मुख्य समाचार
नेकपा एमाले सिंहको बच्चा हो, कोहीसँग डराउँदैन : केपी ओली
नेकपा एमाले सिंहको बच्चा हो, कोहीसँग डराउँदैन : केपी ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सिंहको बच्चा भएको बताएका छन्। उनले सिंहको बच्चा एमाले कोहीसँग नडराउने बताए।

गुल्मीमा आयोजित मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले अमरसिंह थापाको भनाइ पनि स्मरण गरे। 'नेकपा एमाले सिनो खाने स्यालको बच्चा होइन। बाघको डमरु हो। एमाले सिनो खाने स्यालको बच्चा होइन। सिंहको बच्चा हो। शेरको बच्चा हो,' उनले भने।

उनले एमाले एक्लैसँग ९ लाख बढी सदस्यता रहेको र विभिन्न जनवर्गीय संगठनसमेत रहेको बताए। तर ती सबैमा खिया लागेको उनले बताए। 'पार्टीमा कमरेडहरू खिया लागेको पाइयो। पार्टी भुत्ते भएको पाइयो। धार नभएको। खिया हटाएपछि मात्रै यो काम लाग्ने हुन्छ,' उनले भने।

उनले घोडा नकुदाए कुद्न बिर्सिने भन्दै भुत्ते लागेको पार्टीको खियाहरू हटाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— यूएईलगायत खाडी क्षेत्रमा सोमबार राति भएको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् । पोखराका चिरञ्जीवी धिताल, सुनसरीका आजाद अन्सारी लगायतका यात्रु मंगलबार राति १ बजे एफजेट–५७४ नम्बरको उडानबाट दुबई पुग्नुपर्ने थियो । तर, मंगलबार फ्लाई दुबईले राखेका तीनमध्ये दुबई–काठमाडौं–दुबईका दुइटा उडान भएन । ‘मौसमको कारण देखाउँदै उडान रद्द ...
— अवैध रुपमा बाँकेको जमुनाह नाका हुँदै भारततर्फ लैजाँदै गरेको ठुलो परिमाणको खुकुरी चुरोट बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट १२ सय ८० प्याकेट खुकुरी चुरोट (करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको) बरामद गरेको हो । अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले ...
— जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी हसिना खानले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएका हुन्। मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते ...
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उनले विभिन्न समयमा बन्द भएका र ...
— बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । तेस्रो नेपाल–बंगलादेश परराष्ट्र सचिवस्तरीय संयुक्त परामर्श समितिको बैठक बस्न आएका सचिव मोमेनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । उक्त अवसरमा दुई पक्षीय व्यापार र वाणिज्यमा सहकार्य, कनेक्टिभिटी, उर्जा र विद्युत्, पर्यटन, संस्कृति र शिक्षाको ...