुको संख्या ०.०७ प्रतिशत बढेको छ । २०६८ मा ३.१ प्रतिशत रहेको किराँत धर्मावलम्बीहरुको संख्या यो पटक ३.१७ प्रतिशत पुगेको छ ।

क्रिश्चियन धर्म मान्नेहरुको संख्या ०.३६ प्रतिशत बढेको छ । २०६८ मा १.४ थियो, जुन यो पटक बढेर १.७६ पुगेको छ ।

यस्तै प्रकृति, जैन र शिख धर्म मान्नेहरुको संख्या केही कम हुँदा बोन धर्मावलम्बीको संख्या भने थोरै थपिएको छ ।

कुन धर्म मान्ने कति ?

धर्म जम्मा प्रतिशत पुरूष महिला
हिन्दु २३६७७७४४ ८१.१९ ११५८७५२९
१२०९०२१५

बौद्ध २३९३५४९ ८.२१ ११५९७९० १२३३७५९
स्लाम १४८३०६६ ५.०९ ७३२००६ ७५१०६०
किराँत ९२४२०४ ३.१७ ४५११९३ ४७३०११
क्रिस्चियन ५१२३१३ १.७६ २४०२०६ २७२१०७
प्रकृति १०२०४८ ०.३५ ४८५२५ ५३५२१
बोन ६७२२३ ०.२३ ३१९६८ ३५२५५
जैन २३९८ ०.०१ १२३६ ११५९
बहाइ ५३७ ०.०० २३४ ३०३
शिख १४९६ ०.०१ ८५९ ६३७
जम्मा २,९१,६४,५७८ १०० १,४२,५३,५५१ १,४९,११,०२७

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अढाई वर्षयता अर्थतन्त्र गहिरो मन्दीमा छ । बाह्य क्षेत्र सबल भए पनि सरकारी वित्तको अवस्था नाजुक छ । वित्तीय प्रणालीमा पैसा थुप्रिएको छ, कर्जा माग बढेको छैन । आयात र निर्यात निरन्तर घटेर प्रतिबन्धित समयमा भन्दा पनि कम भएको छ । निजी क्षेत्रको आत्मविश्वास घटेको छ । बजार माग घटेको छ, नयाँ रोजगारी सिर्जना भएको ...
— फेवातालमा भएको चिनियाँ पर्व ‘ड्रागन बोट रेस’ कै छेको पारेर भारतीय दूतावासले गत असारमा पोखरामा योग दिवसको कार्यक्रम आयोजना गर्‍यो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ सहरमा उडान भर्ने र मुस्ताङ–चीन जोड्ने कोरोना नाका खोल्ने मुद्दा लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा पुगे । त्यतिबेलै विश्व पर्यटन दिवसका अवसरमा असोज १० गते भारतीय राजदूत नवीन श्रीवास्तव पोखरा निम्त्याइए । ...
— सुन तस्करीको छानबिनका लागि बनाइन लागेको उच्चस्तरीय आयोगको कार्यादेशमा दलहरू करिब सहमति नजिक पुगेका छन् । अहिलेसम्मको सहमतिले अन्तिम रुप पाए आइतबारै आयोग गठन हुने संभावना छ । 'आज नै आयोग निर्माण हुने गरि कार्यादेश तयार गर्ने सहमति को नजिक पुगेका छौं । छलफल चाहिँ जारी छ' एमाले सचेतक महेश बर्तौलाले भने । प्रमुख ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहालले बाेलाएकाे संसद्मा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूको बैठक बहिष्कार गरेको छ । मूल्यवृद्धिको विषयमा छलफल गर्नका लागि नभई अर्कै विषयमा बैठक बाेलाइएकाे भन्दै रास्वपाले प्रधानमन्त्रीले आह्वान गरेको बैठक बहिस्कार गरेको हाे । प्रधानमन्त्री दाहालले आइतबार बिहान सुन तस्करीको विषयमा छानबिन गर्न समिति गठन गर्ने र त्यसको कार्यादेश तयार पार्ने ...
— सुन तस्करीको छानबिनका लागि बनाइन लागेको उच्चस्तरीय आयोगको कार्यादेशमा दलहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले कार्यादेशमा सहमति गरेसँगै अब आयोग गठन हुने भएको छ । आयोग गठनको निर्णय गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उच्च अदालतका न्यायाधीशको नेतृत्वमा बन्ने आयोग ३ सदस्यीय हुने ...