मुख्य समाचार
ओलम्पिक छनोट : नेपालले भियतनामसँग दुई खेल खेल्ने
ओलम्पिक छनोट : नेपालले भियतनामसँग दुई खेल खेल्ने

काठमाडौं : पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग मात्रै खेल्ने भएको छ। समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको हो।

समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए। यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो। छनोट खेलमा शीर्ष स्थान हात पार्ने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्। पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन्। एन्फाले दुई खेलका लागि सामान्यतर्फ तीन सय र भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट दर राखेको छ।

भियतनामको टोली चैत २० गते नेपाल आइपुग्ने एन्फाका प्रवक्त सुरेश साहले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। भियतनामसँगको छनोटका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्। ओलम्पिक छनोटको तयारीकै लागि नेपालले गत महिना भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। भारतसँगको दुवै मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: टी-२० विश्वकप अघि नेपालले आज क्यानडासँग ‘वार्म अफ’ खेल खेल्दैछ। नेपालले पहिलो पटक टी-२० विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ। ग्रान्ड प्रेरी मैदानमा नेपाली समय अनुसार राति ९:१५ बजे खेल सुरु हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ। नेपाली टोलीले अमेरिकासँग मे ...
: आईसीसी टीट्वेन्टी विश्वकप सुरु हुन अब एक साता मात्रै बाँकी छ। आगामी जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि सहभागी सबै २० वटै टोली तयारीमा जुटेका छन्। सहभागीलाई २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाल समूह ‘डी’मा छ। यो समूहमा पूर्वविजेता श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, ...
: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) युवा तथा खेलकुद मन्त्रालयमा सोमबार प्रस्तुत गरेको छ। पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डीपीआर सोमबार सिंहदरबारस्थित मन्त्रालयमा प्रस्तुत गरिएको हो। करिब एक वर्षअघि राखेपको आयोजनामा भएको खेलकुद पूर्वाधार नीति संवादका दौरान मूलपानी क्रिकेट रंगशाला विगतकै प्रक्रियामा बजेट विनियोजन हुने ...
: राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन्। वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दैछ। टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु ...
। क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो । यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो ...