मुख्य समाचार
पाभार्डको उत्कृष्ट गोलमा फ्रान्स विजयी
पाभार्डको उत्कृष्ट गोलमा फ्रान्स विजयी

पेरिस — बेन्जामिन पाभार्डको उत्कृष्ट गोलको मद्दतले फ्रान्सले युरो २०२४ छनोटमा सोमबार आयरल्यान्डलाई १–० ले हराएको छ । डबलिनमा भएको समूह ‘बी’ को खेलमा पाभार्डले ५० औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

नथान एकेले दुई गोल गरेपछि यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ३–० ले हरायो । मेम्फिस डेपेले डच टिमका लागि अर्को गोल गरे । नेदरल्यान्ड्सको पूर्ण नियन्त्रण भएको खेलमा जिब्राल्टर १० खेलाडीमा सीमित रहेको थियो ।

अन्य खेलमा सर्बियाले मोन्टेनेग्रोलाई २–०, हंगेरीले बुल्गेरियालाई ३–०, स्विडेनले अजरबैजानलाई ५–०, अस्ट्रियाले इस्टोनियालाई २–१ र पोल्यान्डले अल्बानियालाई १–० ले पराजित गर्‍यो । मोल्डोभा र चेक गणतन्त्रले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का म्यानेजर क्रिस्टोफर गाल्टिएरले लियोनल मेसीले सिजनको अन्तिम खेलपछि क्लब छाड्ने पुष्टि गरेका छन् । लिग वानमा शनिबार क्लेमोन्टविरुद्ध हुने खेल पीएसजीको जर्सीमा मेसीको अन्तिम खेल हुने गाल्टिएरले बताएका हुन् । मेसी २०२१ जुलाईमा फ्रि ट्रान्सफरमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । ३५ वर्षीय मेसीले यस सिजनपछि क्लब छाड्ने चर्चा थियो ...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुको खेलमा एउटा जित बराबर खेलाडीले जनही २० हजार रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले नेपाली जितेका खेलमा सहभागी खेलाडीलाई प्रति जित २० हजार रुपैयाँका दरले नगद पुरस्कार दिने निर्णय गरेको हो । नेपालले लिग टु मा ३६ मध्ये १९ खेल जितेको थियो भने एक खेल बराबरी गरेको ...
काठमाडौं । काठमाडौं । रोशन राना मगरले खेलको इन्जुरी समयमा गोल गरेपछि मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारलाई १-० ले पराजित गरेको छ । यो जितपछि मनाङ अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ र रेलिगेसनको चिन्ता टारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मनाङका लागि रोशनले इन्जुरी टाइमको चौथो मिनेटमा ...
। पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको साउदी प्रो लिग विश्वकै शीर्ष पाँच लिग बन्न सक्ने बताएका छन् । यदि साउदी लिगले अझ धेरै ठूला नामहरुलाई आकर्षित गर्न सके शीर्ष पाँच लिग बन्न सक्ने उनको भनाइ छ । ३८ वर्षीय रोनाल्डो हाल अल नासेरबाट साउदी प्रो लिग खेलिरहेका छन् । हालैमात्र लियोनल मेस्मी, करिम बेन्जेमा र लुका ...
काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विश्वकप क्रिकेट छनोट खेलमा जाने/नजाने अन्योल भएपछि सहकर्मी खेलाडीहरूलाई सुरक्षित यात्राको शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका हुन्। उनले नेपाली क्रिकेटलाई यो स्तरमा ल्याउन सबैको योगदान रहेको र टिमको क्षमतामा आफू विश्वस्त रहेको उल्लेख गरेका छन्। नाबालिग बलात्कार प्रकरणमा धरौटीमा रिहा भएका सन्दीपलाई अदालतले विदेश ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम