मुख्य समाचार
एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : केपी ओली
एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : केपी ओली

: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताएका छन्।

झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिए। 'आगामी चुनावमा एमाले एक्लैले बहुमत हासिल गर्ने उद्देश्य सफल बनाउन यो अभियान सुरु गरिएको हो,' उनले भने, 'तपाईँहरू ग्रासरुट अभिायनमा कार्यकर्ताको घरआँगनमा पुग्दा तपाईँहरूको व्यवहार मालिकजस्तो होइन, साथीजस्तो हुनुपर्छ।'

एमालेविरुद्ध केन्द्रमा १० दलीय गठबन्धन बनाए पनि आम जनता एमालेकै पक्षमा रहेको उनको दाबी थियो। अभियानले आन्तरिक पार्टी जीवनको अन्तरविरोधहरूको समाधान गर्दै एमालेलाई देशको सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिका रूपमा स्थापित गराउने उनले बताए।

उनले कोशी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको हुँदा यसको विरोध गरिरहेकाहरूलाई समेत एमालेका कार्यकर्ताले सम्झाउनुपर्ने बताए। 'कोशी कुनै जाति र पार्टीको पेवा होइन। हामी सबैको सभ्यताको साझा उद्गमस्थल हो,' उनले कोशी प्रदेश नामकरणका लागि प्रदेशका मुख्यमन्त्री र सांसदलाई बधाई दिँदै भने।

उनले कौशिक ऋषिका नामबाट प्रदेश बनाइयो भनेर पनि भ्रम छरिएको बताए। 'एउटा व्यक्ति वा ऋषिको नाममा कोशी नदीको नाम रहेको कुरा सत्य होइन। मानिस उत्पन्न हुनुभन्दा पहिले कोशी उत्पन्न भएको थियो। कोशी एउटा महान् सभ्यता हो। प्रदेशमा बसोबास गर्ने सबै जाति, धर्म र समुदायको जीवनदायी साझा पहिचान हो,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विश्व स्वास्थ्य संगठनले गत मे ५ मा विश्वव्यापी कोभिड संकटकाल अन्त्यको घोषणा गरेको छ । अर्थात् संगठनले कोभिड १९ अब अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकालको रुपमा नरहेको ठहर गरेको छ । अब आपतकालीन प्रतिकार्यको साटो कोभिड रोगको दीर्घकालीन दीगो व्यवस्थापनतर्फ लाग्ने सम्बन्धमा विश्वस्वास्थ्य संगठनले हालै नयाँ रणनीति अबलम्बन गरेको सन्दर्भसँगै पछिल्लो घोषणा मेल खाएको छ । यद्यपि यसले व्यवहारिक ...
इथियोपिया : संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले दक्षिणपूर्वी इथियोपियामा जारी हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको जनाएको छ। युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको जनाएको छ। बाढीले पूर्वी अफ्रिकी मुलुकका प्रभावित क्षेत्रमा हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि चेतावनी ...
काठमाडौँ — सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप दिने भएको छ । बृहत् ‘खोज र खोप’ अभियानअन्तर्गत सरकारले वैशाख १५ गते पनि यो अभियान सञ्चालन गरेको थियो । यो खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकाहरुलाई नियमित ...
विराटनगर । कोशी अस्पताल विराटनगरमा शरिर जोडिएका जुम्ल्याहा बच्चा जन्मिएका छन् । सप्तरीको कल्याणपुर घर भएकी दुखनीदेवी भगत चौधरीले शरीर जोडिएको जुम्ल्याहा बच्चा जन्माएकी हुन् । छातीदेखि पेटसम्मको भाग जोडिएका दुवै छोरीको जन्मिदाको तौल ३.४ किलोग्राम रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य रहेका जुम्ल्याहाको छात्तीदेखि माथि र पेटदेखि मुनिको भाग भने अलग–अलग छन् । अस्पतालले ...
विराटनगर : विराटनगरको कोसी अस्पतालमा एक महिलाले शरीर जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी छन् । अस्पतालले यस्तो शिशु पहिलोपटक जन्मिएको जनाएको छ । चिकित्सकले यस घटनालाई अनौठो र दुर्लभ मानेका छन् । सप्तरीको कल्याणपुर घर भएकी ३७ वर्षीया दुखनीदेवी भगत चौधरीले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् । छातिदेखि पेटसम्मको भाग जोडिएका दुवै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम