मुख्य समाचार
अमेरिकी राष्ट्रपति बाइडेन स्टेजमै लडे
अमेरिकी राष्ट्रपति बाइडेन स्टेजमै लडे

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकाको कोलोराडो प्रान्तमा रहेको युएस एयर फोर्स एकेडेमीको स्नातक दिवस समारोहमा स्टेजमा धरमराएर लडेका थिए ।

मञ्चमा आफ्नो सिटतर्फ जान लाग्दा यो घटना भएको हो । उनको खुट्टा प्लेटफर्ममा राखिएको बालुवाको बोरामा ठोक्किएर लडेका हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन लडेको देखेपछि त्यहाँ उभिएका सुरक्षाकर्मीले उनलाई उभिन मद्दत गरे ।

त्यसपछि उनी बिना कुनै सहयोग आफ्नो सिटमा पुगे र पछि आफ्नो कारतर्फ दौडिएर गए ।

ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले अमेरिकी राष्ट्रपति पूर्णतया स्वस्थ रहेको बताएका छन् ।

८० वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेन सार्वजनिक स्थानमा लडेका यो पहिलो पटक भने होइन।


उनी यसअघि पनि साइकलबाट लडेका थिए । र एक पटक उनी एयर फोर्स वनको भर्याङबाट लडेका थिए।

बाइडेनका आलोचकहरूले उनको बढ्दो उमेरका कारण उनको क्षमताको बारेमा निरन्तर आशंकाहरू उब्जाइ रहेका छन्।

बाइडेनले भने फेरि पनि चुनाव लड्ने घोषणा गरेका छन् । यसपटक उनले चुनाव जिते भने ८२ वर्षको उमेरमा अमेरिकी राष्ट्रपतिको सपथ लिनेछन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
तवानालाई आफ्नो गर्भमा छोरा रिवर हुर्किरहेको कुराको कत्ति पनि सुइँको थिएन, जो अहिले जन्मिएर पनि एक वर्षको भइसकेका छन् । २१ वर्षको उमेरमै एउटा बच्चा जन्माउने योजना तवानाले कहिल्यै पनि बनाएकी थिइनन् । उनको जीवन सिद्धान्त नै थियो- उन्मुक्त र मोजमस्तीले भरिएको जीवन । पार्टी गर्ने र साथीहरूसँग रमाउने । बेहोस भएर अस्पताल नपुगुन्जेलसम्म उनको जीवन त्यसैगरी ...
अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षमा लैजाने बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ । अन्तरिक्ष यात्रा गरेका बुच विल्मोर र सुनिता विलियम्स भने अझै अन्तरिक्षमै छन् । उनीहरु अर्को वर्षसम्म पृथ्वीमा फर्कने बीबीसी समाचारमा उल्लेख छ । दुवै अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका जनाइएको छर परिक्रमा प्रयोगशालाबाट अनडक गरेपछि, खाली अन्तरिक्ष यान स्वायत्त मोडमा ...
: बिना कागजात (गैरकानुनी) रूपमा यूएईमा बसोबास गरिरहेका बिदेशी नागरिकहरूका लागि भिसा आममाफी (एम्नेस्टी) सुरु भएको छ । गत आइतबार १ सेप्टेम्बरदेखि लागू हुने गरी भिजिट वा रेसिडेन्स भिसा ‘ओभरस्टे’ भएका वा अन्य कुनै कारणले गैरकानुनी तवरले बसोबास गरिरहेकालाई कानुनी दायरामा ल्याउनका लागि ६० दिनको अवधि तोकी आममाफी घोषणा गरिएको हो । विभिन्न कारणले यूएईमा अलपत्र परेका नेपालीहरूले ...
। क्यानडाको वामपन्थी दल न्यु डेमोक्रेटिक पार्टी (एनडीपी)ले प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एनडीपीका नेता जगमित सिंहले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । उनले ट्रुडोको लिबरल पार्टी कमजोर र स्वार्थी भएकाले समर्थन फिर्ता लिएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा उनले भनेका छन्, ‘हामीले प्रधानमन्त्रीलाई हाम्रो ...
। भारत महाराष्ट्रमा निर्मित छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेपछि प्रतिमा बनाउने व्यक्ति पक्राउ परेका छन् । भारतको सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार सिन्धुदुर्ग प्रहरीले मूर्तिकार जयदीप आप्टेलाई पक्राउ गरेको हो । उनलाई विहीबार नै अदालत पेश गर्ने तयारी छ । भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा नौ महिना अघि मात्र स्थापित छत्रपति शिवाजी महाराजको ३५ फिट ...