मुख्य समाचार
अमेरिकामा संकटकाल घोषणा
अमेरिकामा संकटकाल घोषणा

वासिङ्टन/मिसिसिपी (एजेन्सी) : अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा विनाशकारी आँधीका कारण गरिएको संकटकाल घोषणालाई अनुमोदन गरेका छन्। उनले यससँगै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण आँधीबेहरी र चक्रवात’ बाट प्रभावित क्षेत्रमा पुनःस्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिएका छन्। राज्य सरकारले यसअघि संकटकाल घोषणा गरेको थियो।


मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायले विज्ञप्ति जारी गर्दै आइतबार साँझ राज्यको ठूलो हिस्सामा भीषण आँधीबेहरी आएको र यो अझै सक्रिय रहन सक्ने बताएको छ। ‘मिसिसिपीमा खराब मौसमका कारण २५ जनाको मृत्यु भएको छ। अझै पनि विनाशकारी आँधी आउन सक्ने भएकाले सम्भव भएसम्म सुरक्षित स्थलमा रहन आग्रह गरिन्छ’, विज्ञप्तिमा लेखिएको छ। विपत् व्यवस्थापन निकायले ट्वीट् गर्दै चक्रवातको सम्भावनालाई नकार्न नसकिने जनाएको छ।

मिसिसिपी र अल्बामा भीषण आँधीबाट २६ जनाले ज्यान गुमाएका छन्। सयौं घाइते भएका छन्। खोज तथा उद्धार प्रयास जारी छ। रोलिङफार्क अति प्रभावित भएको छ। कुच्चिएका मोटरकार, इँटा र सिसाले सडक हेरिनसक्नु छ। पूरै सहर प्रायः भग्नावशेषमा परिणत भएको छ। यहाँका एक जना बासिन्दाले आँधीका बेला ‘बाथ टब’मा बस्दा आफ्नो ज्यान जोगिएको बताएका छन्।

पश्चिमी शार्की काउन्टीको अवस्था पनि त्यस्तै छ। सबैतिर तहस–नहस, वरिपरिको खेतबारीका रमणीय वातावरण पनि आँधीको चपेटामा परेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दुतावासले पुष्टि गरेको छ । आक्रमण मंगलबार दिउँसो १ बजे भएको थियो । प्रान्तमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत आयोजनाको गाडीमा आतंककारीहरूले आक्रमण गरेको दूतावासले जनाएको छ । यो घटना प्रान्तको साङ्ला क्षेत्रमा भएको ...
। इस्लामिक मुलुक साउदी अरबले पहिलोपटक विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्समा भाग लिने भएको छ । रुमी अलकाहतानीले उक्त पेजेन्टमा मुलुकको प्रतिनिधित्व गर्ने भएकी छन् । राजकुमार मोहम्मद बिन सलमान अल साउदको नेतृत्वमा खुलापनको नीति आत्मसात गर्दै आएको साउदीको यो अर्को महत्वपूर्ण कदम हो । २७ वर्षीया मोडल अलकाहतानीले मंगलबार इन्स्टाग्राममा यसबारे जानकारी दिंदै आफूले ...
। क्रिकेटर सोमपाल कामीले आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० अभ्यास खेलमा ‘प्लेयर अफ द म्याच’ भएबापत प्राप्त नगद पुरस्कार पशु उद्धारसम्बन्धी सामाजिक संस्थालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । उनलाई पुरस्कारबापत ७ हजार ५०० रुपैयाँ फिल्म ‘मनसरा’का निर्माता तथा छायांकार शैलेन्द्र डी कार्कीले प्रदान गरेका थिए । उक्त रकम सयौं बेवारिसे र सडक कुकुरलाई आश्रय दिंदै ...
। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालविरुद्ध मदिरा नीतिमा घोटाला प्रकरणमा सरकारी साक्षी बनेका व्यापारी सत्तारुढ भारतीय जनता पार्टीलाई चुनावमा पैसा दिने व्यक्ति रहेको खुलेको छ । हैदरवादका व्यापारी पी सरथ चन्द्र रेड्डी केजरिवालविरुद्ध सरकारी साक्षी बनेर चर्चामा छन् । रेड्डी स्वयंलाई इन्फोर्समेन्ट डाइरेक्टोरेट (ईडी) ले सन् २०२२ नोभेम्बर १० मा मुद्रा अपचलन मुद्दामा गिरफ्तार गरेको थियो । ...
— कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको छ । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो 'फ्रान्सिस स्कट की' पुल भत्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कम्तीमा ७ वटा गाडी नदीमा खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् । युट्युबमा पोस्ट गरिएको लाइभ भिडियोमा जहाजले पुललाई ठक्कर दिएको देखिन्छ । त्यसपछि पुलका केही ...