मुख्य समाचार
कप्तानी डेब्युमा एमबाप्पेको २ गोल, फ्रान्स ४-० ले विजयी
कप्तानी डेब्युमा एमबाप्पेको २ गोल, फ्रान्स ४-० ले विजयी

। किलिएन एमबाप्पेले फ्रान्सको लागि कप्तानी डेब्युको पहिलो खेलमै दुई गोल गरेका छन् ।

विश्वकप उपविजेता फ्रान्सले युरोकप २०२४ को छनोटको पहिलो खेलमा एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले नेदरल्याण्ड्सलाई ४-० ले पराजित गरेको हो ।

घरेलु मैदान स्टेड डे फ्रान्समा भएको खेलमा दोस्रो मिनेटमै एन्टोनी ग्रीजमनले एमबाप्पेको पासमा गोल गरेका थिए ।

त्यसपछि आठौं मिनेटमा डायोट उपामाचोले गोल गर्दै अग्रता दोब्बर पारे । एमबाप्पेले २१औं मिनेटमा गोल गरेपछि फ्रान्सले पहिलो हाफमा ३-० को अग्तरा बनायो ।

एमबाप्पेले ८८औं मिनेटमा व्यक्तिगत दोस्रो तथा फ्रान्सका लागि चौथो गोल गरे ।

जितपछि फ्रान्सले समूह बी मा ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— लखनऊ सुपर जायन्ट्सले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा शुक्रबार चेन्नई सुपर किंग्समाथि सजिलो आठ विकेटको जित रचेको छ । यो जितपछि लखनऊ आठ अंकमा पाँचौं स्थानमा पनि उक्लेका छ । सात खेलबाट उसको आठ अंक भएको छ । डिफेन्डिङ च्याम्पियन चेन्नई समान आठ अंकमा तेस्रो स्थानमा छ । जितका लागि १ सय ७७ रनको लक्ष्य ...
— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनालाई स्तब्ध पारेपछि एउटा तथ्य निश्चित भएको छ, केलियन एमबाप्पेको अन्तिम सिजन फ्रान्सेली क्लबका लागि युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने सपना जिउँदै रह्यो । प्रतियोगिताको क्वाटरफाइनल पहिलो लेगमा पीएसजी आफ्नै घरमा ३–२ ले पराजित हुँदा लागिरहेको थियो, फेरि असफलताको पुरानो कथा दोहोरिने छ । ...
— फितलो प्रदर्शन गरेको नेपाल एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको सेमिफाइनलमै रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा जारी प्रतियोगिताको सेमिफाइनलमा यूएईले ६ विकेटले पराजित गर्न खासै संघर्ष गर्नुपरेन । योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्य समाप्त भएको छ । प्रिमियर कप विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । गत ...
— नेपालको एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको यात्रा सेमिफाइनलमा रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा यूएईले ६ विकेटले पराजित गरेको हो । योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने समाप्त भएको छ । प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । गत वर्ष नेपालले ...
— लयमा फर्कने प्रयासमा रहेको मुम्बईले बिहीबार आईपीएल २०२४ मा पञ्जाव किंग्सलाई नौ रनले पराजित गरेको छ । यो जितपछि मुम्बईको सात खेलबाट छ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । अब उसले शीर्ष चारका लागि प्रयास गर्न सक्नेछ । पञ्जाव भने चार अंकमा नवौं स्थानमा छ । मुम्बईले पहिले ब्याटिङ गर्दै सात विकेटमा ...