खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते दिइने
खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते दिइने

काठमाडौँ — सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप दिने भएको छ । बृहत् ‘खोज र खोप’ अभियानअन्तर्गत सरकारले वैशाख १५ गते पनि यो अभियान सञ्चालन गरेको थियो । यो खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकाहरुलाई नियमित खोप दिन लागिएको हो ।


स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा अभियान गौतमले छुटेका बच्चाहरुलाई पहिचान गरी खोप दिने अभियान सञ्चालन गरेकाे जनाए । उनले भने, ‘कोभिड-१९ भन्दा पनि धेरै संक्रामक रोगकाविरुद्ध खोप दिइराखेको हो । विभिन्न कारणले खोप लगाउन बच्चाहरु छुटेका छन् । खोप नलगाउँदा के परिणाम हुन्छ भनेर त दादुरा महामारीले देखाइसकेको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा गई आ–आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन र छरछिमेकमा कसैले खोप लगाउन छुटेका छन् कि बुझेर समन्वय गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का इन्टर्न चिकित्सकमाथि आइतबार भएको कुटपिटको विरोधमा चिकित्सकहरुले सोमबार बिहान प्रदर्शन गरेका छन् । अस्पताल प्रांगण अगाडि विभिन्न नारा लेखिएका प्लेकार्डसहित उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार र अत्याचार अन्त्य गर्नुपर्ने बताएका छन् । प्रदर्शनका कारण सिनामंगल–पुरानो बानेश्वर सडक खण्ड ठाउँ ठाउँमा अवरुद्ध छ ।
— यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकलाई प्रदान गरिएको छ । कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरेबापत अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्रु वेसमानलाई संयुक्त रूपमा यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको हो । सन् २०१९ मा कोरोना सुरु भए पनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि ...
— वीरगन्ज महानगरपालिकामा डेंगी संक्रमण बढ्दै गएको छ । यस वर्ष साउनको अन्तिम सातादेखि आइतबारसम्ममा महानगरमा ५७ डेंगी रोगी देखिएका वीरगन्ज महानगर स्वास्थ्य महाशाखा प्रमुख अनिलकुमार यादवले जनाए । उनका अनुसार, साउनमा २, भदौमा ३८ र असोजमा १७ गरी कूल ५७ डेंगी रोगी फेला परेका हुन् । उनीहरु वीरगन्जका विभिन्न अस्पताल तथा चिकित्सकको सम्पर्कमा पुगेका छन् ...
— पाँचथर जिल्ला अस्पतालमा पहिलो पटक गेडीको सफल प्रत्यारोपण गरिएको छ । जसलाई चिकित्सकको भाषामा हेमी रिप्लेसमेन्ट आर्थोपोलोजी भनिन्छ । चिकित्सकहरुका अनुसार गेडी प्रत्यारोपण र यसको पूर्व तयारीमा गरिने अप्रेसनलाई जटिल प्रकृतिको मानिन्छ । यसअघि यो अप्रेसन कोशी अञ्चलका कुनै सरकारी अस्पतालमा भएको थिएन । देशभरका जिल्ला अस्पतालहरुमा गेडीको सफल प्रत्यारोपण गर्न पाँचथर अस्पताल पहिलो पटक ...
— सरकार र स्वास्थ्यकर्मीबीच सहमति भएको २४ घण्टा बित्न नपाउँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न चिकित्सकमाथि आइतबार कुटपिट भएको छ । उपचारका लागि केएमसी आएका बिरामीका आफन्तले डा. मनीष खड्कामाथि हातपात गरेको अस्पतालले जनाएको छ । कार्यकक्षमै डाक्टर कुटिएपछि स्वास्थ्यकर्मीहरूले सिनामंगल क्षेत्रमा प्रदर्शनसमेत गरेका थिए । ओपीडी सेवा बन्द गरेर आन्दोलन गरिएको डा. हेमा चन्दले जानकारी दिइन् । मिर्गौलाको ...