मुख्य समाचार
अमेरिकाको मिसिसिपीमा आँधीबाट २३ को मृत्यु, दर्जनौं घाइते
अमेरिकाको मिसिसिपीमा आँधीबाट २३ को मृत्यु, दर्जनौं घाइते

— अमेरिकाको मिसिसिपी राज्यमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । मिसिसिपीस्थित आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार अरु दर्जनौं मानिस घाइते भएका छन् ।

साथै चार जना मानिस हराइरहेको बताइएको छ । आँधी प्रभावित मानिसको उद्धारका लागि अहिले पश्चिम मिसिसिपीमा ठूलो संख्यामा उद्धारकर्मी खटाउनुका साथै एम्बुलेन्सहरूको प्रयोग गरिएको छ । स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्नसक्ने आकलन गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मिसिसिपीस्थित सिल्भर सिटी र रोलिङ फोर्कका ग्रामीण सहरहरूमा आँधी ११३ किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा आएको छ । राष्ट्रिय मौसम विभागले शुक्रबार राति एक आँधीको असर अझै नसकिएको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

आँधीबाट घुम्ती घरलगायत भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको बताइएको छ । यसअघि जनवरीमा पनि अलाबामा र जर्जियामा आँधीले सात जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दुतावासले पुष्टि गरेको छ । आक्रमण मंगलबार दिउँसो १ बजे भएको थियो । प्रान्तमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत आयोजनाको गाडीमा आतंककारीहरूले आक्रमण गरेको दूतावासले जनाएको छ । यो घटना प्रान्तको साङ्ला क्षेत्रमा भएको ...
। इस्लामिक मुलुक साउदी अरबले पहिलोपटक विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्समा भाग लिने भएको छ । रुमी अलकाहतानीले उक्त पेजेन्टमा मुलुकको प्रतिनिधित्व गर्ने भएकी छन् । राजकुमार मोहम्मद बिन सलमान अल साउदको नेतृत्वमा खुलापनको नीति आत्मसात गर्दै आएको साउदीको यो अर्को महत्वपूर्ण कदम हो । २७ वर्षीया मोडल अलकाहतानीले मंगलबार इन्स्टाग्राममा यसबारे जानकारी दिंदै आफूले ...
। क्रिकेटर सोमपाल कामीले आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० अभ्यास खेलमा ‘प्लेयर अफ द म्याच’ भएबापत प्राप्त नगद पुरस्कार पशु उद्धारसम्बन्धी सामाजिक संस्थालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । उनलाई पुरस्कारबापत ७ हजार ५०० रुपैयाँ फिल्म ‘मनसरा’का निर्माता तथा छायांकार शैलेन्द्र डी कार्कीले प्रदान गरेका थिए । उक्त रकम सयौं बेवारिसे र सडक कुकुरलाई आश्रय दिंदै ...
। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालविरुद्ध मदिरा नीतिमा घोटाला प्रकरणमा सरकारी साक्षी बनेका व्यापारी सत्तारुढ भारतीय जनता पार्टीलाई चुनावमा पैसा दिने व्यक्ति रहेको खुलेको छ । हैदरवादका व्यापारी पी सरथ चन्द्र रेड्डी केजरिवालविरुद्ध सरकारी साक्षी बनेर चर्चामा छन् । रेड्डी स्वयंलाई इन्फोर्समेन्ट डाइरेक्टोरेट (ईडी) ले सन् २०२२ नोभेम्बर १० मा मुद्रा अपचलन मुद्दामा गिरफ्तार गरेको थियो । ...
— कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको छ । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो 'फ्रान्सिस स्कट की' पुल भत्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कम्तीमा ७ वटा गाडी नदीमा खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् । युट्युबमा पोस्ट गरिएको लाइभ भिडियोमा जहाजले पुललाई ठक्कर दिएको देखिन्छ । त्यसपछि पुलका केही ...