मुख्य समाचार
एमालेमा आएपछि उत्ताउलो बन्‍न मिल्दैन : केपी ओली
एमालेमा आएपछि उत्ताउलो बन्‍न मिल्दैन : केपी ओली

— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई उत्ताउलो रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

एमालेमा प्रवेश गरेपछि गंगा नदी जस्तै शालीन हुनुपर्ने उनले बताएका थिए । ‘कालीगंगामा सबै गएपछि गंगा नै हुन्छ । तिनको खहरे प्रवृत्ति, उत्ताउला प्रवृत्ति सबै हराउँछ’, उनले भने, ‘एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरुका प्रवृत्ति बोकेर हिँड्न मिल्छ ? नेकपा एमाले गंगा जस्तै हो ।’

अध्यक्ष ओलीले शैली, आचरण, व्यवहार एमाले कार्यकर्ताको जस्तो भनेर अनुकरणीय बन्नुपर्ने बताएका थिए । पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीको चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको संकेत गर्दै उनले एमालेभित्र खराब आचरणका मान्छे प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताएका थिए ।

‘एमाले पार्टी इमानका लागि इमानका साथ लडेको पार्टी हो, बेइमानी भन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन,’ उनले भने, ‘तर फेरि पनि कहीँ कहीँ सुनिन्छ, त्यस्ता अनुचित विजातीय प्रवृत्ति पनि पार्टीभित्र प्रवेश भएका छन्, तिनीहरुलाई हामीले हटाउनु पर्नेछ ।’

उनले ज्ञवालीलाई पराजित गर्ने चन्द्र भण्डारीलाई भलाद्मी नेता भए पनि कांग्रेसको नीति भने खराब रहेको भन्दै कटाक्ष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौं । भारत सरकारले सैनिक भर्तीमा ‘अग्निपथ’ योजना नल्याएको भए सायद गोरखाका सुमन गुरुङ (२२) यतिबेला भारतीय सेनाको गोर्खा रेजिमेन्टमा काम गरिरहेका हुन्थे । गाउँमा ‘लाहुर’बाट फर्किएका दाइहरु पेन्सनसहित आरामदायी जीवन विताइरहेको देखेर सुमन भारतीय सेनामा जागिर खान लोभिएका थिए । त्यसैले कक्षा १२ सकेर उनी गोर्खा भर्तीका लागि तालिम लिन चितवनको गोर्खाज ट्रेनिङ एण्ड एजुकेशन ...
काठमाडौं । नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ भने केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीका ३३ वटा विभागको ग्रुपिङ गरिएको छ र विषयमिल्दो विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । उनले भने, ‘उहाँहरुले ...
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य संस्था अनुगमनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अनावश्यक प्रचार मात्रै गरेको बताएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले बालेनले बढी प्रचार गरेको र आफूले गोप्य रुपमा स्वास्थ्य संस्थाको अनुगमन गरिरहेको बताएका हुन् । ‘अस्पतालको अनुगमन गर्नका लागि हामीले कार्ययोजना बनाइरहेका थियो। १० प्रशित विपन्न र लक्षित वर्गलाई अस्पतालले ...
काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ...
एक : लावालस्करसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली उडेको प्रचार हुँदै गर्दा भ्रमण दलको सूचीमा यो पंक्तिकारको समेत नाम समावेश थियो । भारतीय विदेश मन्त्रालयको तर्फबाट जारी गरिने हैदरावाद हाउस प्रवेश पास प्रयोजनका लागि हाम्रो नाम उल्लेख थियो । सूचीमा समावेश भए पनि हामी खासमा भ्रमण मण्डलका सदस्य होइनौं, बरु आफ्नो संस्थाबाट भ्रमणको कभरेजका लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम