मुख्य समाचार
माओवादीलाई इंगित गर्दै ओलीले भने- एमालेसँग बहुमत नभएपछि 'बानर'हरूलाई पनि सँगै लिएर जान खोजेको थिएँ...
माओवादीलाई इंगित गर्दै ओलीले भने- एमालेसँग बहुमत नभएपछि 'बानर'हरूलाई पनि सँगै लिएर जान खोजेको थिएँ...

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्माओ ओलीले एमालेसँग बहुमत नभएपछि 'बानर' (बाँदर)हरूलाई पनि सँगै लिएर जान खोजेको स्पष्ट पारेका छन्।


उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई इंगित गर्दै साथै लिएर जान खोजे पनि अन्तमा बाँदरको हातमा नरिवल भएको बताए।

'हामीसँग बहुमत थिएन। आफूसँग जनता नभएपछि रामचन्द्रले पनि बानर सेना लगेकै हुन्। हामी पनि बानरहरूलाई मिलाएर लैजान खोजेका थियौं। तर बाँदरको हातमा नरिवल न हो,' गुल्मीमा मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले भने।

उनले अर्को निर्वाचनमा नेकपा एमाले एक्लैलै बहुमत ल्याउनुपर्ने बताए। त्यसका लागि अहिल्यैदेखि गाउँ, टोलीदेखि स्थानीय, प्रदेशमा नेताहरू सक्रिय हुनुपर्ने बताए। उनले पार्टीभित्र खिया लागेको भन्दै धारिलो बनाएर लैजानुपर्ने समेत बताए।

'पार्टीमा कमरेडहरू खिया लागेको पाइयो। पार्टी भुत्ते भएको पाइयो। धार नभएको। खिया हटाएपछि मात्रै यो काम लाग्ने हुन्छ,' उनले भने। उनले घोडा नकुदाए कुद्न बिर्सिने भन्दै भुत्ते लागेको पार्टीको खियाहरू हटाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौं । भारत सरकारले सैनिक भर्तीमा ‘अग्निपथ’ योजना नल्याएको भए सायद गोरखाका सुमन गुरुङ (२२) यतिबेला भारतीय सेनाको गोर्खा रेजिमेन्टमा काम गरिरहेका हुन्थे । गाउँमा ‘लाहुर’बाट फर्किएका दाइहरु पेन्सनसहित आरामदायी जीवन विताइरहेको देखेर सुमन भारतीय सेनामा जागिर खान लोभिएका थिए । त्यसैले कक्षा १२ सकेर उनी गोर्खा भर्तीका लागि तालिम लिन चितवनको गोर्खाज ट्रेनिङ एण्ड एजुकेशन ...
काठमाडौं । नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ भने केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीका ३३ वटा विभागको ग्रुपिङ गरिएको छ र विषयमिल्दो विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । उनले भने, ‘उहाँहरुले ...
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य संस्था अनुगमनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अनावश्यक प्रचार मात्रै गरेको बताएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले बालेनले बढी प्रचार गरेको र आफूले गोप्य रुपमा स्वास्थ्य संस्थाको अनुगमन गरिरहेको बताएका हुन् । ‘अस्पतालको अनुगमन गर्नका लागि हामीले कार्ययोजना बनाइरहेका थियो। १० प्रशित विपन्न र लक्षित वर्गलाई अस्पतालले ...
काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ...
एक : लावालस्करसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली उडेको प्रचार हुँदै गर्दा भ्रमण दलको सूचीमा यो पंक्तिकारको समेत नाम समावेश थियो । भारतीय विदेश मन्त्रालयको तर्फबाट जारी गरिने हैदरावाद हाउस प्रवेश पास प्रयोजनका लागि हाम्रो नाम उल्लेख थियो । सूचीमा समावेश भए पनि हामी खासमा भ्रमण मण्डलका सदस्य होइनौं, बरु आफ्नो संस्थाबाट भ्रमणको कभरेजका लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम