मुख्य समाचार
वायुसेवा प्रमाणपत्र नवीकरण नगर्दा निगमको नियमित मलेसिया उडान मंगलबारदेखि रोकिँदै
वायुसेवा प्रमाणपत्र नवीकरण नगर्दा निगमको नियमित मलेसिया उडान मंगलबारदेखि रोकिँदै

काठमाडौँ — निर्धारित समयमै मलेसियाको नागरिक उड्डयन कार्यालयमा फरेन एयर अपरेटर सर्टीफिकेट (एफएओसी) नवीकरण नगरेका कारण नेपाल वायुसेवा निगमले त्यहाँ गर्दै आएको नियमित उडान मंगलबारदेखि गर्न नपाउने भएको छ ।

नेपाल वायुसेवा निगमको वाणिज्य विभागका एक अधिकारीका अनुसार मलेसियाको नागरिक उड्डयन कार्यालय (सिभिल एभिएसन अथोरीटी अफ मलेसिया) ले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई धेरै लामो समयदेखि एफओसी प्रमाणपत्र नवीकरण गर्न इमेलमार्फत पत्राचार गरेको थियो ।

तर, निगमले गत बुधबारमात्रै फरेन एयर अपरेटर सर्टीफिकेट (एफएओसी) नवीकरणको प्रक्रिया थालेको थियो । ‘६ दिनअघि हामीले स्टान्डर्ड चार्टर्ड बैंकमार्फत प्रमाणपत्र नवीकरणका लागि २२ सय रिंगेट पठाइएको छ,’ निगमका एक अधिकारीले भने,‘मलेसियाले अब कहिलेसम्म नवीकरणको काम सक्छ त्यसबेलासम्म हामीले नियमित उडान गर्न मिल्दैन ।’

मलेसियासँग नेपालले सातामा २८ वटा उडान गर्न पाउने हवाई सम्झौता छ । निगमले सातामा ५ उडान गर्दै आइरहेको थियो । तर, सोमबारपछि एफएओसी नवीकरण नभएका कारण काठमाडौं–क्वालालमपुर–काठमाडौं नियमित उडान गर्न नपाउने भएपछि आइतबार निगमले त्यहा चार्टर उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको थियो ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उसले पठाएको पत्रमा मंगल, बुध, बिही र शनिबार गरी चारवटा चार्टर उडान गर्न दिन अनुमति मागेको थियो । प्राधिकरणको हवाई यातायात विभागले टिकट लिइसकेका यात्रु तथा कामदारलाई मर्का पर्नसक्ने जनाउँदै निगमलाई चार्टर उडान जारी गर्ने प्रक्रियामा रहेको सहप्रवक्ता भुलले बताए । तर प्राधिकरणले निगमलाई सोमबार नियमित उडान नगरी चार्टर उडान गर्नुपर्ने कारण के हो भनी स्पष्टीकरण सोधेको छ ।
‘नेपाल र मलेसिया सरकारबीच भएको हवाई सम्झौता बमोजिम प्रति हप्ता १४ वटा नियमित उडान संचालन गर्न पाउने व्यवस्था भए पनि सो वृत्तखण्डमा नियमित उडान संचालन नगरी यात्रु चार्टर उडान संचालनका लागि अनुमति माग गरिएको विषयमा स्पष्टीकरण सोधिएको छ,’ प्राधिकरणले आफ्नो ट्विटरमा लेखेको छ ।

निगमका एक उच्च व्यवस्थापकका अनुसार मलेसियाले सन् २०१९ देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार निगमलाई फरेन एयर अपरेटर सर्टीफिकेट अनिवार्य लिनुपर्ने नियम बनाएको छ ।

उनका अनुसार उसले नवीकरणको समय सकिनुअघि नै पटक पटक इमेल पठाएको थियो । ‘मलेसियामा नवीकरण आजको भोलि नै हुँदैन । त्यहाँ हामीले सबै प्रक्रिया पूरा गरी डकुमेन्ट बुझाइसकेपछि नवीकरण भएको प्रमाणपत्र जारी गर्न ३० दिन लाग्छ । नेपालमा जस्तो भनसुनका भरमा काम हुँदैन । यो ढिलाइ हुनुमा मलेसियामा रहेको निगमको स्टेशन, निगमको काठमाडौंस्थित वाणिज्य विभाग र अपरेशन विभागको कमजोरी भयो । यसबाहेक कार्यकारी अध्यक्षको प्राथमिकतामा पनि परेन,’ निगमका ती उच्च व्यवस्थापकले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति बेहोर्न पुगेको बताएको छ । सौर्यले भनेको छ, ‘यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरूको क्षतिको कल्पना नै गर्न सकिन्न ।’ सौर्य एयरलाइन्सको स्थापनाकालबाटै परिवारका रुपमा काम ...
। विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरुको शव पहिचान गरेर पोष्टमाटम गरिसकेको ...
। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । गभर्नर ...
। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई खोज्न काठमाडौं जानुपर्ने स्थिति आएको बताएका छन् । मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले सत्ता साझेदार काँग्रेसलाई कर्णालीमा भेटाउन गारो भएको व्यंग्य गरे । केही दिनअघि प्रदेश सभा बैठकमा समेत कंग्रेसका १४ मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नुपरेको भन्दै उनले भने, ‘उहाँहरू सबै काठमाडौँ ...
: सौर्य एयरलाइन्सले विमान दुर्घटनामा परेका परिवारलाई सहयोग गर्ने जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गरेर साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेका परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग गर्ने जनाएको हो। ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्‍भाव सधैं रहने विश्वास दिलाउँछौ। सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका ...