खुमलटारलाई हराउँदै मनाङ मर्स्याङ्दी पाँचौ स्थानमा
खुमलटारलाई हराउँदै मनाङ मर्स्याङ्दी पाँचौ स्थानमा

काठमाडौं । काठमाडौं । रोशन राना मगरले खेलको इन्जुरी समयमा गोल गरेपछि मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारलाई १-० ले पराजित गरेको छ । यो जितपछि मनाङ अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ र रेलिगेसनको चिन्ता टारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मनाङका लागि रोशनले इन्जुरी टाइमको चौथो मिनेटमा निर्णायक गोल गरे ।

त्यसअघि खुमलटारका एलान थापाले पेनाल्टीमा गोल गर्न असफल हुँदा खुमलटारले अग्रता लिने मौका गुमाएको थियो । ५५औं मिनेटमा एलानको पेनाल्टी प्रहार मनाङका कप्तान तथा गोलकिपर दिप कार्कीले बचाए । जितपछि मनाङ २३ खेलबाट ३१ अंक जोडेर पाँचौं स्थानमा उक्लेको छ । यसअघि लगातार

हारेले खमलटारको रेलिगेसन संकट झन् बढेको छ । २३ खेलबाट २४ अंकसहित खुमलटार पुछारमा छ ।


पहिलो पटक ए डिभिजन लिग खेलिरहेको खुमलटारले शीर्ष डिभिजनमा टिक्न अब बाँकी तीनवटै खेल जित्नुपर्ने अवस्थामा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— १९ औं एसियाली खेलकुदको ट्वान्टी–२० क्रिकेटअन्तर्गत नेपालले भारतको सामना गर्ने भएको छ । नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने छ । नेपालले मंगलबार भारतसँ हाङचाउमा नेपाली समयअनुसार बिहान पौने ७ बजे खेल्दै छ। एक महिनाअघि एसिया कप क्रिकेट पहिलोपटक भारतसँग ओडीआई खेलेको थियो । नेपालले एसियली खेलकुदमा भारतसँग पहिलो ट्वान्टी-२० आई खेल्ने भएको हो । यस्तै, क्वाटरफाइनलमा ...
— जोएल माटिपले इन्जुरी समयमा गरेको आत्मघाती गोलको मद्दतले टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार नौ खेलाडीमा सीमित लिभरपुललाई २–१ ले हराएको छ । कर्टिस जोन्स र डिएगो जोटाले विवादास्पद ढंगले रातो कार्ड खाएपछि लिभरपुल नौ खेलाडीमा सीमित भएको थियो । टोटनहमले कप्तान सन ह्वेङ–मिनको गोलले अग्रता लिएयता कोडी गाक्पोले बराबरी गोल फर्काए । यो जितपछि टोटनहमको ...
— जुड वेलिङघमले गरेको सिजनको सातौं गोलको मद्दतले रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा जिरोनालाई सजिलै ३–० ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो । यो जितपछि रियलको आठ खेलबाट २१ अंक भएको छ । बार्सिलोना समान खेलबाट २० अंकमा दोस्रोमा छ । जिरोना भने १९ अंकमा तेस्रो स्थानमा रह्यो । जोसेलुले रियलका ...
— नेपाल बास्केटबल लिग (एनबीएल) मा शनिबार रोयल स्पोर्ट्स सेन्ट्रल र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन रोयल स्पोर्ट्सले गोल्डेनगेट क्लबलाई ८७–७३ स्कोरले पराजित गरेको थियो । रोयलको जितमा महत्वपूर्ण भूमिका खेलमा प्रसाङध्वज मास्के मोस्ट भ्यालुएबल प्लेयर भए । अर्को खेलमा त्रिभुवन आर्मीले विशाल मिलन केन्द्रमाथि १०२–८७ स्कोरको जित पाएको थियो । आर्मीका ...
— नेपालका धावक दीपक अधिकारीले शनिबार हाङचउ एसियाली खेलकुदको १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । हाङचउ ओलम्पिक स्टेडियमको ट्र्याकमा दीपकले २९ मिनेट ३५.०६ सेकेन्डमा दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । ३० मिनेट १०.३ सेकेन्डको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो । जुन गत वर्ष पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा स्थापित गरेका थिए । नवौं राष्ट्रियमा स्वर्ण ...