ओडिशा रेल दुर्घटनामा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते
ओडिशा रेल दुर्घटनामा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

। भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर लेखेको छ ।

हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो ।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको बताएका छन् । दुर्घटनामा परी करिब ९०० जना घाइते भएको बताइएको छ ।

भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

यसका साथै उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

त्यस्तै, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राज्य शोकको घोषणा गरेका छन् ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारतीय रिजर्व बैंकले दुई हजारको नोट साट्ने समयावधि एक साता थप गरेको छ । रिजर्व बैंकले चलनचल्तीमा रहेको दुई हजारको नोटलाई बैंकमा फर्काउने नीति लिएको हो । उक्त नोटलाई बैंकमा जम्मा गराउन वा साटेर अर्को नोट लिनलाई यसअघि सेप्टेम्बर ३० तारिखसम्मको समय दिइएको थियो । शनिबार जारी सूचनाअनुसार उक्त अवधिलाई अक्टोबर ७ सम्म बढाइएको हो । रिजर्व बैंकले गत ...
— अजरबैजानको द्वन्द्वग्रस्त क्षेत्र नागोर्नो–काराबाख क्षेत्रमा केही सातायताको तनावका कारण त्यहाँ बस्दै आएका १ लाख व्यक्ति विस्थापित भएका छन् । आर्मेनियन समुदाय बसोबास गर्दै आएको उक्त क्षेत्रलाई पछिल्लो साता अजरबैजानले नियन्त्रणमा लिएपछि सैनिक कारबाहीबाट जोगिन अधिकांशजसो स्थानीय आर्मेनियामा विस्थापित भएका हुन् । अजरबैजानी सैनिकसँगको लडाइँ सुरु भएपछि स्थानीय समूह निःशस्त्र र भंग हुन तयार भएको हो । अजरबैजानले उक्त ...
— भारतमा रहेको अफगानिस्तानको दूतावासले आइतबारदेखि आफ्नो कामकाज बन्द गरेको जनाएको छ । दूतावासले भारत सरकारका तर्फबाट समर्थनमा कमी भएको तथा कर्मचारी र आवश्यक कार्य संसाधनको अभावले कार्यालय बन्द गर्नुपर्ने स्थिति आएको बताएको छ । दिल्लीमा रहेको अफगान दूतावास बन्द हुने चर्चा केही दिनयता चल्दै आएको बेला दूतावास स्वयंले विज्ञप्ति जारी गरेर त्यसको पुष्टि गरेको हो । २०२१ को ...
— दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मर्सिया सहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको हो । स्वास्थ्य सावधानी तथा आपतकालीन सेवा संयोजन केन्द्रले १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घाइतेमध्ये २२ र २५ वर्षका दुई महिला र ४१ र ...
— माल्दिभ्समा शनिबार भएको राष्ट्रपतिको चुनावमा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मोहम्मद मुइज्जुले जित हासिल गरेका छन् । उनले वर्तमान राष्ट्रपति माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का उम्मेदवार इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरेका हुन् । मुइज्जुले चुनावमा ५४ प्रतिशत मत पाएका छन् । राजधानी मालेका मेयर रहेका मुइज्जु चीनप्रति सहानुभूति लिने नेता मानिन्छन् । उनको मुख्य चुनावी नारा पनि ...