मुख्य समाचार
यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दैलेखका दुई होटल सञ्चालक पक्राउ
यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दैलेखका दुई होटल सञ्चालक पक्राउ

दैलेख : यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दैलेखका दुई होटल सञ्चालक पक्राउ परेका छन्। प्रहरीले सदरमुकामस्थित दुईवटा होटलका सञ्चालकलाई पक्राउ गरेको हो।


जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार ज्वालामुखी होटलका सञ्चालक ४० वर्षीय तीर्थप्रसाद न्यौपाने पक्राउ परेका छन्।

नारायण नगरपालिका–८ ढकाने घर भएका न्यौपानेले होटल सञ्चालन गरिरहेका थिए। न्यौपानेले आफ्नै होटलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार होटलबाटै पक्राउ गरिएको डीएसपी लम्सालले बताए।

यस्तै सदरमुकामस्थित आरती होटलका सञ्चालक ३० वर्षीय दिपेन्द्र कटुवाल पक्राउ पनि परेका छन्। आफ्नै होटेलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको सूचनाका आधारमा उनलाई बुधबार पक्राउ गरिएको डीएसपी लम्सालले जानकारी दिए।

पक्राउ परेका न्यौपाने र कटुवालमाथि दैलेख जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान थालिएको डीएसपी लम्सालले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मेलम्ची खानेपानी आयोजनाको बाँध रहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथान क्षेत्रमा पानी पर्न थालेपछि काठमाडौंंमा पानी पथान्तरण बन्द गर्ने तयारी मेलम्ची खानेपानी विकास समितिले गरेको छ। पानी परेपछि आउन सक्ने बाढी पहिरोजस्ता जोखिमलाई मध्यनजर गर्दै गत वर्षजस्तै यसपटक पनि पानी बन्द गर्ने तयारी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए। ‘ठ्याक्कै यही मितिबाट ...
: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मिथ्या प्रचार गरिएको बताएका छन्। बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको बताए। गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि ...
: जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ। बिहीबार दिउँसो निर्वाचनको तयारी भए पनि अन्तिममा सम्पूर्ण जिम्मेवारी अध्यक्ष यादवलाई दिने निर्णय गरेको हो। अध्यक्षमा भने यादव हिजो नै निर्विरोध निर्वाचित भइसकेका छन्। महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि आजका लागि तय भएको निर्वाचन तालिका ...
: राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्‍घाटन सत्रमा मुख्य वक्ताका रूपमा सहभागी भएका राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक हुंग्बोबीच स्वीजरल्याण्डको जेनेभामा आज भेटवार्ता भएको हो। भेटमा राष्ट्रपति पौडेलले महानिर्देशक ...
: अविरल वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा ४ जनाको मृत्यु भएको छ। फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताए। मुत्यु हुनेमा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रबिन साम्रा (बिकास)को बुवा ७० वर्षीय रामबहादुर साम्रा, आमा ५० वर्षीया जसमाया साम्रा, जुम्ल्याहा बहिनी गंगा र ...