मुख्य समाचार
हैजा लागेर दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु
हैजा लागेर दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु

जोहानेसबर्ग : दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ।


हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। हालै हम्मास्क्रालमा हैजाको प्रकोप देखिएपछि एक सय ६५ जनाको उपचार गरिएको छ।

गत फेव्रुवरीको प्रारम्भमा दक्षिण अफ्रिकामा हैजाका दुई ‘केस’ अभिलेख भएको थियो भने सोही महिनाको अन्त्यमा एक जनाले ज्यान गुमाएपछि देशकाम विभिन्न भागमा झाडा तथा वाकवाकी लाग्ने, पेट दुख्ने र डिहाइड्रेसनका समस्याबाट मानिस पीडित भएका थिए।

सरकारले यस्ता लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन आग्रह गरेको थियो। विभागले अहिले पनि त्यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन, नियमित रुपमा औषधि सेवन गर्न सर्वसाधारणलाई आह्वान गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित सङ्केत देखिएको उल्लेख गरेको छ । आईएमएफका उपप्रबन्ध निर्देशक केन्जी ओकामुराले श्रीलङ्काको भ्रमणपछि जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आर्थिक पुनरुत्थान चुनौतीपूर्ण रहेको छ र सरकार र श्रीलङ्काका जनता दुवैको बलियो स्वामित्वमा सुधारको गतिलाई निरन्तरता दिन आवश्यक छ ।’ आईएमएफले समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने, ऋण स्थायित्व ...
। भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर लेखेको छ । हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको ...
। अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो सिटतर्फ जाँदै थिए उनी भुइँमा पछारिए । वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठे । भिडियोमा उनलाई उठ्न अलि अप्ठ्यारो परेको देख्न सकिन्छ । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ...
।अमेरिकी कम्पनी एप्पलका लागि आईफोन उत्पादन गर्ने कम्पनी फक्सकनले आउँदो वर्षदेखि भारतको कर्नाटकमा पनि आईफोन उत्पादन गर्ने भएको छ । आईफोन उत्पादककर्ता चिनियाँ कम्पनी फक्सकनले कर्नाटकमा आफ्नो कारखाना राखेपछि ५० हजार जनालाई रोजगारी मिल्ने दाबी कर्नाटक सरकारको दाबी छ । फक्सकनले गत महिना मात्रै बैंगलोर नजिकै १२ लाख स्क्वायर किलोमिटर जमिन किनेको घोषणा गरेको थियो । कर्नाटक सरकारका ...
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकाको कोलोराडो प्रान्तमा रहेको युएस एयर फोर्स एकेडेमीको स्नातक दिवस समारोहमा स्टेजमा धरमराएर लडेका थिए । मञ्चमा आफ्नो सिटतर्फ जान लाग्दा यो घटना भएको हो । उनको खुट्टा प्लेटफर्ममा राखिएको बालुवाको बोरामा ठोक्किएर लडेका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेन लडेको देखेपछि त्यहाँ उभिएका सुरक्षाकर्मीले उनलाई उभिन मद्दत गरे । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम