मुख्य समाचार
सगरमाथा आरोही बुढा मगरलाई सभामुख र उपसभामुखको बधाई
सगरमाथा आरोही बुढा मगरलाई सभामुख र उपसभामुखको बधाई

काठमाडौं : सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन्।


बालुवाटारस्थित सभामुख निवासमा आज बुढामगरलाई स्वागत गर्दै उनीहरुले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा व्यक्त गरे।

सभामुख घिमिरेले भने, 'तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्‍याउनुपर्छ । नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन् ।' उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको सङ्ज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरे।

सो क्रममा सभामुख घिमिरेले बुढामगरलाई बधाई पत्र हस्तान्तरण गरेका थिए। बधाई पत्रमा उनले युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी राखेका विश्वकीर्तिमान युगौँयुगसम्म नेपाली र आरोहणका क्षेत्रमा रहेकाका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरेका छन्।

रोल्पाको थवाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाउनुभएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौं । भारत सरकारले सैनिक भर्तीमा ‘अग्निपथ’ योजना नल्याएको भए सायद गोरखाका सुमन गुरुङ (२२) यतिबेला भारतीय सेनाको गोर्खा रेजिमेन्टमा काम गरिरहेका हुन्थे । गाउँमा ‘लाहुर’बाट फर्किएका दाइहरु पेन्सनसहित आरामदायी जीवन विताइरहेको देखेर सुमन भारतीय सेनामा जागिर खान लोभिएका थिए । त्यसैले कक्षा १२ सकेर उनी गोर्खा भर्तीका लागि तालिम लिन चितवनको गोर्खाज ट्रेनिङ एण्ड एजुकेशन ...
काठमाडौं । नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ भने केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीका ३३ वटा विभागको ग्रुपिङ गरिएको छ र विषयमिल्दो विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । उनले भने, ‘उहाँहरुले ...
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य संस्था अनुगमनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अनावश्यक प्रचार मात्रै गरेको बताएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले बालेनले बढी प्रचार गरेको र आफूले गोप्य रुपमा स्वास्थ्य संस्थाको अनुगमन गरिरहेको बताएका हुन् । ‘अस्पतालको अनुगमन गर्नका लागि हामीले कार्ययोजना बनाइरहेका थियो। १० प्रशित विपन्न र लक्षित वर्गलाई अस्पतालले ...
काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ...
एक : लावालस्करसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली उडेको प्रचार हुँदै गर्दा भ्रमण दलको सूचीमा यो पंक्तिकारको समेत नाम समावेश थियो । भारतीय विदेश मन्त्रालयको तर्फबाट जारी गरिने हैदरावाद हाउस प्रवेश पास प्रयोजनका लागि हाम्रो नाम उल्लेख थियो । सूचीमा समावेश भए पनि हामी खासमा भ्रमण मण्डलका सदस्य होइनौं, बरु आफ्नो संस्थाबाट भ्रमणको कभरेजका लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम