मुख्य समाचार
जर्मनीमा राष्ट्रव्यापी हड्ताल : रेल, बस र हवाई सेवा अवरुद्ध, सहरमा थुप्रियो फोहोर
जर्मनीमा राष्ट्रव्यापी हड्ताल : रेल, बस र हवाई सेवा अवरुद्ध, सहरमा थुप्रियो फोहोर

— सोमबार दुई ठूला यातायात युनियनहरूले राष्ट्रव्यापी हड्तालको आह्वान गरेपछि जर्मनीमा अधिकांश रेल, बस र विमान सेवा रद्द गरिएको छ । फोहोरमैला व्यवस्थापन कर्मचारीहरू गत दुई सातादेखि हड्तालमा उत्रिएकाले मुन्स्टर, हेमबर्ग, बर्लिनलगायतका सहरमा फोहोरको डंगुर थुप्रिएको छ ।

'सहरभरि फोहोर थुप्रिएको छ । मानिसहरू बसपार्क, रेल स्टेसनमा घुइँचो लागेर बसेका छन्, बिजोग छ,' जर्मनीको मुन्स्टरका नेपाली रेस्टुरेन्ट व्यवसायी सूर्य तिवारीले कान्तिपुरसित भने । मध्यरातमा राष्ट्रव्यापी २४ घण्टाको हड्ताल सुरु भएपछि सोमबार जर्मनीमा लगभग सबै विमान, रेल र बसहरू ठप्प भएका छन् । बीईआर बर्लिन ब्रान्डनबर्ग एयरपोर्टबाहेक सबै प्रमुख जर्मन अन्तर्राष्ट्रिय विमानस्थल हड्तालबाट प्रभावित भएका छन् । राष्ट्रव्यापी रूपमा, करिब चार लाख यात्रुहरूले ढिलाइ वा उडान रद्दको सामना गर्नुपरेको छ ।

जर्मनीको सबैभन्दा ठूलो विमानस्थल फ्र्यांकफर्टमा सबै आगमन र प्रस्थान गर्ने उडानहरू सोमबार भर रद्द गरिएको छ । केही लामो दूरीको उडानहरूको मामलामा पूरा दिन ढिलाइ भएको फ्र्यांकफर्ट विमानस्थलले उल्लेख गरेको छ । हडतालका कारण धेरै प्रमुख बन्दरगाह र नाकाहरूमा व्यावसायिक र सामान ढुवानीको कामसमेत रोकिएको जर्मनीको डीडब्ल्यू न्युजले उल्लेख गरेको छ । हड्तालको तयारीले गर्दा शुक्रबारदेखि नै अवरोधहरू निम्त्याएको थियो ।

दुई ठूला मजदुर युनियनहरुले देशलाई नै ठप्प पार्ने गरी आह्वान गरेको यो हड्ताल जर्मनीले गत तीन दशकमा बेहोरेको सबैभन्दा ठूलो हड्ताल हो । धेरै रेल मजदुरहरूको प्रतिनिधित्व गर्ने भर्डी सेवा श्रमिक युनियन र ईभीजी युनियनले यो हड्तालको आह्वान गरेका हुन् । जर्मनीमा पछिल्ला हप्तामा श्रमिक युनियनहरुले सरकारसित सेवा सुविधा र तलब बढाउन माग गरेका थिए । मुद्रास्फीति बढेको र बजारभाउ पनि बढेकाले त्यसअनुरूपको सेवा, सुविधा र श्रमको मूल्य पाउनुपर्ने माग मजदुर युनियनहरूको छ । तर युनियनहरुले राखेको मागमा सुनुवाइ नभएकाले हड्ताल गर्नुपरेको भनाइ मजदुर युनियनहरूको छ । उनीहरुले रोजगारदाताहरूसँग पटक पटक वार्ता गरे पनि असफल वार्ताको शृंखलापछि सामूहिक हड्ताल गर्न बाध्य भएको जनाएका छन् । 'हाम्रो सुनुवाइ भएन । त्यसैले हडताल गर्नुपर्ने भयो । हडतालमा व्यापक सहभागिता छ,' भर्डी प्रमुख फ्रान्क वेर्नेकेले पत्रकार सम्मेलनमा भनेका छन् ।
हड्ताल आधिकारिक रूपमा सोमबार मध्यरातमा सुरु भएको हो र सोमबार साँझसम्म चल्ने छ। तर कतिपय विमानस्थलले आइतबार आइपुग्ने वा प्रस्थान गर्ने निर्धारित उडान रद्द गरेका छन् ।जर्मनीको हडतालका कारण युरोपभरिका पेरिस, आम्स्टरडम, लियों, जेनेभा, जुरिक, बार्सिलोना, स्टकहोम, रोम, मेड्रिड, हेलसिन्की लगायत ३० भन्दा बढी सहरका उडान रद्द भएको जनाइएको छ ।

