मुख्य समाचार
टी-२० मा कीर्तिमानी लक्ष्य पूरा गर्दै दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो
टी-२० मा कीर्तिमानी लक्ष्य पूरा गर्दै दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

। टी-२० क्रिकेट इतिहासमै सर्वाधिक लक्ष्य पूरा गर्दै दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई पराजित गरेको छ ।

क्विन्टन डे कक र रेजा हेन्ड्रिक्सको अर्धशतकमा दक्षिण अफ्रिकाले आइतबार २५९ रनको लक्ष्य पूरा गर्दै वेष्ट इन्डिजलाई ६ विकेटले हरायो ।

सेन्चुरियनमा भएको खेलमा दक्षिण अफ्रिकाले २५९ रनको लक्ष्य ७ बल अगावै ४ विकेट गुमाएर पूरा गर्‍यो । जितपछि दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

ठूलो लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका लागि ओपनरद्वय डे कक र रेजाले पहिलो विकेटका लागि १०.५ ओभरमै १५२ रनको साझेदारी गरेका थिए ।

डे ककले ४४ बल खेल्दै ९ चौका र ८ छक्का मदतमा १०० रन बनाए । रेजाले २८ बलमा ११ चौका र २ छक्का प्रहार गरी ६८ रन जोडे ।

कप्तान एइडन मारक्रमले २१ बलमा अविजित ३८ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे ।

हेनरिच क्लासेनले ७ बलमा ३ चौका मद्दतमा अविजित १६ रन बनाए । राइले रुसोले १६ र डेविड मिलरले १० रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले जोहनसन चार्ल्सको शतकमा ५ विकेट गुमाएर २५८ रन बनाएको थियो । चार्ल्सले ४६ बल खेल्दै १० चौका र ११ छक्का मद्तमा ११८ रन बनाएका थिए ।

ओपनर कायल मेयर्सले २७ बलमा ५१ रन बनाए ।

यस्तै कप्तान रोभमन पावेलले १९ बलमा २८ रन जोडे । रोमारियो सेफर्डले १८ बल खेल्दै १चौका र ४ छक्का मद्दतमा अविजित ४१ रन बनाए ।

दक्षिण अफ्रिकाका मार्को जानसेनले ३ र वायने पार्नेलले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का म्यानेजर क्रिस्टोफर गाल्टिएरले लियोनल मेसीले सिजनको अन्तिम खेलपछि क्लब छाड्ने पुष्टि गरेका छन् । लिग वानमा शनिबार क्लेमोन्टविरुद्ध हुने खेल पीएसजीको जर्सीमा मेसीको अन्तिम खेल हुने गाल्टिएरले बताएका हुन् । मेसी २०२१ जुलाईमा फ्रि ट्रान्सफरमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । ३५ वर्षीय मेसीले यस सिजनपछि क्लब छाड्ने चर्चा थियो ...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुको खेलमा एउटा जित बराबर खेलाडीले जनही २० हजार रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले नेपाली जितेका खेलमा सहभागी खेलाडीलाई प्रति जित २० हजार रुपैयाँका दरले नगद पुरस्कार दिने निर्णय गरेको हो । नेपालले लिग टु मा ३६ मध्ये १९ खेल जितेको थियो भने एक खेल बराबरी गरेको ...
काठमाडौं । काठमाडौं । रोशन राना मगरले खेलको इन्जुरी समयमा गोल गरेपछि मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारलाई १-० ले पराजित गरेको छ । यो जितपछि मनाङ अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ र रेलिगेसनको चिन्ता टारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मनाङका लागि रोशनले इन्जुरी टाइमको चौथो मिनेटमा ...
। पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको साउदी प्रो लिग विश्वकै शीर्ष पाँच लिग बन्न सक्ने बताएका छन् । यदि साउदी लिगले अझ धेरै ठूला नामहरुलाई आकर्षित गर्न सके शीर्ष पाँच लिग बन्न सक्ने उनको भनाइ छ । ३८ वर्षीय रोनाल्डो हाल अल नासेरबाट साउदी प्रो लिग खेलिरहेका छन् । हालैमात्र लियोनल मेस्मी, करिम बेन्जेमा र लुका ...
काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विश्वकप क्रिकेट छनोट खेलमा जाने/नजाने अन्योल भएपछि सहकर्मी खेलाडीहरूलाई सुरक्षित यात्राको शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका हुन्। उनले नेपाली क्रिकेटलाई यो स्तरमा ल्याउन सबैको योगदान रहेको र टिमको क्षमतामा आफू विश्वस्त रहेको उल्लेख गरेका छन्। नाबालिग बलात्कार प्रकरणमा धरौटीमा रिहा भएका सन्दीपलाई अदालतले विदेश ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम