मुख्य समाचार
होन्डुरसले तोड्यो ताइवानसँगको सम्बन्ध
होन्डुरसले तोड्यो ताइवानसँगको सम्बन्ध

। मध्य अमेरिकी देश होन्डुरसले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको जानकारी दिएको हो ।

होन्डुरस र ताइवान सन् १९८५ देखि कूटनीतिक सम्बन्धमा थिए । होन्डुरसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै ताइवान चीनको अभिन्न हिस्सा भएको बताएको छ । होन्डुरसको यो निर्णयपछि ताइवानसँग कूटनीतिक सम्बन्ध कायम रहेका देशहरुको संख्या अब १३ वटा मात्र रहेको बीबीसीले जनाएको छ । ती देशहरुले ताइवानलाई अलग देशको रुपमा मान्यता दिँदै आएका छन् ।

चीनले भने ताइवानलाई आफूसँग अलग भएको एक प्रान्त मान्दछ र ढिलो चाँडो चीनको नियन्त्रणमा आउने बताउँदै आएको छ । तर ताइवानले भने आफूलाई एक स्वतन्त्र देश ठान्दछ ।
ताइवानमा आफ्नै संविधान र अलग सरकार छ ।

होन्डुरसले कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि ताइवानले खेद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ । यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो । उक्त प्याकेजमा युक्रेन, इजराइल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो । यसलाई अहिले कांग्रेसले अनुमोदन गरेको ...
: चीनको दक्षिणी क्षेत्रमा आँधीबेहरीका कारण ११ जना बेपत्ता भएका छन्। क्वाङतोङ प्रदेशमा बाढीका कारण ११ जना बेपत्ता भएका चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन्। प्रभावित क्षेत्रबाट हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ। धेरै भागमा लगातारको भारी वर्षाले ११ जना बेपत्ता भएको स्थानीय आपत्कालीन व्यवस्थापन विभागलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। बाढीको जोखिमबाट ...
सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो। अहिलेसम्म उक्त दुर्घटनामा कोही बाँचेको भन्ने जानकारी प्राप्त भएको छैन । दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए । बीबीसी
: दक्षिण चीनको गुआङडोङ प्रान्तको फोसान सहरमा सोमबार राति एउटा पानीजहाज पुलसँग ठोक्किंदा चार जना बेपत्ता भएका सहरको आपत्कालीन व्ययवस्थापन विभागले बताएको छ। चालक दलका ११ सदस्य सवार जहाज जिउजियाङ पुलको घाटमा ठोक्किएर पछि डुबेको थियो। विभागका अनुसार तीमध्ये सात जनाको उद्धार गरिएको छ र चार जना बेपत्ता छन्। स्थानीय समयानुसार मङ्गलबार बिहान छ बजेसम्म ...
: अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ । घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक जनाको अवस्था क्षेत्रीय अस्पतालमा ‘चिन्ताजनक’ रहेको मेम्फिस प्रहरी विभागले सामाजिक सञ्जाज एक्समा उल्लेख गरेको छ । यसअघि विभागले एक्समा ...