मुख्य समाचार
जब राष्ट्रपति बाइडेन एयर फोर्स एकेडेमीको कार्यक्रममा लडे
जब राष्ट्रपति बाइडेन एयर फोर्स एकेडेमीको कार्यक्रममा लडे

। अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो सिटतर्फ जाँदै थिए उनी भुइँमा पछारिए ।

वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठे । भिडियोमा उनलाई उठ्न अलि अप्ठ्यारो परेको देख्न सकिन्छ ।

ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको स्पष्ट पारेका छन् । बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर उनी लडेको बताइएको छ ।

बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् । ८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए ।


बुढ्यौली लागे पनि उनले २०२४ मा फेरि चुनाव लड्ने घोषणा गरेका छन् ।

एक दिन अघि उनका डाक्टरले बाइडेन शारीरिक रूपमा फिट रहेको र दैनिक व्यायाम गरिरहेको रिपोर्ट जारी गरेका थिए ।

बाइडेन यसअघि पनि सार्वजनिक कार्यक्रममा लडेका थिए । नोभेम्बर २०२० मा बाइडेनको दाहिने खुट्टामा स्ट्रेस (हेयरलाइन) फ्र्याक्चर भएको थियो। उनी आफ्नो कुकुरसँग खेलिरहेको बेला उक्त दुर्घटना भएको थियो ।

गत फेब्रुअरी २३ मा पोल्याण्डबाट अमेरिका फर्कने क्रममा एयरफोर्स वनको भर्‍याङ उक्लिइरहेको बेला पनि उनी लडेका थिए ।

त्यस्तै १६ नोभेम्बर २०२२ मा जी-२० शिखर सम्मेलनमा भाग लिन बाली गएका बेला पनि जङ्गलमा हिंड्नेक्रममा उनी लडेका थिए । सोही वर्ष जुनमा लस एन्जलसमा टेलिभिजन अन्तर्वार्ता दिन जाने क्रममा विमानको भर्‍याङ चढ्ने बेला उनी ठोक्किएर लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिंदै गर्दा सेलिब्रेटी पनि उम्मेदवारको पक्षमा खुल्ने क्रम जारी छ । वर्तमान राष्ट्रपति जो बाइडेनले चुनाव नलड्ने घोषणा गरेपछि हलिउड कलाकारले यसको स्वागत गरेका छन् । आरोन सोर्किन, रोबर्ट डी निरो र बारब्रा स्ट्रिस्यान्ड लगायतका सेलिब्रेटीले पछि हट्ने बाइडेनको निर्णयलाई स्वागत गर्दै आफूहरु वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा उभिएको जनाएका छन् । डोनाल्ड ...
। अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् । बाइडेनको उमेरका कारण उनी नयाँ कार्यकाल राष्ट्रपतिका लागि काम गर्न सक्षम नरहेको र उनी नै उम्मेदवार रहे डोनाल्ड ट्रम्पले चुनाव जित्ने भन्दै उनको आफ्नै डेमोक्रेटिक पार्टीबाट ...
। बंगलादेशको सर्वोच्च अदालतले जारी आन्दोलनको कारणका रुपमा रहेको सरकारी कोटा खारेज गरिदिएको छ । यसअघि स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी रोजगारीमा ३० प्रतिशत कोटा दिइँदै आएकोमा त्यसलाई खारेज गरी ५ प्रतिशतमा झारिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सर्वोच्च अदालतको फैसलापछि अब ९३ प्रतिशत सरकारी रोजगारीमा खुला प्रतिस्पर्धा हुनेछ । बाँकी ७ प्रतिशतमा मात्रै कोटा लागू हुनेछ ...
विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश कुन हो ? विश्वका सबैभन्दा ठुला अर्थतन्त्र भएका शीर्ष १० मुलुकमध्ये ४ वटा देश विश्वमा सर्वाधिक जनसंख्या भएका शीर्ष १० देशको सूचीभित्र पनि पर्दछन् भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्दछ । संयुक्त राष्ट्रसंघीय वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२४ अनुसार हाल विश्वको जनसंख्या ८ अर्ब २० करोड पुगेको छ । सन् २०८० ...
विश्वव्यापी बसोबास योग्यता सूचक, २०२४ (ग्लोबल लिभेबिलिटी इन्डेक्स) अनुसार विश्वमा सबैभन्दा बस्नलायक सहरहरुको नयाँ सूची सार्वजनिक भएको छ । यसमा सहरको स्थायित्व, स्वास्थ्य सेवा, संस्कृति, शिक्षा तथा पूर्वाधारलगायतको आधारमा जीवनको गुणस्तर मापन गरी सहरहरूको बसोबास योग्यताको सूचक तयार पारिएको हो । उक्त सूची अनुसार विश्वमा बसोबासका लागि सबैभन्दा योग्य रहेका १० वटा सहर यी हुन्ः १. भियना, अष्ट्रिया ...