मुख्य समाचार
प्रेमिकामाथि कुटपिट आरोपमा ‘एन्टम्यान स्टार’ जोनाथन मेजर्स न्युयोर्कबाट पक्राउ
प्रेमिकामाथि कुटपिट आरोपमा ‘एन्टम्यान स्टार’ जोनाथन मेजर्स न्युयोर्कबाट पक्राउ

। हलिउड स्टुडियो मार्वल फिल्मका स्टार तथा ‘एन्ट-म्यान एण्ड द वास्प क्वान्टुमेनिया’ अभिनेता जोनाथन मेजर्स ठूलै समस्यामा परेका छन् । ३० वर्षीया प्रेमिकालाई घाँटी थिचेर कुटपिट र उत्पीडन गरेको आरोपमा न्युयोर्क प्रहरीले आइतबार मेजर्सलाई पक्राउ गरेको छ । तर मेजर्सले आफू निर्दोष रहेको दाबी गरेका छन् ।

बिहान ९ बजे फोन आएपछि यो घटनालाई लिएर प्रहरी सतर्क बनेको थियो । जोनाथन मेजर्सलाई शनिबार ११ बजे २२ औं स्ट्रिट र आठौं एभिन्यु नजिकबाट पक्राउ गरिएको हो । पीडित महिलाले आफूमाथि कुटपिट भएको बयान दिएकी छन् । प्रहरीले पीडित महिलालाई सामान्य अवस्थामा इलाका अस्पताल पुर्‍याएको थियो ।

टीएमजेडको रिपोर्टअनुसार पीडित जोनाथन मेजर्सकी प्रेमिका थिइन् । ब्रुकलिनको बारबाट सँगै घर फर्किंदै गर्दा ट्याक्सीमा उनीहरूबीच झगडा भएको पीडितले प्रहरीलाई बताएकी छन् । उक्त विवादमा महिलाको टाउको र पछाडि, कान पछाडि र अनुहारमा चोट लागेको थियो ।

न्युयोर्क सहरका प्रहरी विभागका प्रवक्ताले पीडित महिलाले आफूमाथि कुटपिट भएको बताएको जनाएका छन् । अधिकारीहरूले ३३ वर्षीय जोनाथन मेजर्सलाई त्यसपछि हिरासतमा लिए । पीडितको टाउको र घाँटीमा सामान्य चोट लागेको र उनलाई स्थानीय अस्पतालमा लगिएको छ ।

यस मामिलामा अन्य स्रोतबाट प्राप्त जानकारी अनुसार जोनाथन मेजर्सकी प्रेमिकाले अभिनेतालाई अर्की महिलालाई सन्देश पठाएको देखेकी थिइन् । ती महिलाले यसबारे जोनाथनलाई सोधिन् र फोन जाँच्ने निर्णय गरिन् । यसबाट मेजर्स रिसाएको र त्यसपछि घाँटी र हात समातेर थप्पड हानेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपी गुजरातको भुजबाट पक्राउ परेका छन् । घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जनालाई पश्चिमी कच्छबाट पक्राउ गरेको गुजरात प्रहरीले पुष्टि गरेको छ । प्रहरीले मंगलबार दुवै आरोपीसँग सोधपुछ गर्ने जनाइएको छ । यी दुवै ...
। रोयल्टीलाई लिएर संगीत वितरक युनिभर्सल म्युजिक ग्रुप र टिकटकबीचको विवाद साम्य भएको छ । यो सहमतिसँगै टिकटकबाट हटाइएका टेलर स्वीफ्ट र रिहानाका गीत प्लाटफर्ममा फर्किएका छन् । आगामी साता गायिका स्वीफ्टको बहुप्रतीक्षित नयाँ एल्बम ‘द टर्टर्ड पोएट्स डिपार्टमेन्ट’ रिलिज हुनुअघि यो लोकप्रिय सामाजिक सञ्जालमा उनका गीतहरु फिर्ता आएका हुन् । सीएनएनका अनुसार टिकटकको नयाँ संगीत क्याटालगमा ...
। विश्वभर युट्युबमा सबैभन्दा धेरै सब्सक्राइबर भएका सेलिब्रेटी युट्युबर मिस्टर बिस्टले नेपालको एक अस्पतालको मर्मतसम्भार गर्दै नयाँ जीवन दिएका छन् । डिसेम्बरमा उनको टिम नेपाल आइपुगेको थियो । बिस्टले नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो टिमले सिन्धुलीको फिक्कल गाउँपालिकाको मर्मत गरेकोबारे जानकारी दिएका छन् । भिडियोमा जाडो र औषधोपचारको अभावमा बच्चा गुमाएकी स्थानीय महिला नीराको मर्मस्पशी कथा देखाइएको ...
। भारतको मुम्बईस्थित बान्द्रा क्षेत्रमा रहेको ग्यालेक्सी अपार्टमेन्टको धेरै चर्चा हुन्छ । आइतबार झिसमिसेमै यो समुन्द्री किनारको अपार्टमेन्टमा चार राउण्ड हवाई फायर भयो । त्यसपछि फेरि एकपटक यो अपार्टमेन्टको चर्चा विश्वभर फैलिएको छ । मोटरसाइकलमा सवार दुईजनाले यो घटना गराएपछि उनीहरु फरार छन् । प्रहरीले घटनामा संलग्न एकजनाको पहिचान गरिएको जनाएको छ । प्रहरीले दुवैजना आक्रमणकारीको ...
। बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर आइतबार बिहान फायरिङ भएको छ । भारतीय सञ्चारमाध्यमका बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि बिहान ५ बजेतिर दुई मोटरसाइकलमा सवार व्यक्तिले चार राउण्ड फायर गरेका थिए । घटनापछि घरको सुरक्षा बढाइएको छ । मुम्बई प्रहरीको अपराध शाखाका अधिकारी अनुसन्धानका लागि त्यहाँ पुगेका छन् । गोलीबारी हुँदा सलमान घरमा थिए । उनलाई ...