मुख्य समाचार
दक्षिण अफ्रिका जान लागेका नेपाली टोलीलाई सन्दीपले दिए शुभकामना
दक्षिण अफ्रिका जान लागेका नेपाली टोलीलाई सन्दीपले दिए शुभकामना

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विश्वकप क्रिकेट छनोट खेलमा जाने/नजाने अन्योल भएपछि सहकर्मी खेलाडीहरूलाई सुरक्षित यात्राको शुभकामना दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत् नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका हुन्। उनले नेपाली क्रिकेटलाई यो स्तरमा ल्याउन सबैको योगदान रहेको र टिमको क्षमतामा आफू विश्वस्त रहेको उल्लेख गरेका छन्।

नाबालिग बलात्कार प्रकरणमा धरौटीमा रिहा भएका सन्दीपलाई अदालतले विदेश भ्रमणमा रोक लगाएको छ। उनको मुद्दामा सुनुवाई जारी रहेकाले तत्कालै उनी विदेश जाने सम्भावना नरहेको बताइएको छ।

नेपाली क्रिकेट टोली जिम्बावेमा हुने विश्वकप छनोट खेल्नुअघि दक्षिण अफ्रिका प्रस्थान गर्दैछ। त्यहाँ नेपाली टोलीले नेदरल्यान्ड्स र स्कटल्यान्ड्ससँग अभ्यास खेल खेल्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल र रुसबीचको दोस्रो मैत्रीपूर्ण महिला भलिबलमा पनि नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपाल २५–१४, २५–२३ र २५–२२ को सोझो सेटमा पराजित भएको हो । आइतबार भएको पहिलो खेलमा पनि नेपाल ३–० ले नै पराजित भएको थियो । नेपालस्थित रुसी दूतावासको सहयोगमा सम्पन्न भएको यो खेल नेपाली टोलीको लागि ...
। नेपाल र रुसबीचको दोस्रो मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता आज हुनेछ । आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियासँग ३–० को सोझो सेटले पराजित भएको थियो । नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा भइरहेको २ खेल सम्मेलित पहिलो मैत्रीपूर्ण खेलमा पराजित भए पनि दोस्रो खेलमा सकारात्मक नतिजा पस्कन चाहन्छ । आजको खेल दशरथ रंगशाला कर्भड हलमा दिउँसो ...
। इङ्लिस क्लब म्यानचेस्टर सिटीले ब्राजिलियन गोलरक्षक एडरसन सेन्टेना डी मोरेसलाई साउदी अरबको क्लब अलनासरले गर्न चाहेको अनुबन्ध अस्वीकार गरेको छ । आउँदो समर विन्डोमा एडरसनलाई अलनासरले ३० मिलियन युरोमा किन्न चाहेको थियो । अंग्रेजी तथा साउदीका केही समाचार पत्रहरूका अनुसार अलनासरले आधिकारिक रुपमा म्यानचेस्टर सिटीलाई ब्राजिलियन गोलकिपर एडरसनको प्रस्ताव पठाएको थियो । तर उक्त प्रस्तावलाई सिटीले ...
। भारतीय क्रिकेटको प्रमुख प्रशिक्षक नियुक्त भएपछि गौतम गम्भीरलाई विराट कोहली र उनको सम्बन्धको बारेमा प्रश्न गरियो । उनले भने, ‘यो दुई परिपक्व व्यक्ति बीचको सम्बन्ध हो ।’ उनको र विराट कोहलीको खेलाडी जीवनबाट नै सुरु भएको टकरावले भारतीय क्रिकेट टिमको भविष्यमा कस्तो असर पर्ला भन्ने खालको प्रश्नमा उनले भने, ‘मैदानमा हामी दुवै जना भारतको लागि ...
। वुमन एसिया कप क्रिकेटमा नेपाल, पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ । पहिलो खेलमा यूएईलाई हराएको नेपालले आइतबार पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको थियो । दाम्बुलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनायो । नेपालका लागि ...