मुख्य समाचार
गणतन्त्र र लोकतन्त्रको विकल्प पश्‍चगमन हुन सक्दैन : मन्त्री शर्मा
गणतन्त्र र लोकतन्त्रको विकल्प पश्‍चगमन हुन सक्दैन : मन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलब्धीहरूलाई संस्थागत गर्नुपर्ने बताएकी छन्। गणतन्त्र दिवस, २०८० का अवसरमा राष्ट्रिय समाचार समितिले भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री शर्माले गणतन्त्रमा केही कमीकमजोरी भए पनि पछाडि फर्किन नसकिने बताइन्।


उनले गणतन्त्रमा देखिएको समस्या समाधान हुँदै जाने भएकाले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने जिकिर गरिन्। मन्त्री शर्माले गणतन्त्र दिवस मनाइरहदा २००७ साल यता भएका त्याग, बलिदान र आन्दोलन लगायतका संघर्षलाई भुल्न नहुने धारणा राखिन्।

उनले भनिन,'अब पछाडि फर्किंने कुरा हुन सक्दैन, गणतन्त्र आएपछि भ्रष्टाचारलगायत विभिन्न विकृति आएको छ,गणतन्त्रभन्दा हिजोकै ठीक भन्ने विचार पनि आउनसक्छ,तर विषय त्यस्तो होइन, गणतन्त्रको विकल्प गणतन्त्रभित्रै सम्भव छ,'उनले भनिन्।

वर्तमान शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुख्य उपलब्धिलाई संस्थागत गर्नुको विकल्प नहुने मन्त्री शर्माको भनाइ छ । उनले भनिन्, 'गणतन्त्र दिवस मनाउने अवस्थामा हामी कसरी आइपुग्यौँ ?, २००७ सालदेखि यहाँसम्म आइपुग्दा कस्ता–कस्ता आन्दोलन भए,के–कति त्याग, बलिदान भए यी सबै विभिन्न खालका संघर्षलाई पनि हामीले भुल्नु हुँदैन ।'

गणतन्त्र सजिलै प्राप्त नभएको भन्दै उनले गणतन्त्र प्राप्तिअघि अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता नभएको अवस्था सम्झिँदै अग्रजहरुले गणतन्त्रका निम्ति गरेको कठिन सङ्र्घष बिर्सिन नहुनेमा जोड दिइन्।

गणतन्त्र प्राप्तिका लागि आमनागरिकका सपना र अपेक्षा,गणतन्त्रपछि सरकार सञ्चालन गर्ने क्रममा निर्माण गरेको भूमिका र ती भूमिकामा भएका कमीकमजोरीलाई लिएर र त्यसमाथि हुने गरेका गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

गणतन्त्रमा भएका कमीकमजोरीलाई आधार बनाएर अभिव्यक्ति स्वतन्त्रता,राजनीतिक स्वतन्त्रतासँग जोडिएको गणतान्त्रिक व्यवस्थामाथि चारैतिरबाट प्रहार गर्ने कोसिस भइरहेको टिप्पणी गरिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— यूएईलगायत खाडी क्षेत्रमा सोमबार राति भएको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् । पोखराका चिरञ्जीवी धिताल, सुनसरीका आजाद अन्सारी लगायतका यात्रु मंगलबार राति १ बजे एफजेट–५७४ नम्बरको उडानबाट दुबई पुग्नुपर्ने थियो । तर, मंगलबार फ्लाई दुबईले राखेका तीनमध्ये दुबई–काठमाडौं–दुबईका दुइटा उडान भएन । ‘मौसमको कारण देखाउँदै उडान रद्द ...
— अवैध रुपमा बाँकेको जमुनाह नाका हुँदै भारततर्फ लैजाँदै गरेको ठुलो परिमाणको खुकुरी चुरोट बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट १२ सय ८० प्याकेट खुकुरी चुरोट (करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको) बरामद गरेको हो । अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले ...
— जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी हसिना खानले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएका हुन्। मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते ...
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उनले विभिन्न समयमा बन्द भएका र ...
— बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । तेस्रो नेपाल–बंगलादेश परराष्ट्र सचिवस्तरीय संयुक्त परामर्श समितिको बैठक बस्न आएका सचिव मोमेनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । उक्त अवसरमा दुई पक्षीय व्यापार र वाणिज्यमा सहकार्य, कनेक्टिभिटी, उर्जा र विद्युत्, पर्यटन, संस्कृति र शिक्षाको ...