मुख्य समाचार
भूतपूर्व गोर्खाद्वारा आन्दोलन चेतावनी
भूतपूर्व गोर्खाद्वारा आन्दोलन चेतावनी

लन्डन — बेलायत सरकारले त्रिपक्षीय वार्तामा पेन्सन मुद्दालाई ‘एजेन्डा’ मै राख्न नखोजेको भन्दै भूतपूर्व गोर्खाहरूले फेरि आमरण अनशनको चेतावनी दिएका छन् ।

बेलायती मन्त्री एन्ड्रयु मोरिसनले बेलायत, नेपाल सरकार र गोर्खा प्रतिनिधिबीचको त्रिपक्षीय वार्तामा वेलफेयर (कल्याणकारी) मुद्दामात्र छलफल हुने तर पेन्सन एजेन्डा नबन्ने अभिव्यक्ति दिएकोप्रति गोर्खाहरूले आशंकासहित आउँदो वार्ता बहिष्कार गर्ने जनाएका छन् ।

लन्डनस्थित नेपाली दूतावासले बिहीबार गोर्खा प्रतिनिधिलाई अप्रिल १९ मा मन्त्रीस्तरीय वार्ता तय भएको अवगत गराएको छ । गत डिसेम्बरपछि हुन लागेको यो चौथो चरणको वार्ता हो । रिले अनशन हुँदै १३ दिन भोक हडताल बसेपछि गत १९ अगस्ट २०२१ मा बेलायतले त्रिपक्षीय वार्ताका लागि लिखित प्रतिबद्धता गरेको थियो ।

लन्डनमा भएको तेस्रो चरणको वार्तामा वेलफेयर र पेन्सन मुद्दामा छलफल भए पनि अहिले त्यसलाई हटाउन खोजिएको गोर्खाहरूले बताएका छन् ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले त्रिपक्षीय वार्तामा पेन्सन मुद्दासमेत एजेन्डामा राखी गहन छलफल हुनुपर्ने न्यूनतम सर्त अगाडि सारेको छ । ‘ब्रिटिस सरकारले वेलफेयर विषयमा मात्र छलफल गर्न खोज्यो भने हामी फेरि आमरण अनशनजस्तो अप्रिय निर्णय गर्न बाध्य हुनेछौं,’ समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भने, ‘हामी ३१ मार्चसम्म मात्र पर्खनेछौं । त्यतिखेरसम्म हामीलाई बेलायत सरकारको पेन्सन एजेन्डा रहने प्रत्याभूति चाहिन्छ ।’

समितिले बेलायती प्रधानमन्त्री ऋषि सुनकसमक्ष आफ्ना माग सम्बन्धमा ज्ञापनपत्र दिने तयारी पनि गरेको छ । समितिले बेलायती रक्षा मन्त्रालय (एमओडी) ले विगत जस्तै उसको विभेदकारी नीति कायम राख्दै ब्रिटिस कानुन र मानवअधिकारविपरीत 
अर्को अपमानित हुने खालको वेलफेयर (कल्याणकारी) प्याकेज प्रस्ताव गर्ने तयारी भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भएको त्रिपक्षीय वार्ता विना निष्कर्ष टुंगिएको छ । विभिन्न चरणको प्राविधिकस्तरको छलफल पछि भएको यसपटकको मन्त्रिस्तरीय वार्ता पेन्सनमा केन्द्रित भएपनि कुनै निचोड ननिस्किएको वार्ताका सहभागीले बताएका छन् । उक्त बैठकमा यसअघि भएका द्विपक्षीय समितिका बैठक तथा प्राविधिक तहमा भएको छलफलको संक्षिप्त समीक्षा गर्दै ...
— चिनियाँ आपराधिक समूहको जालोमा परेर म्यान्मार पुगेका १३ नेपालीको उद्धार गरिएको छ । म्यान्मारको विकट गाउँ पुर्‍याएर डिजिटल ठगी धन्दामा लगाएकामध्ये ती १३ जनालाई उद्धार गरी शुक्रबार नेपाल ल्याइएको हो । चिनियाँ आपराधिक समूहको फन्दामा लामो समयदेखि परेका उनीहरूलाई थाइल्यान्ड र म्यान्मारस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासले राजधानी ...
। दुई वर्षअघि घर छोड्दै गर्दा रुकुम मुसिकोटकी लीला बोहराले श्रीमान्लाई रोक्न खोजिन् । अनि माया भरिएको भावमा सम्झाएकी थिइन्– ‘घरमा साना बच्चा छन्, टाढाको बाटो यत्तिकै न हिंड्नुस् !’ तर गाउँ छिरेको अमेरिका जाने लहरले उनका श्रीमान् रमेश गौतमलाई रोक्न सकेन । सेनाको जागिर, श्रीमती र घरमा दुई साना सन्तान छोडेर उनले गाउँका युवाले जस्तै ...
। थाइल्याण्डमा अलपत्र बनेका १३ नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासले १३ जनाको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ । थाइल्याण्ड र म्यानमार सीमा नजिक म्यानमारको म्याबड्डीमा लामो समयदेखि समस्यामा परेका १३ जनाको उद्धार गरिएको हो । थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली दूतावास यांगोनको समन्वयमा उद्धार गरी ...
। आप्रवासन नीतिमा बदलावसँगै अष्ट्रेलियाले विद्यार्थी भिसामा पनि कडाइ गर्न थालेको छ । यसबाट वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीको ठूलो सङ्ख्या प्रभावित भएका छन् । तर, शैक्षिक तथा आर्थिक रूपमा सक्षम विद्यार्थीलाई अष्ट्रेलियाको भिसा पाउन समस्या नरहेको शैक्षिक परामर्शदाताहरू जिकिर गर्छन् । विद्यार्थी भिसालाई पढ्नेभन्दा अष्ट्रेलिया प्रवेश गर्न चाहने बाटो बनाउन चाहनेहरू यसबाट ...