जर्मनीका दुई ठूला एयरपोर्टहरू म्युनिख र फ्रान्कफर्टका साथै ब्रेमेन, ह्याम्बर्ग र स्टटगार्ट एयरपोर्टहरूमा उडानहरू स्थगित गरिएको छ। रेल अपरेटर डोइच बाहनले आफ्नो लामो दूरीको रेल सेवाहरू रद्द गरेको छ । जर्मन रेल अपरेटर डूइच बाहनले सोमबार कुनै लामो दूरीका रेलहरू नचल्ने, धेरै रेलहरू मंगलबार पनि रद्द गरिएको अग्रिम जानकारि गराएको थियो । सोमबारको यात्रामा रहेका यात्रुहरुलाई उनीहरुले सम्भव भए अर्को दिनको यात्रा स्थगित गर्न आग्रह गरेको थियो ।

डोइच बाहनले एक विज्ञप्तिमा भनेको छ 'सोमबारको हडतालले सबै जर्मन रेल सञ्चालनहरूलाई असर गर्नेछ, किनकि डोइच बाहन र अन्य रेल कम्पनीहरूका सबै क्षेत्रका कर्मचारीहरूलाई हडतालमा निस्कन आह्वान गरिएको छ । त्यसैले डोइच बाहनको लामो दूरीको यातायात पूर्ण रूपमा बन्द गरिएको छ।'

सोमबारको हड्ताल राष्ट्रव्यापी छ । हड्ताल आह्वान गर्ने युनियनहरूले यातायात मजदुरमा बहुमतको प्रतिनिधित्व गर्दछन् । भर्डीले २५ लाखभन्दा बढी सार्वजनिक क्षेत्रका कर्मचारीहरूको प्रतिनिधित्व गर्दछ भने ईभीजीले रेलवे र बस कम्पनीका करिब २ लाख ३० हजार कामदारहरूको प्रतिनिधित्व गर्दछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित सङ्केत देखिएको उल्लेख गरेको छ । आईएमएफका उपप्रबन्ध निर्देशक केन्जी ओकामुराले श्रीलङ्काको भ्रमणपछि जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आर्थिक पुनरुत्थान चुनौतीपूर्ण रहेको छ र सरकार र श्रीलङ्काका जनता दुवैको बलियो स्वामित्वमा सुधारको गतिलाई निरन्तरता दिन आवश्यक छ ।’ आईएमएफले समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने, ऋण स्थायित्व ...
। भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर लेखेको छ । हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको ...
। अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो सिटतर्फ जाँदै थिए उनी भुइँमा पछारिए । वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठे । भिडियोमा उनलाई उठ्न अलि अप्ठ्यारो परेको देख्न सकिन्छ । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ...
।अमेरिकी कम्पनी एप्पलका लागि आईफोन उत्पादन गर्ने कम्पनी फक्सकनले आउँदो वर्षदेखि भारतको कर्नाटकमा पनि आईफोन उत्पादन गर्ने भएको छ । आईफोन उत्पादककर्ता चिनियाँ कम्पनी फक्सकनले कर्नाटकमा आफ्नो कारखाना राखेपछि ५० हजार जनालाई रोजगारी मिल्ने दाबी कर्नाटक सरकारको दाबी छ । फक्सकनले गत महिना मात्रै बैंगलोर नजिकै १२ लाख स्क्वायर किलोमिटर जमिन किनेको घोषणा गरेको थियो । कर्नाटक सरकारका ...
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकाको कोलोराडो प्रान्तमा रहेको युएस एयर फोर्स एकेडेमीको स्नातक दिवस समारोहमा स्टेजमा धरमराएर लडेका थिए । मञ्चमा आफ्नो सिटतर्फ जान लाग्दा यो घटना भएको हो । उनको खुट्टा प्लेटफर्ममा राखिएको बालुवाको बोरामा ठोक्किएर लडेका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेन लडेको देखेपछि त्यहाँ उभिएका सुरक्षाकर्मीले उनलाई उभिन मद्दत गरे । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम