मुख्य समाचार
देश जहाँ छोयो, त्यहीँ फाटेको छ : मन्त्री किराती
देश जहाँ छोयो, त्यहीँ फाटेको छ : मन्त्री किराती

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश सोचेभन्दा फरक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए ।

मन्त्री किरातीले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताए । मन्त्री किराँतीले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताए ।

‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन । १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ । अझै अर्को रहेछ । म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तीको होइन । हामी युगको परीक्षा दिँदैछौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ । व्यवस्था फेल हुन्छ । हामीले बरु विदेशको धेरै कुरा गरेका छौँ, स्वदेशको कुरा गरेनौँ । स्थानीय सोचहरुलाई प्राथमिकता दिएनौँ । १२ कक्षा पढेपछि नेपाली विद्यार्थीहरु विदेश जान्छन्, किनभन्दा रोजगार छैन भनेर होला जस्तो लाग्थ्यो तर होइन रहेछ । हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ, सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ । स्वदेशको सपना मरिसकेछ हाम्रो शिक्षा र संस्कृतिमा । शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ,’ उनले भने । मन्त्री किरातीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिनेगरी काम हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सभामुख देवराज घिमिरेले संघीय संसद् भवनमा लघुवित्त ऋणीहरूको समूह हुलहुज्जतसहित प्रवेश गरेको र नाराबाजी गरेको विषयलाई लिएर नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरसँग जानकारी लिएका छन् । लघुवित्त ऋणीहरू संघीय संसद्का दुवै सदनको बैठक सकिनेबित्तिकै संसद् भवनमा प्रवेश गरेर विरोध प्रदर्शन गरेका थिए । सभामुख घिमिरेको सचिवालयले दिएको जानकारीअनुसार उक्त घटनालाई गम्भीर रूपमा लिइएको छ ...
— घोराही–तुलसीपुर सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि सोमबारदेखि टाइमकार्ड लागू गरिएको छ । घोराही-तुलसीपुर २३ किलोमिटरको दुरीमा ७० मिनेटको समय दिइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षीय बैठकले पहिलो चरणमा घोराही–तुलसीपुर सडकमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । घोराहीदेखि नारायणपुरसम्म ३० मिनेट र नारायणपुरदेखि तुलसीपुरसम्म ४० मिनेटको समय निर्धारण गरिएको छ । ...
— सरकारले सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन लगायतका महत्त्वपूर्ण क्षेत्रको सुरक्षा संवेदनशीलतालाई कारण देखाएर त्यस वरपर निषेधित क्षेत्र घोषणा गरेको छ । तर त्यही निषेधित क्षेत्रभित्र पर्ने संघीय संसद् भवन परिसरमा सोमबार नाराबाजीसहित एउटा समूह छिरेर प्रदर्शन गर्‍यो । लघुवित्तपीडित सहितका व्यक्तिहरू संसद् बैठक चलेकै दिन संसद् भवनको गेटभित्र छिरेर प्रदर्शन गरे । ...
— प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई जनताको भरोसाको केन्द्रका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । सोमबार हेटौंडामा जिल्ला अदालत मकवानपुरको नवनिर्मित ७१ कोठे भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले नेपालको संविधानले न्यायपालिकालाई नागरिकको हक, अधिकारको संरक्षण र विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्ने दायित्व सुम्पेको बताए । प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकालाई जनताको भरोसाको केन्द्र बनाउन जरुरी रहेको बताएका हुन् । ...
— यमुनामाई गाउँपालिका–१ स्थित सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रालिमा कार्यरत दुई भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयबासीले उपचार गर्ने इजाजत बिना नै अस्पतालमा कार्यरत रहेको फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । फागुन १ गते उनीहरुलाई पक्राउ गरेको प्रहरीले सोमबार सार्वजनिक गरेको हो । प्रहरीले भारतको बिहार राज्य पुर्वी चम्पारण ...