मुख्य समाचार
इथियोपियामा हैजा माहामारी, ९४ जनाको मृत्यु
इथियोपियामा हैजा माहामारी, ९४ जनाको मृत्यु

इथियोपिया : संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले दक्षिणपूर्वी इथियोपियामा जारी हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको जनाएको छ।


युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको जनाएको छ। बाढीले पूर्वी अफ्रिकी मुलुकका प्रभावित क्षेत्रमा हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि चेतावनी दिइएको छ।

प्रभावित क्षेत्रमा करिब ४१ हैजा उपचार केन्द्र र एकाइ सञ्चालनमा रहेको र मे महिनाको सुरुसम्ममा अनुमानित ३५ हजार ८५० जनाले स्वच्छ पिउने पानी पाएका छन्।

युएनओसीएचएको तथ्याङ्कअनुसार करिब एक लाख मानिसलाई यसअघि खोप लगाइएको थियो भने अप्रिलको सुरुसम्म उपलब्ध १९ लाख डोजसहितको नयाँ चरणको हैजा खोप अभियान मे महिनाको मध्यतिर सुरु हुनेछ। यद्यपि, प्रभावित क्षेत्रमा ७० लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने भएकाले यो अभियानबाट लक्षित समूहले सेवा पाउनेमा शङ्का व्यक्त गरिएको छ।

विशेष गरी सुरक्षित खानेपानी आपूर्ति प्रणाली, सरसफाइ र स्वच्छतामा रणनीतिक लगानीले असुरक्षा र विस्थापनबाट प्रभावित कमजोर समुदायमा समेत हैजाको जोखिमलाई हटाउन सक्ने उल्लेख गर्दै युएनओसीएचएले भनेको छ, 'मुखबाट दिइने हैजा खोपको दायरा फराकिलो बनाउन थप कोषको आवश्यकता देखिन्छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकलाई प्रदान गरिएको छ । कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरेबापत अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्रु वेसमानलाई संयुक्त रूपमा यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको हो । सन् २०१९ मा कोरोना सुरु भए पनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि ...
— वीरगन्ज महानगरपालिकामा डेंगी संक्रमण बढ्दै गएको छ । यस वर्ष साउनको अन्तिम सातादेखि आइतबारसम्ममा महानगरमा ५७ डेंगी रोगी देखिएका वीरगन्ज महानगर स्वास्थ्य महाशाखा प्रमुख अनिलकुमार यादवले जनाए । उनका अनुसार, साउनमा २, भदौमा ३८ र असोजमा १७ गरी कूल ५७ डेंगी रोगी फेला परेका हुन् । उनीहरु वीरगन्जका विभिन्न अस्पताल तथा चिकित्सकको सम्पर्कमा पुगेका छन् ...
— पाँचथर जिल्ला अस्पतालमा पहिलो पटक गेडीको सफल प्रत्यारोपण गरिएको छ । जसलाई चिकित्सकको भाषामा हेमी रिप्लेसमेन्ट आर्थोपोलोजी भनिन्छ । चिकित्सकहरुका अनुसार गेडी प्रत्यारोपण र यसको पूर्व तयारीमा गरिने अप्रेसनलाई जटिल प्रकृतिको मानिन्छ । यसअघि यो अप्रेसन कोशी अञ्चलका कुनै सरकारी अस्पतालमा भएको थिएन । देशभरका जिल्ला अस्पतालहरुमा गेडीको सफल प्रत्यारोपण गर्न पाँचथर अस्पताल पहिलो पटक ...
— सरकार र स्वास्थ्यकर्मीबीच सहमति भएको २४ घण्टा बित्न नपाउँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न चिकित्सकमाथि आइतबार कुटपिट भएको छ । उपचारका लागि केएमसी आएका बिरामीका आफन्तले डा. मनीष खड्कामाथि हातपात गरेको अस्पतालले जनाएको छ । कार्यकक्षमै डाक्टर कुटिएपछि स्वास्थ्यकर्मीहरूले सिनामंगल क्षेत्रमा प्रदर्शनसमेत गरेका थिए । ओपीडी सेवा बन्द गरेर आन्दोलन गरिएको डा. हेमा चन्दले जानकारी दिइन् । मिर्गौलाको ...
— ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर चाबहिलमा विपन्न, असहाय, बेवारिस बिरामीको निःशुल्क उपचारका लागि शय्या छुट्याएको कोठामा ताला लगाइएको छ । तर, अस्पतालले २०७९ साउन २६ मा ६५ हजार ८ सय ९९ अमेरिकी डलर पर्ने इको कार्डियोग्राफी मेसिन भन्सार छुटमा ल्याएको थियो । काठमाडौं महानगरपालिकाले मापदण्डबमोजिम कुल शय्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसका लागि निःशुल्क नगरेको ...