मुख्य समाचार
कोशी अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा
कोशी अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा

विराटनगर । कोशी अस्पताल विराटनगरमा शरिर जोडिएका जुम्ल्याहा बच्चा जन्मिएका छन् । सप्तरीको कल्याणपुर घर भएकी दुखनीदेवी भगत चौधरीले शरीर जोडिएको जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।

छातीदेखि पेटसम्मको भाग जोडिएका दुवै छोरीको जन्मिदाको तौल ३.४ किलोग्राम रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य अवस्था सामान्य रहेका जुम्ल्याहाको छात्तीदेखि माथि र पेटदेखि मुनिको भाग भने अलग–अलग छन् । अस्पतालले पहिलो पटक शरीर जोडिएको शिशु जन्मिएको जनाएको छ ।

बिहीबार महिलाको शल्यक्रिया गरेर अस्पतालले शरिर जोडिएका शिशु निकालेको थियो । अस्पतालका अनुसार सुत्केरी महिला अस्पतालमा एक्लै छिन् ।

शरीर जोडिएका जुम्ल्याहा जन्माएकी महिलाले आफ्नो घर-ठेगाना प्रष्टसँग बताउन सकेकी छैनन् । परिवारका सदस्य पनि हेरचाहका लागि आएका छैनन्।

आफन्त नआएका कारण सुत्केरीको हेरचाहमा समस्या भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. रविनराज सिंहले बताए । सुत्केरीको खानपानको व्यस्थापन अस्पतालले नै गरिरहेको उनले बताए । जुम्ल्याहा सन्तानसहित उनलाई प्रसूति वार्डमा राखिएको छ ।

सुत्केरीको आर्थिक अवस्था पनि कमजोर देखिएको अस्पतालले जनाएको छ । डाक्टर सिंहका अनुसार वैशाख २१ गते एक महिलाले उनलाई कोशी अस्पताल ल्याएर छाडेकी थिइन् । त्यसयता उनका आफन्त अस्पताल आएका छैनन् ।

अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अन्जु देवको टोलीले बिहीबार शल्यक्रिया गरेर शरिर जोडिएका जुम्लयाहा बच्चा निकालेको थियो ।

शरीर जोडिएको जुम्ल्याहा जन्मिनुलाई चिकित्सकीय भाषामा ‘कन्जोइन्ट ट्वीन्स’ भनिन्छ । सामान्यतया एउटा भू्रणले एउटा बच्चा जन्मिन्छ ।

एउटा भ्रुण आधाआधा भइदियो भने जुम्ल्याहा बच्चा जन्मिने सम्भावना हुन्छ । राम्रोसँग विकास नभइकन भ्रूण विभाजित हुँदा जुम्ल्याहा सन्तान जन्मिने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एकजना महिलाले २२ दिनको फरकमा जुम्ल्याहा बच्चा जन्माएकी छिन् । ती दुई बच्चाको जन्म पनि दुई फरक अस्पतालमा भएको छ। डाक्टरहरुलाई समेत अचम्ममा पारेको यो घटना बेलायतमा भएको हो । कायले डायल नामकी महिलाले ती जुम्ल्याहालाई जन्म दिएकी हुन् । उनले भनेकी छिन् : अहिलेसम्म मैले बेलायतमा एउटा पनि यस्ती महिला भेटेकी छैन जो २२ ...
: सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका ...
— उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेको छ । अनुगमनको क्रममा स्वास्थ्यमन्त्री यादवसहित सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहसहितको टोली अस्पताल पुगेको थियो । अस्पतालको अनुगमन गरेपछि मन्त्री यादवले अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउन बन्द गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा ...
। आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक प्रत्यारोपण गरिएको छ । अमेरिकी डाक्टरहरुले गत विहीबार यसको जानकारी गराएका छन् । चिकित्सा क्षेत्रको यो अहम् सफलताले मिर्गौला रोगसँग जुधिरहेका मानिसहरुका लागि सम्भावनाको नयाँ ढोका खोलिदिएको छ । गत शनिबार अमेरिकाको म्यासाच्युसेट्स जनरल अस्पतालमा ४ घण्टाको शल्यक्रिया पश्चात् डाक्टरहरुले एकजना ६२ वर्षीय पुरुषमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका ...
होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने चनाखो हुन जरुरी छ । यस्तोमा होली खेल्नुअघि र पछि अनुहार र कपालको हेरचाह गर्न जरुरी हुन्छ । ताकि, होली पनि मनाउन सकियोस्, अनुहार र कपालको सौन्दर्यमा ...